२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौनाङ्ग गन्हाउने समस्या र घरेलु उपचार

यौनाङ्ग गन्हाउने समस्या र घरेलु उपचार


यौनांग गन्हाउने समस्या अधिकांश व्यक्तिमा देखापर्ने एक साझा यौन समस्या हो । झण्डै एक तिहाईभन्दा बढि व्यक्ति यस समस्याबाट ग्रसित हुने गरेको पाइएको छ । दैनिक सरसफाईको बाबजुद पनि आफूहरु यस समस्याबाट गुज्रिएको उनीहरु बताउँछन् ।

यौनांगको गन्धले व्यक्तिको यौन सम्बन्धमा समेत विकार ल्याउन मद्दत गर्दछ । यस्तै समयमै उपचार नगरेमा यसले कालान्तारमा गएर व्यक्तिमा दिगो समस्या समेत उत्पन्न गराउन सक्ने जोखिम उत्तिकै रहन्छ । व्यक्तिको शारीरिक एवम् आपसी सम्बन्धका निम्ति घातक रहेको यस समस्याका आखिर के हुन् त प्रमुख कारणहरु? कसरी पाउन सकिन्छ यसबाट छुटकारा? र, के हुन् यस समस्या निराकरणका घरेलु उपचारहरु? आउनुहोस् यसबारे केहि जानकारी हासिल गरौं । तर यो यस्तो उपचार गर्नु अघि चिकित्सकसंग सल्लाहा लिनु अनिवार्य हुन्छ ।

यस्ता छन्, यौनांग गन्हाउनाका प्रमुख कारणहरु

स्मेगाः
स्मेगा मृत छालाहरुको सञ्चय स्वरुप तथा प्राकृतिक तेल हो । यसले व्यक्तिको लिंगलाई चिसो राख्ने काम गर्दछ । यौनांगको उचित सरसफाईको अभावमा लिंगले प्राकृतिक रुपमा एक बाक्लो सेतो तरल पदार्थको उत्पादन गर्दछ । जसकारण यौनांग गन्हाउन समसया देखा पर्दछ । प्रायजसो यस समस्यो लिंगको टुप्पोमा समस्या भएका तथा लिंगको टुप्पोको छाला काट्ने पुरुषहरुमा यो समस्या साझा रुपमा देखापर्ने गरेको पाइन्छ । यसबाहेक लिंग उत्तेजित हुदा टुप्पोको छाला सजिलै नसर्ने, लिंग चिलाउने तथा रातो हुने तथा ब्याक्टेरियाको संक्रमणका कारण पुरुषमा यस्ता समस्या देखा पर्दछ ।

बालानाईटिसः

बालानाईटिस लिंगको टुप्पोमा चिलाउने समस्या हो । यो समस्या व्यक्तिमा विशेषगरीः हाईजिङको कमी, छालाको प्रकार तथा संक्रमण, साबुन, कन्डम तथा औषधिको प्रयोग आदिका कारण देखा पर्दछ ।

सरुवा यौन रोगः

यौन रोगबाट संक्रमण भएका व्यक्तिमा पनि यौनांग गन्हाउने समस्या देखा पर्दछ । असुरक्षित यौन सम्पर्कका कारण देखापर्ने रोगकै कारण व्यक्तिमा गन्हाउने पानी उत्पादन हुन्छ ।

एनजियु (Non-gonococcal urethritis)

प्याथोजेन जम्र्सका कारण व्यक्तिमा देखा पर्ने एनजियु पनि यौनांग गन्हाउने समस्याका प्रमुख कारणमध्ये एक हो । सरुवा यौन रोगकै कारण व्यक्तिको मुत्रनलीमा परेको प्रभावका कारण व्यक्तिमा यो रोग देखा पर्दछ । यसबाहेक मधुमेह, मिर्गौला पत्थरी तथा यौन गतिविधिका कारण पनि व्यक्तिमा एनजियु देखा पर्दछ ।

उपचारका विधिहरु

प्रायजसोः सरसफाईको कमीका कारण देखा पर्ने यस समस्या उचित सरसफाईकै माध्यमबाट पनि यस समस्याबाट केहि हदसम्म छुटकारा पाउन सकिन्छ । यसबाहेक यौनांग गन्हाउने समस्याबाट छुटकारा पाउने केहि उपायहरु यहाँ प्रस्तुत गरिएका छन्ः

  •  यौन गतिविधिपछि नियमित रुपमा यौनांग सफा गर्ने
  • खुकुलो तथा सहज भित्रीवस्त्रको प्रयोग गर्ने
  • भित्रीवस्त्र नियमित परिवर्तन गर्ने
  •  यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्ने
  •  एक जनासंग मात्रै यौन सम्बन्ध कायम गर्ने
  • लिंगको छाला काटेको छ भने फोरस्किन(लिंगको टुप्पो भाग) को उचित सरसफाई गर्ने
  • मनतातो पानीले दैनिक लिंग सफा गर्ने
  • बास्नादार सेन्ट तथा साबुनहरुको प्रयोग पनि गर्न सकिन्छ
  • फिटकिरी पानीले आफ्नो अंग सफा गर्ने
  • समस्याको पहिचान गरी त्यसको कारणबाट टाढा रहने
  • सम्बन्धित चिकित्सकको परामर्श लिने ।
    एजेन्सी ।

क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ