२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन क्रिया एक दिमागी खेल

यौन क्रिया एक दिमागी खेल


काठमाण्डाै-धेरै व्यक्तिका लागि यौन जिन्दगीको एक आनन्दमयी पाटो हो । एक अर्कालाई निकटमा पु¥याउन सहयोग गर्ने यौन भावनात्मक सम्बन्धको मध्यस्कर्ता पनि हो । यौन गतिविधिका अन्तिम चरण सम्भोग जीन्दगीको मुल्य र खास अर्थ दिने एक पाटो पनि हो भन्ने भनाई अधिकांश व्यक्तिहरुको रहेको छ ।

क्यानाडिएन मेन्टल हेल्थ एसोसियनका अनुसार, हामीमध्ये २० प्रतिशत मानसिक समस्याका शिकार भएका हुन्छौ । यस अर्थमा हाम्रो मानसिक स्वास्थ्य स्थितिले पनि हाम्रो प्रेम सम्बन्ध तथा यौन जीवनमा प्रभाव पार्दछ । तसर्थ यसैलाई आधार मान्दै यौन दुर्बलताका मुख्य कारण मानसिक समस्या पनि रहने कुरामाको एकमत रहेको देखिन्छ ।

के मानसिक समस्या भएमा यौन सम्बन्ध कायम गर्न सकिदैन?

सकिन्छ । तर, आफ्ना अन्य बाह्य चुनौती तथा समस्याका कारण दिमागमा उब्जिएका प्रश्न, डर, भय, तनाव एवम् चिन्ताका कारण भने व्यक्तिले पुर्ण रुपमा आफ्नो यौन सम्बन्धका ध्यान एवम् महत्व दिन सक्दैनन् । जसकारण उनीहरुमा यौन इच्छा उत्पन्न नहुने समस्या समेत देखा पर्दछ ।

यौन दिमागी खेल

हामी सोच्छौ यौन गतिविधिमा हाम्रो शरीरले आफ्नो कार्य गरिरहेको भनेर । तर, यौनका अधिकांश गतिविधि हाम्रा दिमागका खेल हुन् । सम्झनै पर्ने कुरा के हो भने, प्रत्येक लिंगीलाई सम्भोगको चरणसम्म लैजानको निम्ति हाम्रो मस्तिष्कले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
तनाव तथा डिप्रेशनले कडा रुपमा व्यक्तिको यौन जीवनमा प्रभाव पार्दछ । कहिलेकाहिँ यसैका कारण व्यक्तिको उत्तेजनमा प्रभाव समेत पर्न जान्छ ।

तनाव एवम् अन्य मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्याले दिमागले अन्यत्र मोडि यौन आनन्दलाई परास्त गर्नमा मद्दत पु¥याउँछ । र, जब हामी अन्य कुरालाई बढि महत्व दिइरहेका हुन्छौ तबह म्रो दिमागमा यौनका कुरा कमै मात्रामा आउने गर्दछन् ।

विभिन्न प्रकारका मानसिक समस्याले व्यक्तिको आत्म–सम्मानमा ठेस पु¥याउदै यौनप्रति ध्यान दिन अयोग्य गराउँछ । जस्तोः मिडिया तथा चलचित्रमा देखाइएको जस्तो आफ्नो शारीरिक संरचना भएकै कारण कतिपय व्यक्तिहरु आफ्नो शरीरप्रति सन्तुष्ट रहदैनन् ।

फलस्वरुपः उनीहरु यौनको मामिलामा पनि आफू पछि छु भन्ने भावनाबाट ग्रस्त हुन्छन् । र, सोहि भावनाबाट उत्पन्न प्रभाव उनीहरुको यौनजीवनमा देखा पर्दछ ।

मानसिक यौन दुर्बलता हटाउने उपाय

भावनात्मक सहकार्य

यौन दुर्बलता मात्रै होइन मानसिक समस्याका कारण देखा परेका अधिकांश समस्या भावनात्मक सहकार्यबाट समाधान गर्न सकिने विज्ञहरु बताउँछन् । मानसिक समस्याले ग्रस्त व्यक्तिको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन सकिएमा सो व्यक्तिसंग आत्मीय सम्बन्ध स्थापित गरी गरिने सहकार्यले यौन दुर्बलताका समस्या समेत समाधान गर्न सकिन्छ ।

कामुकताका लागि सर्पाेट गर्ने अन्य गतिविधि

यौन भनेको पश्चिमी फिल्मी दुनियामा वा निलो चलचित्रमा चित्रित गरिएको अनुभव होइन । यो चलचित्रमा देखाइने पाटोभन्दा फरक  रहन्छ ।

वास्तवमा यौन रचना, जिज्ञासा, कौतुहलता, नवीनतम महशुस संगसंगै हासो, केहि गल्ती, दोधारोपन तथा गलत बुझाईको सम्मिश्रण पनि हो । यी सबै स्वस्थ यौनका पाटोहरु हुन् । तसर्थ यस्ता पाटोहरुले पनि यौनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकोले यौनमा यी सबै भावहरु मिश्रित हुनु जरुरी छ । जसले यौन जीवनलाई खास बनाउन मद्दत गर्दछ । यसबाहेक यसका निमित्त यौनजन्य चलचित्र एवम् कथाहरु पनि अध्ययन गर्न सकिन्छ ।

चिकित्सकको परामर्श

चिकित्सकको परामर्श जुनसुकै स्वास्थ्य समस्याको निमित्त उपयुक्त मानिन्छ । सम्बन्धित चिकित्सकको परामर्शले व्यक्तिलाई उचित तथा आवश्यक उपचार प्रदान गर्न मद्दत गर्छ । तर, यदि तपाई अस्पतालमा गएर चिकित्सक समक्ष आफ्ना कुरा राख्न हिच्काउनुहुन्छ भने यौन हेल्थ क्लिनिकमा गएर आफ्नो समस्या राख्न पनि सक्नुहुन्छ । र, यसबाहेक सहजका लागि तपाई आफ्नो पार्टनरलाई संगै पनि लिएर जान पनि सक्नुहुन्छ ।
एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ