२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यके कारणले जति प्रयास गर्दा पनि पूर्ण रुपमा यौन सन्तुष्टि हुँदैन ?

के कारणले जति प्रयास गर्दा पनि पूर्ण रुपमा यौन सन्तुष्टि हुँदैन ?


भनिन्छ, दाम्पत्य जीवनमा आधाभन्दा धेरै खुशी यौन सन्तुष्टिबाट नै मिल्छ । यस अर्थमा भन्ने हो भने व्यक्तिलाई खुशी बनाउनमा यौनजीवनको महत्वपूर्ण भुमिका रहेको हुन्छ । अझ यौनजीवनले व्यक्तिको शारीरिक पक्षमा मात्र नभई मानसिक पक्षमा समेत सकरात्मक महत्व राख्छ भन्ने दावी केहि अध्ययनहरुको समेत रहेको छ ।

तसर्थ, व्यक्तिको शारीरिक एवम् मानसिक दुवै पक्षमा विशेष महत्व राख्ने यौन जीवनमा कहिलेकाँहि सहकर्मीको कयौं प्रयास र मेहेनतको बाबजुद पनि सन्तुष्टि प्राप्त नहुने जस्ता समस्या देखा पर्दछ । यसले व्यक्तिलाई असन्तुष्ट  बनाउनुको साथै  पारिवारिक कलह समेत निम्त्याउन सक्छ ।

आखिर ! किन हुन्छ मानिसमा यौन असन्तुष्टि ? के कारणले व्यक्तिले जति प्रयास गरेता पनि यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन्?

व्यक्तिमा यौन सन्तुष्टि देखा नपर्नु पछाडि विभिन्न कारणहरु रहेका हुन्छन् । त्यसमध्येका विभिन्न कारणलाई शारीरिक एवम् मानसिक पक्ष गरी दुई भागमा विभाजित गरिएको छ ।

१ . शारीरिक कारण

यौन सन्तुष्टि प्राप्त नहुनु पछाडिको मुख्य कारण अन्र्तगत शारीरिक पक्ष पनि हो । अर्थात् व्यक्तिको शरीरमा भएका शारीरिक समस्या तथा रोगले पनि यौनजीवनमा प्रत्यक्ष रुपमा प्रभाव पार्दछ । यौन सन्तुष्टि पूर्ण रुपमा प्राप्त गर्न नसक्ने शारीरिक कारणहरु निम्न रहेका छन्ः

  •  पिसाब सम्बन्धि संक्रमण तथा क्यान्सर
  • सुगर,  मुटु तथा रगत सम्बन्धिका रोग
  • उच्च रक्तचाप
  • उच्च(हाई) कोलेस्टोर
  • हार्माेनको गडबढि
  • अल्कोहोलको उच्च सेवन
  • मदिरा एवम् नशाजन्य पदार्थको सेवन
  • मस्तिष्क सम्बन्धिका समस्या
  • दिर्घरोग(जस्तोः मिर्गाैला फेल हुनु)
  • नशा ड्यामेज

माथि उल्लेखित निस्कर्ष अनुसार कुनै पनि खालको शारीरिक समस्या भएका व्यक्तिले सामान्य अर्थात् स्वस्थ व्यक्तिको तुलनामा यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । यदि तपाई पनि आफ्नो यौन जीवनमा खुशी हुन सकिरहनु भएको छैन भने तपाईले एकपटक चिकित्सकको परामर्शमा शारीरिक जाँच गराउनु उचित रहन्छ ।

२. मानसिक समस्या

शारीरिक पक्षजस्तै मानसिक पक्षले पनि यौन जीवनमा विशेष महत्व राख्दछ । यौनिक क्रियाकलापमा गरिने गतिविधि व्यक्तिकोे सोचाई तथा ग्लानिमा पनि निर्भर रहन्छ । ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंपूर्व प्रेमीको सम्झना, डिप्रेशन, डर, चिन्ता, विगतमा घटेका भयानक घटना जस्तोः बलात्कार, छेडछाड, यौन सम्बन्धिका तीता घटनाजस्ता आदि पक्षका कारण पनि व्यक्तिको यौनजीवन सुखमय नहुन सक्छ । तसर्थ, आफूमा यस्ता समस्या देखा परेमा व्यक्तिले सकिन्छ भने आफ्नो पार्टनरलाई खुलस्त रुपमा बताउनु पर्दछ । अथवा मनोचिकित्सकको परामर्श अनिवार्य रुपमा लिएर पनि यस समस्याको समाधान गर्न सकिन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ