२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यसुखी यौन जीवनका लागि डा. कोइरालाको एसएमएस थ्योरी

सुखी यौन जीवनका लागि डा. कोइरालाको एसएमएस थ्योरी


एसएमएस अर्थात् सर्भिस, माइन्ड र सेक्स । यो जीवन सुखमय बनाउने फर्मुला हो । संसारभर विभिन्न खालका धर्म एवं विश्वासहरू छन् । कुनै धर्म र संस्कृतिले यौनलाई मात्र प्राथमिकतामा राखेका छन् भने कुनैले माइन्डलाई । पश्चिममा संस्कृति बढी सेक्स ओरेन्टेड तथा व्यक्तिवादी छ । पूर्वीय समाजमा बढी मस्तिष्कलाई फोकस गरिएको छ तर यौनलाई द्वितीय साधनका रूपमा राखिएको छ । जसमा सन्तान उत्पादनलाई बढी जोड दिइएको छ, महिलामाथि पुरुष हाबी हुँदै आएका छन् ।

स्त्री र पुरुषबीचको सुख, आनन्द भनेको कम्प्रोमाइज हो र त्यही प्रेम हो । सुखी जीवनका लागि तीन चिज चाहिन्छ भन्ने निचोडमा हामी पुग्दैछौं, त्यो हो– एसएमएस अर्थात् सर्भिस, माइन्ड र सेक्स । सर्भिस (गरेको कामप्रतिको इच्छा), माइन्ड (हाम्रो धर्म संस्कारले भन्ने मेडिटेनस) र सेक्स (यौन जीवन) । पूर्वीय संस्कारमा यौनलाई त्यति महत्व दिइएन, त्यही कारणले पहिले दुईवटा, चारवटा स्वास्नी राख्ने चलन थियो, अहिले पनि आफ्टर म्यारिटल अफेयर्स, बलात्कारजस्ता समस्या देखिने गरेका छन् ।

एसएमस थ्योरीमा रहेका तीनवटै कुरालाई बराबर रूपमा हेर्नुपर्ने हो । यौनको चरम आनन्द प्रेम भएको यौनसम्पर्कबाट मात्र प्राप्त हुन्छ । प्रेमको एक्सिम लेभल म्यारिड लाईफ सेक्स हो । सेक्समा उदार पश्चिमा समाज भने सर्भिस र माइन्डमा फोकस भएन । कुनै व्यक्तिको जीवनको ब्यालेन्सचाहिँ म्यारिड लाईफ हो । माइन्ड र सर्भिसमा कम फोकस भएका कारण पश्चिमा समाजमा छिटोछिटो विवाह सम्बन्ध टुक्रिने समस्या छ ।

एउटा कुनै व्यक्ति गृहस्थीमा बस्छ भने उसमा सबै कुरा हुन्छ । उसले श्रीमती, छोराछोरी, नातिनातिनीको एक पारिवारिक चक्र पूरा गर्नुपर्छ । एसएमएस थ्यौरीले अगाडि ल्याएर भन्न खोजेको कुरा पूर्वीय समाजमा सेक्सको भाग कमजोर भयो भन्ने हो । सेक्सको पार्ट कमजोर भएकैले वितृष्णा सिर्जना हुन्छ, इरिटेसन पैदा हुन्छ । घरव्यवहार र वातावरणले पनि यो कुरामा फोकस हुन दिइरहेको छैन । किनभने हामी सानो घरमा बसेका हुन्छौं, त्यसमा ज्वाइन्ट फ्यामिली हुन्छ, एक्लै भएपछि बालबच्चा हुन्छन् । त्यहाँ वाइल्ड र खुला सेक्सको वातावरण बन्दैन ।

त्यसकारण टुरिज्म आवश्यक छ । मानिस किन घुम्छ ? यो चिज प्राप्त गर्नका लागि मानिस घुम्छ । हनिमुन जानुको कारण के हो ? वाइल्ड वयमा उसले आफ्नो परिकल्पनामा आएको सबै चिज राम्रो र स्वतन्त्र वातावरणमा भोग गर्न । त्यसो भए के हनिमुन एकपटक मात्र गए पुग्छ ? पटक्कै होइन । पोस्ट हनिमुन हरेक वर्ष जान सकिन्छ । त्यसो नगरेर हामी पैसा कमाउने, छोराछोरी पढाउने भन्दै आफ्नो जीवन आनन्दको हत्या गरिदिन्छौं ।

सुमधुर यौन जीवन अहिलेको व्यस्त जीवनशैलीमा स्ट्रेस रिलिफका लागि पनि अति आवश्यक छ । त्यसका लागि सबैभन्दा बेस्ट अप्सन भनेको इन्टरनल टुरिज्म पनि हो, विदेश नै जानुपर्छ भन्ने छैन, नेपालमा पनि घुम्ने ठाउँहरू छन्, तर, स्लाईटल्ली आउटिङ गर्ने । मानिसहरू हनिमुनका लागि भाषा नै नबुझिने मुलुकलाई बढी रोज्छन् ? आखिर किन त ? त्यो मनपरी बोल्नका लागि । बोलाईमा पनि सेक्स हुन्छ, आफ्नै भाषा बोल्ने ठाउँमा अप्ठ्यारो हुन्छ । मनपरी बोल्नका लागि अब्स्ट्याक्ल हुने भएकाले मानिसहरूले त्यस्ता ठाउँहरू रोज्छन् । मानिसहरू टाढा किन जान्छन् भने उनीहरू वाइल्डल्ली एक–अर्कालाई एक्स्पोलर गर्न चाहन्छन् । त्यो एक्स्पोलर पटक–पटक गरिरहनुपर्छ, जीवनमा एक पटक मात्र होइन । एक–डेढ वर्षमा यो प्रक्रिया रिन्यु गरिरहनुपर्छ ।

माइन्ड र सर्भिस फ्याक्टर

दोस्रो कुरा हो– माइन्ड । आफैंले पनि केही गर्नुपर्छ । डेटुडे लाईफमा पनि काइन्ड अफ मेडिटेसन चाहिन्छ । काम गरिरहेका बेला पनि त्यो गर्न सकिन्छ । आँखा चिम्लिएर केही पनि नसोची १५–२० मिनेट मौन बस्ने अभ्यास पनि सेक्स जतिकै महत्वपूर्ण चिज हो । त्यो पार्टलाई हामी रिलिजनसँग जोडेर ध्यान गर्‍यो भन्छौं, तर यो विज्ञान हो ।

तेस्रो कुरा मानिसले गर्ने सबै सर्भिस वा काम मन परेर गरेको हुँदैन । जस्तै : चिकित्सक मन नपरेरै पनि भएको हुन सक्छ । यदि कसैको अन्तरआत्माले गर्ने खोजेको काम र पेसा एउटै भयो भने त्यो मानिस एकदमै भाग्यमानी हो । त्यसैमा खान पुगेको छ, त्यसैमा जीविकोपार्जन गर्न पुगेको छ, त्यसैले प्रतिष्ठा र खुसी पनि दिइरहेको छ भने त्यो मानिस आफ्नो कामलाई भारी फिल गर्दैन । यद्यपि सबै त्यति भाग्यमानी हुँदैनन् । आफूले गरिरहेको कामले सन्तुष्टि दिएको छैन, खुसी पनि हुनुहुन्न भने त्यसमा अडिरहनु जीवनको सबैभन्दा ठूलो भूल हो ।

त्यसकारण यो तीनवटा चिजलाई समायोजन गरेर लान सकियो भने मात्र स्वस्थ शरीर र आनन्दित मन प्राप्त हुन्छ । खुसीको जड नै यही हो ।

कस्तो हुन्छ वाइल्ड सेक्स

यौनसम्पर्कका क्रममा मनमा आएको शैली अपनाएर गरिने यौनसम्पर्कलाई वाइल्ड सेक्स भनिन्छ । कुनै पनि पुरुष वा महिलालाई फरक–फरक तरिकाले यौनसम्पर्क गर्न मन लाग्छ, त्यो मन लागेको तरिका चिन्तारहित वातावरणमा अवलम्बन गर्दा वाइल्ड सेक्स हुन्छ । कसैले देख्दैन, कसैले थाहा पाउँदैन कसैले केही गर्दैन भन्ने अवस्थाको पूर्ण प्रत्याभूति भएपछि मात्र वाइल्ड सेक्सको अवस्था सिर्जना हुन्छ । जहाँ धक फुकाएर सेक्स हुन्छ । जसका लागि पुरुष मात्र अग्रसर हुने होइन, महिलाहरूले पनि साथ दिनुपर्छ ।

वाइल्ड सेक्सका लागि वातावरण शान्त हुनुपर्छ, सामाजिक वातावरणबाट अलि टाढा हुनुपर्छ, आपसी सल्लाह हुनुपर्छ, सकेसम्म कोठाको वातावरण रोमान्टिक हुनुपर्छ । हुन त हाम्रो समाजमा त्यस्तो अवस्था सिर्जना हुन धेरै कुराले रोक्छ । जस्तो घरको कोठामा अर्को कोठाकोले थाहा पाउला, छोराछोरीले थाहा पाउलान् आदिको चिन्ता हुन्छ । त्यस्तो बेला वाइल्ड सेक्सको सम्भावना हुँदैन, त्यहाँ स्वतन्त्र सेक्स असम्भव छ । पश्चिमाहरूले सेक्सलाई नै प्राथमिकता दिएका छन् तर हाम्रो समाजमा त्यसमा माया पनि मिसिएको छ । त्यही भएर पश्चिमाहरू राति सुत्दा जति सानो भए पनि सन्तानहरूलाई फरक कोठामा सुताउँछन्, तर हामीकहाँ सँगै सुताउने चलन छ । यो एक किसिमले पारिवारिक सम्बन्धको नमुना पनि हो । यसो भन्दैमा हामीले आफ्ना सन्तानलाई फरक कोठामा सुताउन सक्छौं, तर सधैं त्यस्तै गर्ने भन्ने होइन । सम्बन्धलाई यादगार बनाउन महिना वा वर्ष दिनमा एकपटक यस्तो यौन क्रियाकलाप आवश्यक हुन्छ ।

नेपालीहरूको यौन मनोविज्ञानलाई पोर्नोग्राफी र भिडियो सेक्सले वाइल्ड सेक्सले प्रभावित तुल्याएको छ । जति पनि भिडियोमा देखिएका क्लिप छन् नेपाली लोग्नेमान्छेहरूको दिमागमा स्टोर भैसकेका छन् । उनीहरू वास्तविक जीवनमा पनि त्यस्तै चाहना राख्छन् तर कति पागलपन देखाउने वा श्रीमतीसँग सुमधुर तरिकाले कसरी त्यसलाई प्राप्त गर्ने भन्ने आइडिया छैन । हाम्रो समाजले एउटा सरल र लजालु महिलालाई राम्रो मान्छ । भर्खरै विवाह भएको छ, पहिलो पटक नै वाइल्ड सेक्स गर्ने युवती छिन् भने त्यसलाई फरक दृष्टिकोणले हेर्छ । श्रीमती सुरुमै ओभर एक्ट भएको कुनै नेपाली पुरुषले मन पराउँदैन । लोग्नेमान्छे जति सक्दो पेल्न नै खोज्छ तर उसको सोचमा चाहिँ त्यही पोर्नो चलचित्रको छाप बसेको हुन्छ । विस्तारै श्रीमान्–श्रीमती खुल्दै जाने समय आउँछ । यदि त्यो समयमा समझदारी बनाउन सकियो भने आखिर २ जनाको कुरा मात्र हो । हामीले के विचार गर्नुपर्छ भने समाजमा श्रीमान्–श्रीमतीबीच वा प्रेमी र प्रेमिकाबीच मात्र वाइल्ड सेक्स सम्भव छ

सेक्स सुरु र अन्त्य नै यही हो भन्ने भावना पलाउने गरी हुनुपर्छ । यसको कुनै नियम हुँदैन । पूर्वीय दर्शनको कामसूत्रकै कुरा गर्ने हो भने पश्चिमको वाइल्ड सेक्स केही पनि होइन । त्यही भएर परापूर्वक कालदेखि नै सबै कुरा पूर्वीय दर्शनबाटै आएको हो र वाइल्ड सेक्सको कुरा पनि उनीहरूले यहींबाट सिकेका हुन् । उनीहरूले प्रयोग गर्दै गए हामीले संकुचित बनाउँदै गयौं । मन्दिरका टुँडालहरूले पनि त्यसलाई दर्साउँछन् । यदि त्यो लज्जाको विषय हुन्थ्यो भने किन सार्वजनिक मन्दिरमा टुँडाल बनाइए ?

दस थरी चहार्दै जाने भनेको एडिक्सन हो । किन जान्छन् त ? त्यसका विभिन्न कारण हुन सक्छन् । त्यसमध्ये हाम्रो समाजको प्रमुख कारणमध्ये एक–प्रेमी/प्रेमिका र श्रीमान्/श्रीमतीबीच वाइल्ड सेक्स नहुनु पनि हो । यहाँ सेक्सलाई बत्ती निभाएपछिको अँध्यारोमा गर्ने चिजका रूपमा मात्र बुझिएको छ । एकदमै कल्चरल्ली लुकेर, राति गर्ने चिज मात्र मानिएपछि इमेज अर्कातर्फ डेभलप हुन्छ । उसले श्रीमतीसँग सहवास गरिहेका बेला पनि परस्त्रीको परिकल्पना गर्न थाल्छ । कोही आफ्नो असन्तुष्टि बिसाउन पोर्नेग्राफीको सहायता लिन्छन्, जसले मानसिक रोगी बनाउँछ ।

अहिलेका मानिसहरू मानसिक तथा शारीरिक रूपमा अस्वस्थ हुनुको कारण यौनलाई मेडिकल्ली फोकस नगर्नु पनि हो । यौनसम्पर्क र वाइल्ड सेक्सलाई अर्थोडक्स बनाएर हौवा रूपमा ल्याइयो । सेक्सका बारेमा बोल्न पनि नहुने, बोलेपछि उपद्रो र छाडा मात्र बोल्ने अर्थात् सेक्सभित्रको साइन्स नै थाहा छैन । सेक्सले ब्लड प्रेसर नियन्त्रण तथा टेन्सन रिलिज गर्छ, एक्ससाइज गराउँछ तर त्यो सेक्समा प्रेम हुनुपर्छ । प्रेमबिनाको सेक्स सेक्स नै होइन, एकआपसमा प्रेम भएपछि मात्र तरंग र ग्रन्थिहरूबाट  स्ट्रेस रिलिज हर्मोनहरू निस्कन्छन् ।

आनन्दको जुन केमिकल दिमागमा आउनुपर्छ, त्यो डर भएको र लुकेर कोठीमा गएर गरिएका सेक्समा आउँदैन्, किनभने त्यसका धेरै कारण छन्, एउटा अर्कोले थाहा पाउला भन्ने डर, दोस्रो पैसाको कुरा, रोग सर्ला भन्ने हुन्छ, फिलिङ हुँदैन, आत्मग्लानि अर्को कारण हो । कोठीमा गएर गरिने सेक्सले रिलिफ गर्दैन, त्यस्तो सेक्सले थप स्ट्रेसमा वृद्धि गर्छ । गर्‍हुँगो चिजले कहिल्यै आनन्द दिदैन् । आनन्द त्यो बेला आउँछ, जब ग्लानि हुँदैन, ग्लानि त्यो बेला हुँदैन जब त्यहाँ प्रशस्त प्रेम हुन्छ । त्यसमा झुटो आश्वसान र झुटो कुनै पनि तत्वको अस्तित्व हुँदैन । प्रेमघुलित वाइल्ड सेक्स, दुई जनाको नजरमा दुवै जना नगिर्ने सेक्स नै वास्तविक सेक्स हो । त्यो सेक्स सामान्यतया: प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीबीच हुन्छ, कसैको मल्टिपल होला त्यो बेग्लै कुरा हो ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ