२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौनजीवन स्वस्थ राख्न श्रीमतीलाई खुसी पार्न आवश्यक

यौनजीवन स्वस्थ राख्न श्रीमतीलाई खुसी पार्न आवश्यक


व्यक्तिका लागि शारीरिक स्वास्थ्य जति आवश्यक पर्छ त्यति नै मानसिक स्वास्थ्यले पनि विशेष अर्थ राख्दछ । र, व्यक्तिलाई एक तिहाईभन्दा बढि खुसी आफ्नो यौनजीवनबाट नै मिल्ने विज्ञहरु जनाउँछन् ।

तसर्थ, आफू मानसिक रुपमा स्वस्थ रहन यौनजीवनको महत्व अत्यावश्यक रहन्छ । तर, अधिकांश पुरुषहरु आफ्ना श्रीमतीको चाहाना बुझ्न अन्यौलपुर्ण एवम् कठिन रहने बताउँछन् । भावनात्मक एवम् शारीरिक सम्बन्ध प्रगाढ रहने नजिकको सम्बन्ध श्रीमान-श्रीमतीको भएता पनि आफ्ना श्रीमतीको चाहना के मा छ ? भन्ने कुरा बुझ्न नसकेको उनीहरुको साझा गुनासो रहेको पाइन्छ ।

यस्तै, पुरुषहरु यौन केन्द्रित भएकै कारण मात्रै आफूसँग नजिकिने र सँगै यौनमा चासो नदेखाएमा यसबाट समेत आफूलाई तनाव पर्ने गुनासो महिलाहरुको मत छ । तर, यौन जीवनमा महिलालाई राजी गर्नको निम्ति उनीहरुलाई खुसी बनाई राख्न पनि उत्तिकै आवश्यक हुन्छ । अन्य समयको गतिविधिका हिसाबले उनले तपाईलाई मुल्यांकन गर्ने र सोहि अनुसार, यौनका लागि तयार हुने गर्छन् ।

उसो भए यस्तो अन्यौलपुर्ण स्वभाव रहेका महिला(श्रीमती) लाई कसरी खुसी पार्ने त? के भएमा उनीहरु सजिलै राजी हुन्छन् यौनका लागि?

एक अर्काको चाहाना एवम् भाव बुझ्न नसक्दा कतिपय जोडीहरु सम्बन्ध विच्छेदको निर्णयमा समेत पुग्ने गर्छन । जसबाट व्यक्तिको यौनजीवन मात्र नभई मानसिक स्वास्थ्यमा समेत समान रुपमा प्रभावित हुन पुग्दछ । तसर्थ, यहाँ केहि यस्ता उपायहरु समावेश गरिएका छन् जुन तपाईको श्रीमतीलाई खुसी बनाई राख्नका लागि उपयोगी सावित हुनेछ ;

उनीसँग दैनिक बोल्ने समय मिलाउनुस्,

महिलाहरु आफ्ना श्रीमान् आफ्नो लागि समेत समय मिलाउन नसक्ने गरी व्यस्त भएको रुचाउदैनन् । आफ्ना श्रीमान् जति नै व्यस्त भएपनि आफ्ना लागि समय मिलाउन् भन्ने उनीहरुको चाहाना हुन्छ । त्यसैले, दिनमा कम्तिमा १५ मिनेट मात्र भएपनि उनीहरुसंग कुरा गर्ने समय मिलाउनुपर्छ । तपाईले आफूमा यो बानीको विकास गरेसँगै उनीहरुको केहि रुचीगत इच्छा बुझ्न सक्नुहुन्छ भने उनीहरुमा पनि आफ्ना श्रीमानले आफूलाई प्राथमिकतामा राख्छन् भन्ने भाव पैदा हुन्छ । जसबाट उनीहरु खुसी पनि रहन्छन् ।

आफ्ना श्रीमतीको कुराप्रति सहमत भएको भाव प्रकट गर्नुहोस्, 

कतिपय कुराहरु यस्ता हुन्छन् जुन कुरामा आफू सहमत नहुँदा-नहुँदै पनि उनीहरु(श्रीमती) को कुरामा आफू सहमत भएको नाटक समेत गर्नुपर्दछ । पुरुषभन्दा बढि संवेदनशिल हुने भएकाले पुरुषलाई सामान्य लाग्ने कुराहरु उनीहरुलाई ठुलो लाग्न सक्छ । तसर्थ, उनीहरु साना–साना कुरालाई पनि विशेष महत्व दिने स्वभावका हुन्छन् । तसर्थ, उनीहरुको त्यस्ता कुरामा आफूले सहमति जनाएकै कारण पनि उनीहरु खुशी हुन सक्छन् र जसकोे प्रभाव तपाईको यौन जीवनमा समेत देखिन जान्छ ।

चुम्बन, अंकमाल र मायालु स्वभावले जताउनुहेस् आफ्नो माया, 

याद गर्नुहोस् महिलाका निम्ति यौन क्रियाकलाप शारीरिक निकटता मात्र नभई भावनात्मक निकटता समेत हो । उनीहरु भावनात्मक रुपमा प्रगाढ भएमा मात्रै शारीरिक सम्बन्धका लागि राजी हुने गर्छन् । यस्तै यौन गतिविधिको संलग्नतालाई उनीहरु प्रेम अभिव्यक्तिको माध्यम सम्झन्छन् । त्यसैले उनीहरुलाई दैनिक रुपमा अंकमाल, चुम्बन गर्दै उनीहरुसंग मायालु व्यवहारमा प्रस्तुत हुनुपर्दछ । यसबाट उनीहरु पनि प्रभावित भई सजिलै यौनका लागि राजी हुन्छन् ।

उनको निम्ति लेख्नुहोस् ‘लभ–नोट’,

श्रीमतीलाई खुसी पार्नको निम्ति आफू कवि नै हुनुपर्छ भन्ने हुदैन । उनीहरुलाई सम्बोधन एवम् सम्मान गर्ने केहि शब्द नै उनीहरुलाई पर्याप्त हुन्छ । तसर्थ उनका लागि आफूमा आएका केहि भावहरु सानो कागजमा लेखेर मात्रै पनि उनीहरुलाई दिने गर्नुपर्छ । यसले तपाईको यौनजीवन रंगीन गराउन थप मद्दत पु¥याउँछ ।

उनीसँगै जानुहोस् ‘कफि–डेट’,

उनलाई आफूसँग कहिलेकाहिँ ‘कफि–डेट’का  लागि आफ्ना गतिविधि कसरी चल्दैछ र तपाई उनीबाट टाढा हुँदाको समयमा के गर्नुहुन्छ भनि बताउने गर्नुहोस् । यस्तै, यदि तपाईको आफ्ना बच्चा पनि छन् भने उनीहरुको निम्ति पनि १-२ घण्टाको समय दिएको तपाईकी श्रीमतीले औधी रुचाउँछन् ।

उनको सुन्दरताको बारेमा उनलाई बताउनुहोस्,

अधिकांश महिलाले सोध्ने प्रश्न भनेको ‘म कस्तो देखिएकी छु’ भन्ने हो । महिलाहरु आफु जस्तो भएपनि आफ्न श्रीमानबाट आफ्नो सुन्दरताको प्रशंसा सुन्न चाहान्छन् । यदि तपाई यौनका लागि उनलाई तयार पार्न चाहानुहुन्छ भने यो तपाईको निम्ति सजिलो उपाय पनि हुन सक्छ । उनको सुन्दरताको बारेमा वर्णन गर्दै यौन गतिविधिमा संलग्न हुनाले यसले तपाईसँगै उनलाई पनि आनन्दमय महशुस गराउँछ ।

उनको मुडको ख्याल राख्नुहोस्,

महिलाहरु आफ्ना पार्टनरले आफूलाई सुरक्षाको प्रत्याभुति दिलाएको रुचाउँछन् । यस्तै, उनीहरु स–साना कुरामा पनि तनाव लिने भएकाले उनीहरुको मुड कस्तो छ त्यस कुरामा पनि ध्यान दिनुपर्दछ । उनको मुड रोमान्टिक भएको समयमा मात्रै उनीसंगसँग यौनको प्रसताव राख्नुपर्दछ । अन्यथा यसले नकरात्मक असर पु¥याउन सक्छ ।

उनलाई गिफ्ट गर्नुहोस्,

महिलाहरु आफ्ना श्रीमान् फजुल खर्च नगरोस् भन्ने चाहानाका भएता पनि उनीहरुले केहि विशेष दिनमा आफूलाई केहि उपहार दियोस् भन्ने चाहान्छन् । त्यसैले, उनको जन्मदिन वा तपाईहरुको वैवाहिक जीवनको वर्षगाँठमा उनीहरुलाई उपहार दिएमा उनीहरु प्रफुल्ल भई सम्बन्धका लागि सजिलै राजी हुने सम्भावना उच्च रहन्छ ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ