२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययी ३ पक्षले ल्याउँन सक्छ तपाईको यौन जीवनमा सुधार

यी ३ पक्षले ल्याउँन सक्छ तपाईको यौन जीवनमा सुधार


यौन शारीरिक निष्काशनभन्दा पनि आपसी निकटसम्बन्धको जालो हो । तर, कहिलेकाहिँ तपाइको अल्मलता एवम् सानो कमजोरीका कारण तपाई एवम् तपाईको पार्टनरबीच मनमुटावले प्रभुत्व सिर्जना गर्न सक्दछ । मनमुटावका यस्ता समस्या कार्यालय घर, अफिस एवम् बालबच्चाका कारण पनि सिर्जित हुने गर्दछ । कारण जेसुकै भएता पनि यसले आपसी सम्बन्धमा यसले समस्या नल्याओस् भन्ने विषयमा हामी सदैव सजग रहनु पर्दछ ।

आफ्नो यौन जीवनलाई ताजा र रमाइलो राखिराख्नका लागि तपाईले विशेषगरी ३ पक्षमा मात्रै ध्यान दिनु भएता पनि त्यो पर्याप्त हुन जान्छ ।

चटपटा बनाउनुहोस् आफ्नो यौनिक समय

चटपटा यानिकी रोचकमय । यौन सम्बन्धको आपसी घनिष्टता एवम् आत्मीयता कायम राख्नका लागि मसालेदार एवम् रोचकमय गतिविधिहरुको आवश्यक पर्दछ । यौन गतिविधि शरीरसंगै भावनाहरु समेत जडित सम्बन्ध हो । यसका लागि तपाई आफु पनि स्वतन्त्र रुपमा प्रस्तुत हुनुपर्छ भने आफ्नो जोडिलाई पनि स्वन्त्र रुपमा प्रस्तुत हुने मौका दिनुपर्दछ । यससंगै यदि तपाईको पार्टनर नयाँ रुपमा प्रस्तुत हुन खोज्छिन् वा यौनमा नवीनता चाहाछिन् भने उक्त पाटोलाई सहर्ष स्वीकार गरेर तपाईले आफ्नो यौनिक समयलाई रोचकमय बनाउन सक्नु हुनेछ ।

यस्तै आफ्नो पार्टनरले के कुरालाई बढि रुचाउँछन् भन्ने पक्षमा पनि तपाईले विशेष ध्यान दिनुपर्छ । सानो–सानो पक्षमा दिइएको प्राथमिकताले नै तपाईको यौन जीवनमा सुधार ल्याउन मद्दत गर्दछ ।

सम्भोगअघि लिनुहोस् आरामः
सम्भोग कायम गर्नुअघि केहि आरामदायी उपायहरु लाई पनि अवलम्बन गर्नुपर्दछ । यसले यौन क्रियाकलापमा दुवै व्यक्तिलाई लिप्त बनाउन मद्दत गर्दछ । यसो गर्नाले तपाईलाई यौनकिडामा गरिने प्रत्येक गतिविधि नियाल्ने अवसर पनि मिल्दछ । यस समयमा केहि गहिरो सास लिदै आफ्नो कसिलो मांसपेशी कसिलो एवम् सम्भोगका तयार पार्न पनि सकिन्छ ।

फोरप्लेलाई पनि दिनुहोस् समान महत्व

फोरप्ले अर्थात् यौनकिडापुर्व गरिने यौन गतिविधि । अधिकांश पुरुषहरु आफुमा यौनइच्छा उत्पन्न भएकै कारण उनीहरु हतारमा आफ्ना पार्टनरसंग यौन सम्बन्ध कायम गर्न चाहान्छन् । तर, महिलाहरु पुरुषहरुको यस हर्कतको ठिक विपरीत हुन्छन् । उनीहरु आफूमा यौनइच्छा पैदा भएता पनि आफ्ना पार्टनर सिधै यौनसम्पर्क कायम गर्न खोजेको मन पराउदैनन् । त्यसैले पनि उनीहरुमा मनमुटाव समेत पैदा हुने हुन्छ ।
तसर्थ यौनकिडापुर्व शरीरको विभिन्न भागमा स्पर्श गर्दै गरिने फोरप्ले यौनजीवनमा विशेष महत्व हुन्छ । यसका साथै यसले महिला र पुरुष दुवैलाई चरमकोत्र्षमा पुग्न समेत मद्दत गर्दछ ।
एजेन्सी ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ