२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययी घरेलु खानाले शीघ्र स्खलन समस्या समाधान गर्न सहयाेग पुर्याउछन्

यी घरेलु खानाले शीघ्र स्खलन समस्या समाधान गर्न सहयाेग पुर्याउछन्


मानवजीवन खुशहालमा संभोगको एकदमै महत्व रहेको छ । यसका कारण नै दुई लिंगी एक आपसमा निकट आउँछन् र आत्मीय सम्बन्धको महशुस गर्दछन् । तर, कतिपय पुरुषमा हुने शीघ्रपतनका कारण यसले यौन जीवनको रोमाञ्चकतालाई भंग गरेको पाइन्छ ।
प्रायजसो पुरुषमा देखिने यस समस्याप्रति महिलाहरुको गुनासो पनि रहन्छ । जसकारण पारिवारिक कलह समेत निम्तिएको घटनाहरु पनि हाम्रा माझ प्रशस्त छन् । कयाँै कोशिसको बाबजुद पनि पुरुष आफ्नो यस समस्यालाई रोक्न नसक्दा उनीहरुमा आत्मग्लानी पैदा हुन थाल्दछ । र, यसको परिणाम पनि नकरात्मक नै हुन जान्छ ।
कतिपयले यस समस्या निराकरणको हुने नाममा आवश्यक चेक जाँचबिना नै अनेकौ औषधिको प्रयोग पनि गरिरहेका हुन्छन् । तर, यसले अझ अन्य समस्या थप हुने स्थितिको समेत सिर्जना गर्ने हुदा, आफूमा देखिएको कुनै पनि समस्या निराकरणको निम्ति सम्बन्धित चिकित्सकको राय लिनुपर्दछ । यदि तपाई यस समस्याको शिकार हुनुहुन्छ भने तपाईको निम्ति यो खुशीको समाचारहुन सक्छ कि, शिघ्रपतनको समस्या घरमै पनि गर्न सकिन्छ । आर्युवेद अन्र्तगत यस समस्या समाधानका अनेकौ उपायहरु रहेका छन् । जसलाई हामीले घरमै उपभोग गर्न सकिन्छ ।

शीघ्रपतन भनेको के हो?

मेडिकल क्षेत्रमा ‘प्रिम्याच्योर इजाकुलेशन’ भनिने शीघ्रपतनका समस्या पुरुषमा देखिने एक यौन समस्या हो । संसारभरका करिब ३० प्रतिशत पुरुष यस समस्याका शिकार भएको देखिन्छ । यस समस्या देखिएका पुरुषको यौनसम्पर्कका क्रममा चरम आनन्द प्राप्त गर्नुअघि नै वीर्य स्खलनन(स्खलनन) हुने गर्दछ । यसलाई नै ‘शीघ्र स्खलनन’ वा ‘शीघ्रपतन’ भनिन्छ । यसबाट व्यक्तिको सेक्सलाइफमा नकरात्मक असर परेको देखिन्छ ।

शीघ्रपतनका लक्षणहरु

  •  उत्तेजनाको केहि समयमा नै वीर्य झर्नु
  •  इन्टरकोर्ष(यौना अंगको मिलन) को ६० सेकेन्डभित्र नै वीय झरेमा त्यो शीघ्रस्खलननको समस्या हो भनी बुझ्नु पर्दछ ।
  •  यौन उत्तेजना कम हुनु
  •  संम्भोग प्रकृया शुरु हुने बित्तिकै वा नहुदै वीर्य झर्नु

यसका कारण
वर्तमान समयमा अधिकांश मानिसहरु कुनै न कुनै ढंगबाट मानसिक समस्याका शिकार भएका छन् । जसले उनीहरुको यौनजीवनमा समेत प्रभाव पारिरहेको हुन्छ । मानसिक तनावका कारण ‘टेस्टोरोन’ नामक हार्माेनको असन्तुलन पैदा हुन जान्छ । जसकारण व्यक्तिमा शीघ्रस्खलनन समस्या देखा पर्दछ । यसर्थ यसता समस्या व्यक्तिमा शारीरिक या मानसिक दुर्बलताका कारण देखा पर्दछ ।
मानसिक समस्या
 मनसिक तनाव (डिप्रेशन)
 आपसी सम्बन्धको समस्या
 उत्तेजनाको क्रममा लिंग पुर्ण रुपमा कडा र सीधा नहुने व्यक्तिमा यस्ता समस्या देखा पर्दछ ।
 समयआगावै वीर्य स्खलनन सम्बन्धि तनाव लिनाले

शारीरिक कारण
 शरीरमा यौन हार्माेन्स कमी भएमा
 मुत्रनली वा प्रोस्टेट ग्रन्थीमा भएको संक्रमण
 शीघ्रपतनको आनुवंशिक समस्या
 सर्जरी वा मानसिक आघात ।

अन्य कारण
 अत्याधिक अल्कोहोलको सेवन
 नशायुक्त पदार्थको सेवन
 धुम्रपान
 एन्टिबायोटिक औषधिको अधिक प्रयोग
 पिज्जा, बर्गर, केक तथा कोल्ड ड्रिंक्सजन्य जंकफुडको ज्यादा सेवन ।

घरेलु उपचारका उपाय

अश्वगन्धाको प्रयोगः
अश्वगन्धाको प्रयोगले व्यक्तिको शरीरमा ऊर्जा प्रदान गर्दछ । जसकारण व्यक्तिको शीघ्र स्खलननको समस्यामा कमी आउँछ । यसबाहेक व्यक्तिमा देखा पर्ने नपुंशक समस्याको निम्ति पनि यसको प्रयोग उपयुक्त मानिन्छ ।

इसबगोलको प्रयोगः
इसको प्रयोग प्रायजसो व्यक्ति कब्जियतको समस्या समाधानको निम्ति प्रयोग गर्छन् । तर, धुलो पारेको इसबगोलको प्रयोग शीघ्र स्खलननको निम्ति पनि उचित रहन्छ ।

सेतो मुस्लीको प्रयोगः
सेतो मुस्लीको प्रयोग नियमित रुपमा दूधसंग मिसाएर खानाले वीर्य बाक्लो भई सम्भोगको समय बढ्नमा मद्दत पुग्दछ ।

सुकमेलको प्रयोगः
दैनिक बिहान दूधमा ३ वटा सुकमेल मिसाएर पिउनाले वीर्यमा वृद्धि हुनाका साथै यसले कामोत्तेजना समेत प्रदान गर्दछ ।

कास्ट्रोल आयल
लिंगको माथिल्लो भागमा कास्ट्रोल आयलले मालिस गर्नाले पनि शीघ्रपतनको समस्या टाढा राख्छ ।

ब्लूबेरीको प्रयोग
यसको प्रयोगले धमनी ब्लक हुनबाट जोगाउँछ । यसले व्यक्तिमा उत्तेजना पनि काय राखिराख्नमा ठूलो भुमिका निर्वा गर्दछ । तर, यसको अत्याधिकसेवनले शरीरमा अन्य समस्या समेत देखा पर्ने हुदा यसको प्रयोग सिमित मात्रामा गर्नुपर्दछ ।

अल्मोण्ड्स
देशी बदाम भनिने ‘अल्डोम’ को प्रयोग पनि शीघ्रपतन समस्याको निम्ति औषधी मानिन्छ । यसको सेवनमा किसमिस, कालो चना तथा अन्य आहारको पनि प्रयोग गर्न सकिन्छ ।

यसबाहेक भान्छाका औषधि मानिने बेसार, तुलसी, प्याज तथा रामतोरिया आदिको दिनहुँ प्रयोग शीघ्रपतन हुने बिरामीका लागि उत्तम मानिन्छ ।

एजेन्सी ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ