२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा स्वास्थ्यमा १ अर्ब ७ करोड बजेट

प्रदेश १ मा स्वास्थ्यमा १ अर्ब ७ करोड बजेट


विराटनगर— प्रदेश १ सरकारले आगमि आर्थिक वर्ष २०७६÷०७७ को लागि १ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनियोजन गरेको जानकारी दिएका हुन् ।

प्रदेश सरकारले स्वास्थ जीवन कार्यक्रमलाई सबै जिल्लाहरुमा अभियानको रुपमा सञ्चालन गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेशका विभिन्न ४ ठाउँमा खुला व्यायामशाला स्थापना गरिनेछ भएको छ । यसका लागि १ करोड बिनियोजन गरेको मन्त्री आङ्बोले जानकारी दिए ।

प्रदेशको १४ वटै जिल्लाको जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गरी सेवाको गुणस्तरियता वृद्धि गर्दै अस्पतालको रुपमा विकास गरिने बजेटमा उल्लेख छ । जिल्ला अस्पताल हरुको भौतिक तथा प्राविधिक विकासका लागि ६ करोड छुट्याएको छ ।

धनकुटामा विभिन्न विशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड विनियोजन गरेको छ । संघीय सरकारसँगको लागत सहभागितामा प्रदेशस्तरीय अत्याधुनिक स्वास्थ्य प्रयोगशलाको स्थापनाका लागि ८ करोड ५२ लाख विनियोजन गरेको छ । विपन्न वर्ग तथा असहायलाई जिल्ला अस्पताल एवम् बिभिन्न स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क औषधिको व्यवस्था गर्न ५ करोड विनियोजन गरेको मन्त्री आङबोले बताए ।

जनतालाई घरदैलौमै स्वास्थ्य सेवा पु¥याउन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न १ करोड छुट्याएको छ । अस्पतालहरुमा क्यान्सर रोग निदानको व्यवस्था सुरु गर्नको लागि १ करोड बजेट व्यवस्था गरेको छ । परम्परागत चिकित्सा पद्धति, आयुर्वेद, होमियोप्याथी, योग तथा प्राकृतिक चिकित्सा आदिको प्रवद्र्धन, एकीकृत व्यवस्थापन र स्तरोन्नति गर्नका लागि बजेट व्यवस्था गरेको छ । आयुर्वेदिक औषधि अन्वेषण, उत्पादन र प्रशोधन गर्ने व्यवस्था गर्न ४ करोड विनियोजन गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ