२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन लत हो भन्नु गलत, अध्ययन ले पत्ता लगायाे पुरुष यौन गतीविधी सम्बन्धी ८ नयाँ तथ्य

यौन लत हो भन्नु गलत, अध्ययन ले पत्ता लगायाे पुरुष यौन गतीविधी सम्बन्धी ८ नयाँ तथ्य


पछिल्लो केहि वर्ष पुरुषको यौन र वास्तविक कामुकताको विषयमा विभिन्न थेरापिस्ट तथा अन्वेषकहरुबीच बहस चलेको थियो । अन्वेषकहरुले पुरुषको कामुकताको बारेमा आम सर्वसाधारणले सोच्ने गरेको विश्वास कति हदसम्म सत्य छन् भन्ने विषयमा बहस गरेका थिए ।
सामान्यतयाः तुलनात्मक रुपमा यौनको मामिलामा पुरुष महिलाभन्दा धेरै अघि रहेको विश्वास गरिन्छ । यसै विषयमा विज्ञहरुद्धारा गरिएको बहसमा अन्य आम व्यक्तिको बुझाई सम्बन्धि विभिन्न तथ्यहरु समेत बाहिरिएका छन् । पुरुषको कामुकता विषयमा भएको आम जनविश्वास र त्यसभित्र रहेको तथ्यबीच भने ठुलो भिन्नता रहेको उक्त बहसले स्पष्ट पारेको छ ।

१. पुरुषसंग यौन सम्बन्ध कायम राख्ने पुरुष समलिंगी हुन्ः

यो आवश्यक छैन कि, पुरुषसंगै यौन सम्बन्ध स्थापित गर्ने पुरुष समलिंगी हुन् । यो प्रश्नले धेरैको मनमा विविध प्रश्नहरु उब्जिन सक्छन् । तर, पछिल्लो पटक गरिएको एक अध्ययनले पुरुषसंग यौन सम्बन्ध स्थापित गर्ने पुरुष समलिंगी नहुने बताएका छन् । केहि पुरुषहरु विपरीत लिंगीसंग मात्रै यौन सम्बन्ध कायम राख्नुपर्छ भन्ने संस्कृतिमा विश्वास गर्दैनन् । तसर्थ उनीहरु सोहि किसिमको भावनात्मक उत्प्रेरणाले प्रेरित हुन्छन् र, एकै लिंगीसंग पनि यौन सम्बन्ध स्थापित गर्छन् । यस तथ्य पिएचडि होल्डर जोय कोर्टले आफ्नो ‘ईज माई हजबेण्ड गे अर बायो? अ गाइड फर वुमेन कन्सर्न अबाउट दियर मेन’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।

२. द्धि–लिंगी पुरुषले चिट गर्छन्

यो पुर्ण रुपमा गलत धारणा हो । द्धि–लिंगी पुरुषले अन्य सामान्य पुरुष र महिला सहर नै हुने विज्ञहरु बताउँछन् । द्धि–लिंगी पुरुष आफ्नो रुचिप्रति आफै पनि पुर्ण रुपमा निश्चित हुन नसक्ने कारण उनीहरुले आफ्ना पार्टनरलाई धोखा दिने जनविश्वास रहेको छ । तर, यस सम्बन्धि गरिएको अध्ययन अनुसार, उनीहरुले आफू सामान्य लिंगीभन्दा फरक रहेको वास्तविकता थाहा पाए पनि समाजको संस्कृतिभन्दा पर जाने डरले यस तथ्यलाई आफूभित्रै लुकाएर राख्छन् । आफ्नो इच्छा र, बाध्यता एक आपसमा विपरित भएकै कारण उनीहरु महिलासंगको यौन सम्बन्धमा सहर्ष स्वीकार गर्न सक्दैनन् र यसप्रति खासै रुचि पनि राख्दैनन् । यसैकारण महिलाहरु आफ्नो श्रीमान्ले आफूलाई धोखा दिएको ठान्छन् ।

३. पुरुषहरु यौन केन्द्रित हुन्छन्

आपसी भावनात्क तथा शारीरिक सम्बन्धमा संलग्न हुदा आफ्नो भाव प्रकट गर्ने महिला र पुरुषको आफ्नै तौर–तरिका रहेको हुन्छ । अध्ययनले प्रकाशित गरेको तथ्य अनुरुप, अधिकांश समाजमा भावना प्रकट गर्ने शैली महिलाको जस्तो भएकै कारण उनीहरुलाई विशेषगरी ८ वर्षको उमेरदेखि ती सबै कुराहरु व्यवहारिक रुपमा त्याग्न सिकाइन्छ । जसकारण उनीहरुमा भएको भाव खेलकुद, रिस, आवेग र यौनमार्फत प्रकट हुन्छ । यसर्थ यौन पुरुषको आफ्नो भाव प्रस्तुत गर्ने माध्यम पनि हो ।

४. पोर्न चलचित्र हेर्ने पुरुषहरु यौनका लागि व्याकुल हुन्छन् र, यसलाई आफ्नो श्रीमतीसंगको सम्बन्धभन्दा बढि प्राथमिकता दिन्छन्ः

‘इथिकल पोर्न फर डिक्सः अ म्यान्स गाइड टु रेस्पोन्सिबल भिविङ्ग ल्पेजर’ का लेखक डेभिड ले यस धारणाको साफ विरोध गर्छन् । उनी पुरुषहरुले पोर्न चलचित्रबाट आनन्द लिने भएता पनि यसलाई आफ्नो श्रीमतीसंगको सम्बन्धको स्थान दिने कुरामा असहमति जनाएका छन् ।

५. गुद्धारको सेक्स रुचाउने पुरुष समलिंगीः

गुद्धारको सम्भोग रुचाउने पुरुष समलिंगी नभएको सर्वेक्षणले जनाएको छ । प्रत्येक व्यक्तिहरु आफ्नै स्वभावका हुन्छन् । यसै अनुरुप केहि समूह यस्ता छन् जो सामान्यभन्दा फरक किसिमबाट यौन आनन्द लिन चाहान्छन् । तर, यसो भन्दैमा उनीहरुलाई तेस्रो लिंगीको ट्याग झुण्डाउन खोज्नु गलत भएको अध्ययनको दाबी रहेको छ ।

६. धेरै पटक सम्भोग राख्न रुचाउने पुरुष रोगी

धेरै पटक सम्भोग रुाउने पुरुषको स्वभाव रोग नभएर चिकित्सकहरुले यसलाइृ रोमान्टिक स्वभावको संज्ञा दिएका छन् । सम्भोग प्रेम अभिव्यक्तिको माध्यम पनि हो । महिलाहरु यौनमा खासै चासो नदिने स्वभावको हुने भएकाले यो सोहि स्वभावको उपज बाहेक अरु केहि नभएको चिकित्सकहरु बताउँछन् ।

७. यौन एक लत हो र, यसका उपचार पनि हुन्छ

यो व्यक्तिको विल्कुलै गलत बुझाई रहेको डा. कोर्ट बताउँछन् । ‘मैले आफ्नो उपचार कार्यकालमा अधिकांश महिलाबाट यो प्रश्न गुनासोको रुपमा सुने । उनीहरु आफ्ना पतिको यौन चाहनालाई यौन दुव्र्यसनीको संज्ञा दिइरहेका थिए । जबकि यो त प्रत्येक प्राणीमा स्वतः देखा पर्ने प्राकृतिक इच्छा हो ।’ सृष्टि तथा मानव जीवनको आनन्दको मुख्य पाटो मानिने सम्भोगप्रति मानिसको गलत बुझाई रहेको उनको ठम्याई छ । ‘यद्यपि यस विषय सम्बन्धि खोज आवश्यक छ; उनले थपे ।

८. यौन सन्तुष्टि प्राप्त गर्न नसक्नुको अर्थ उनीहरु आफूमा केन्द्रित छैनन्ः

यो प्रायजसो महिलाका साझा गलत बुझाई हो । उनीहरुलाई आफ्नो पार्टनर यौन सन्तुष्टि नहुने समस्यालाई व्यक्तिगत रुपमा लिन्छन् । तर, उनीहरु यस समस्याको कारण पुरुष स्वयम् आफैको शारीरिक एवम् मानसिक समस्याका कारण हो भन्ने कुरामा ध्यान दिदैनन् । र, फलस्वरुपः सहकर्मीबीच आपसी मनमुटाव समेत पैदा हुन थाल्दछ ।
एजेन्सी ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ