२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यकिन हुन्छ यौन उत्तेजना नहुने समस्या, यस्ता छन् समाधानका उपाय

किन हुन्छ यौन उत्तेजना नहुने समस्या, यस्ता छन् समाधानका उपाय


वर्तमान समयमा महिला र पुरुष दुवैमा यौन चाहना नहुने र यौन उत्तेजनामा कमी आउने साझा समस्याको रुपमा देखा परेको छ । कतिपय व्यक्तिहरु सम्भोगको समयमा समेत यौन उत्तेजना नहुने गुनासो लिएर उपचारका लागि धाउँछन् । यौन उत्तेजना नहुनु पछाडि व्यक्तिका विभिन्न कारणहरु रहेका हुन्छन् । तर, प्रत्येक व्यक्तिलाई एकै कारणले यौनमा रुची घट्छ भन्ने हुदैन ।

यौन उत्तेजना भनेको के हो?

यौन उत्तेजना भन्नाले सामान्यतयाः यौन क्रियाकलापको समय सम्भोग गर्ने इच्छा भन्ने बुझिन्छ । वास्तवमा सम्भोगका निमित्त शरीर, र मस्तिष्क दुवैलाई तयार पार्नको निम्ति विभिन्न प्रकारको शारीरिक प्रतिक्रिया गरिन्छ । यसैक्रममा शरीरमा आउने परिर्विर्तत प्रतिक्रिया नै यौन उत्तेजना हो ।

यौन उत्तेजना नहुनु भनेको के हो?

यदि तपाईको यौन उत्तेजनामा कमी आएको छ वा सम्भोगभन्दा पहिले उत्तेजित हुनेमा समस्या देखा परिरहेको छ भने यो तपाई आफैले स्वतः अनुभव गर्नुहुन्छ । यस्तो समयमा तपाईलाई शारीरिक सम्बन्ध कायम गर्न मन नलाग्ने, पार्टनरको लाखौ अपिलपछि पनि सम्भोगको निम्ति तयार हुन नसक्ने, यौन क्रियाकलापको कुरा दिमागमा नआउने र यौन सम्पर्क कायम भएता पनि तपाईलाई आनन्द नआउने जस्ता समस्या देखा पर्दछ ।

कारणहरु

यौन उत्तेजना नहुने समस्या महिला र पुरुष दुवैमा समान रुपमा देखा पर्दछ । यद्यपि यसका कारण भने भिन्न–भिन्न प्रकारका हुन्छन् । अर्थात्, विभिन्न आन्तरिक एवम् बाह्य पक्षले व्यक्तिको यौनजीवनमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । यसमध्ये कतिपय कारण तपाई आफैलाई थाहा हुन पनि सक्छन् र नहुन पनि । तसर्थ आउनुहोस् यौन उत्तेजना किन हुदैन भन्ने विषयमा केहि

जानकारी हासिल गरौँः

  •  यदि तपाईको शरीर दुब्लो पाताले छ र तपाई आफ्नो शरीरप्रति सन्तुष्ट हुनुहुन्न भने तपाईमा यौन उत्तेजना सम्बन्धि समसया देखिन सक्छ ।
  • डर, चिन्ता, भय एवम् तनावजस्ता मानसिक समस्या
  • नकरात्मक विचार एवम् पार्टनरसंगको सम्बन्धमा भएको खटपट
  • महिलाको हकमा पिल्स सेवन गरिरहेको अवस्था, गर्भवति अवस्था एवम् महिनावारी पर सरेको अवस्थामा यौन उत्तेजना नहुने  हुन्छ ।
  •  यौन अंगमा रक्त प्रवाह नहुनु एवम् ब्ल्याडर संक्रमण हुनु
  • अन्य उपचारको औषधि सेवन तथा थेरापी प्रयोग गरिरहेको अवस्था
  • शारीरिक सम्पर्कका लागि पार्टनर राजी भएता पनि पार्टनरले उचित रुपमा सहकार्य गर्न नसक्दा
  •  र, मधुमेहको रोगी भएमा ।

 

समाधानका उपायहरु

सामान्यतयाः यौन उत्तेजना नहुने समस्याका कारण व्यक्तिपिच्छे भिन्न भिन्न रहेका हुन्छन् । जसकराण चिकित्सकलाई पनि उपचारमा कठिन पर्दछ । यसबाहेक कतिपय महिला र पुरुष आफ्नो समस्याका बारेमा खुलेर कुरा गर्न लजाउने हुदा पनि चिकित्सकलाई उपचारमा कठिनाई देखा पर्दछ ।

तसर्थ यसका लागि सर्वप्रथम महिला र पुरुष दुवैले आफ्नो पार्टनरसंग आफूलाई आई परेको समस्या र आफ्नो अवस्थाबारे एक आपसमा सेयर गर्र्र्र्र्नुपर्दछ । यसबाटै पनि अधिकांश दम्पतिका यौन विशेषज्ञको परामर्श पनि लिन सकिन्छ ।

चिकित्सकको परामर्श लिने क्रममा दम्पतिहरु आफ्ना कुरा खुलस्त रुपमा चिकित्सक सामु राख्न नसक्दा पनि समस्याको उचित निराकरण हुन पाउदैन । त्यसैले चिकित्सकको सामु आफ्ना कुरा एवम् जिज्ञासा राख्न डराउनु हुदैन ।

यसका साथै बिहानै गरिने शारीरिक व्यायाम र योगले पनि यौन जीवनमा प्रभाव पार्दछ । तसर्थ यस्ता समस्या देखा परेको व्यक्तिले दैनिक शारीरिक व्यायाम र योगाको माध्यमबाट पनि यस्ता समस्यामा कमी ल्याउन सकिन्छ ।

यसबाहेक केहि समस्या मानसिक थकान, चिन्तार्, वम् आफ्नो पार्टनरप्रतिको शंका एवम् उपशंकाका कारण पनि देखा पर्दछ । तसर्थ त्यस्तो समयमा भने आफ्नो पार्टनरसंगको आवश्यक बातचित तथा मानसिक चिकित्सकको सहयोग लिन सकिन्छ ।
एजेन्सी ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ