२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन गतिविधिमा यसरी खुशी पार्नुहोस् आफ्नो महिला साथीलाई

यौन गतिविधिमा यसरी खुशी पार्नुहोस् आफ्नो महिला साथीलाई


तुलनात्मक रुपमा पुरुषलाई उत्तेजनामा ल्याउनु कुनै ठूलो कुरा मानिदैन । तर महिलाको सन्दर्भमा यो अलि कठिन जस्तो देखिन्छ महिलामा भन्दा बढी पाइने हार्माेनका कारण पुरुषहरु थोरै समयमा नै यौनका लागि तयार भइसक्छन् ।

यहाँसम्म कि केहि नग्न तस्बिरको भरमा नै उनीहरु उत्तेजित अवस्थामा पुग्छन् । हामी सबैलाई थाहा नै छ, जनेन्द्रियहरुमा भएको रक्त प्रवाहको कारण नै व्यक्तिमा उत्तेजना पैदा हुन्छ । यसका लागि यौन अंगहरु रसाउनु पर्छ भन्ने हुँदैन । यौन अंगमा आएको तरल पदार्थकै कारण मात्र महिला यौनको लागि पूर्ण रुपमा तयार भएको हुन नसक्ने भनाइ विभिन्न विज्ञहरुको रहेको छ ।

उनीहरुले यसलाई यौनको लागि तत्पर रहने संकेत रुपमा मात्रै लिएका छन् ।  भनेपछि महिलालाई यौन जीवनमा कसरी खुशी बनाउने त? कसरी उनीहरुमा सन्तुष्टि प्रदान गर्न सकिन्छ ?

विस्तारै र सामान्य रुपमा सुरु गर्नुहोस्

पूर्ण रुपमा यौन गतिविधिमा प्रवेश गर्नुअगावै महिलाहरु हतार गरेको मन पराउँदैनन् । त्यसैले उनीहरुको अघि हतार नगरीकन विस्तारै क्रमिक रुपमा यौन गतिविधीलाई अगाडि बढाउनु पर्दछ । तर, आफूलाई यौन चाहना तृप्त छ भने के गर्ने? यसबेला महिलालाई माया र सद्भावपूर्ण रुपमा आफ्नो कुरा बताउनु पर्छ ।

त्यसपछि, विस्तारै उनको प्रत्येक अंगलाई खेलाउदै उनको प्रतिक्रिया बुझ्नु पर्छ । महिलाहरु शारीरिक सम्बन्धका समयमा आफ्नो पार्टनरले एकै अंगभन्दा क्रमिक रुपमा शरीरका सबै भागलाई महत्व दिएको मन पराउँछन् ।

उनको चाहना बुझ्नुहोस्

कहिलेकाहीं शारीरिक सम्बन्धका क्रममा तपाईंको पार्टनर तयार नहुन पनि सक्छन् । तसर्थ त्यस समयमा भने तपाईंले आफ्नो पार्टनरको मुड बुझ्दै उनको रुचि बुझ्ने प्रयास गर्नुपर्छ ।

यौनको मामिलामा व्यक्तिले अक्सर आफ्नो महिला पार्टनरको शारीरिकभन्दा मानसिक स्वीकृतीको भाव बुझ्नु पर्दछ । उनी के कुराको चाहना राख्छिन्, त्यो आफ्नो भावद्वारा व्यक्त गर्छिन् । उनीहरु यौनको मामिलामा खुलस्त रुपमा आफ्नो सहकर्मीसँग प्रस्तुत नहुने हँुदा उनको चाहना बुझ्नको निम्ति सक्दो प्रयास गर्नु पर्दछ ।

काउकुती लगाउनुहोस्

काउकुती लगाउनुको अर्थ महिलाको प्रकृतिअनुसार उनलाई सोही किसिमले राजी बनाउनु भन्ने हो । केही महिलाहरु भावनात्मक रुपमा सन्तुष्टि भएकै कारण यौनजीवनमा स्वतः खुशी हुन्छन् । तर, केहि महिलाको हकमा भने यो लागू भएको देखिदैन् । उनीहरु यस मामिलामा केहि लजालु र असहज महसुस गर्छन् ।

तसर्थ, आफ्नो महिला साथीको मुड बुझ्नु छ, भने उनीहरुलाई काउकुती लगाएर उनीहरुको प्रतिक्रिया जाँच गर्न पनि सकिन्छ ।

प्रेम अभिव्यक्तिको माध्यम चुम्बन

महिलाहरु प्रायजसो आफ्नो प्रेम चुम्बनको माध्यमबाट अभिव्यक्ति गर्न रुचाउँछन् । त्यसैले पनि उनीहरु साना बालबालिकादेखि आफ्ना अभिभावकसम्मलाई आफ्नो चुम्बनद्वारा नै आफ्नो प्रेम प्रकट गर्छन् ।
यौनसम्पर्कका क्रममा यदि तपाईंले उनलाई चुम्नुहुन्छ भने उनीमा आत्मीयताको भाव पैदा हुन्छ । र, यसबाट उनी थप खुशी हुन सक्छिन्।

केही समय प्रतिक्षा गर्नुहोस्

तुलनात्मक रुपमा महिलामा उत्तेजना पैदा गर्न केही समय लाग्ने हुँदा उनीहरु पूर्ण रुपमा तयार नहुन्जेलसम्म प्रतीक्षा गर्नुपर्दछ । तपाईको हतारले उनीहरुमा तपाईंप्रति नकारात्मक भाव पैदा हुनसक्छ । त्यसैले पनि उनी तयार नभएसम्म कुर्ने गर्नुपर्छ ।
केहि समय कुर्नाले महिलामा थप रोमाञ्चकता समेत पैदा हुन पुग्छ ।

यसबाहेक यसबाट उनी तपाईंका साथ खुशी त रहन्छिन् नै यससँगै उनको मनमा तपाईंप्रतिको सम्मान अझ बढ्न सक्छ । यसबाट आपसी सम्बन्ध प्रगाढ समेत बन्न पुग्छ ।

मायालु पाराले उनीहरुलाई राजी गराउनुहोस्

आफ्नो पार्टनरलाई खुशी पार्नको निम्ति उनीहरुलाई मायालु पाराले राजी गराउनु पर्छ ।  उनीहरुलाई यौनक्रियामा आफ्नो पार्टनरले वक्षस्थल चलाएको खुब रुचाउँछन् । धेरैजसो महिलाहरु यसैबाट चरमोत्कर्षमा समेत पुग्छन् । यस्तै शारीरिक सम्पर्कका क्रममा राजी गर्न भने बिर्सनु हुँदैन ।

आफ्नो पार्टनरप्रति इमान्दार बस्नुहोस्

धेरै पुरुषहरु यस विषयप्रति अन्जान हुन सक्छन कि आफ्नो पार्टनरप्रतिको इमान्दारिताले पनि यौनजीवनमा विशेष महत्व राख्दछ । हो, आफ्नो अन्य समयको इमान्दारिताले पनि तपाईंको यौनजीवनमा विशेष भूमिका निर्वाह गरको हुन्छ ।  आफ्नो पार्टनर आफूप्रति इमान्दार रहेकै कारण पनि महिलाको तपाईंप्रति गर्ने गुनासो  कम रहन्छ । र, यो कुरा यौनको हकमा पनि लागू हुने देखिएको छ ।

तसर्थ, उनीहरुलाई यौन जीवनमा खुशी राख्ने भरपर्दाे माध्यम भनेको उनीहरुमा आफ्नो विश्वास कायम राखिराख्नु पनि हो ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ