२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौनको विषयमा महिलाहरु एक दिनमा कति पटक सोच्छन् ?

यौनको विषयमा महिलाहरु एक दिनमा कति पटक सोच्छन् ?


भनिन्छ, पुरुषले एक दिनमा ३४ पटकसम्म यौनका बारेमा सोचिरहेका हुन्छन् । यस सन्दर्भमा महिलाको तथ्यांक भने कति होला त? सामान्यतयाः महिलाहरु यौनको सन्दर्भमा पुरुषको तुलनामा कम हुने र उनीहरु यस विषयमा अफ्नो इच्छा दबाएरै राख्छन् भन्ने आम जनविश्वास रहेको छ । के यो सत्य हो त? उनीहरु आफ्ना इच्छा दबाएरै पुरा गर्छन् त?आउनुस् यसबारे केहि जानकारी हासिल गरौं ।

तुलनात्मक रुपमा महिला पछि , यद्यपि उनीहरु पनि सोच्छन् 

महिलाहरु आफ्नो लजालु स्वभावका कारण आफ्ना पार्टनरसंग खुलेर आफ्नो रुचीको कुरा नगरेता पनि यद्यपि उनीहरु यौनको बारेमा सोच्न पुरुषभन्दा धेरै पछाडि नरहेकोएक अध्ययनले जनाएको छ । यससम्बन्धि गरिएको एक अध्ययनका अनुसार, महिलाले औसत रुपमा १८.६ पटकसम्म यौनको विषयमा सोच्ने गर्छन् । यदि यस समयलाई मिनेटमा बदल्ने हो भने यो २४ घण्टाको अवधिमा ५१ मिनेट बरारबर हुन आउँछ ।

कारणहरु

यौनलाई नकरात्मक रुपमा लिने महिलाको बानी यसको कारण
अझै पनि यौनको बारेमा खुलेर कुरा गर्न लजाउने अधिकांश व्यक्तिहरु रहेका छन् । उनीहरु महिललो यौनका बारेमा कुरा गर्नु र आफ्ना यौन इच्छा व्यक्त गर्नुलाई नकरात्मक रुपमा लिन्छन् । यसैले पनि महिलाहरुको सोचमा प्रभाव पारेको विज्ञहरुको भनाई छ । जसकारण उनीहरु यसबाट टाढा रहन आफूलाई विभिन्न ठाउँमा भुलाउने गर्छन् । त्यसैले पनि उनीहरु

महिला र पुरुषबीच आधा अन्तर हुनुको अन्य कारण

यौनको बारेमा सोच्ने अवधि महिला र पुरुषबीच झण्डै आधाको अन्तर किन छ? एक अध्ययनका अनुसार, यो महिला र पुरुषमा हुने टेस्टोरेन हार्माेनको घटबढिको प्रभाव पनि हो । टेस्टोरेन यौन इच्छा जागृत गराउने एक हार्माेन हो । यसको उपस्थितिमा नै व्यक्तिमा यौन चाहाना उत्पन्न हुन्छ । र, तुलनात्मक रुपमा टेस्टोरेनको मात्रा पुरुषमा प्रचुर हुन्छ । यसैले पनि पुरुषलाई यौनको बारेमा सोच्न बाध्य बनाउने विज्ञहरु दाबी गर्छन् ।

यसबाहेक पुरुषहरु आफ्नो शारीरिक सन्तुष्टि भन्दा पनि बढि इगो सन्तुष्टिमा केन्द्रित रहन्छन् । जसको निमित्त उनीहरु यौनकै साहारा लिन्छन् । यस्तै उनीहरु प्रायजसोः आफ्ना यौन सहकर्मीह बढाएर यौन सन्तुष्टि प्राप्त गर्न खोज्छन् भने महिलाहरु आफ्नो एक सहकर्मीबाट नै यौन सन्तुष्टि कसरी प्राप्त गर्ने भन्ने विषयमा बढि सोच्छन् ।

एजेन्सी ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ