२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यकुन रङको योनीश्रावले के संकेत गर्छ?

कुन रङको योनीश्रावले के संकेत गर्छ?


योनीश्राव भन्नाले योनीबाट तरल पदार्थ श्राव हुनु वा बग्नु भन्ने बुझिन्छ । चिकित्सा क्षेत्रमा ‘भेजाइनल डिस्चार्ज सिन्ड्रोम’ भनिने योनीश्रावलाई महिलामा हुने सामान्य एवम् साझा अवस्थाको रुपमा लिइन्छ । तर, कतिपय अवस्थामा यसले महिलामा संक्रमणको जोखिम बढाउने गर्छ ।

असामान्य गन्ध, पहेँलो तथा हरियो स्थिरता भएको श्रावलाई भने असामान्य श्राव मानिन्छ । ‘ब्याक्टेरियल इन्फेक्शन’ प्रायजसोः मुख्य श्रावको कारक तत्व हो । यदि तपाईमा गन्धपुर्ण श्राव हुन थालेको छ भने तपाईले तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ ।

योनीश्रावका प्रकार

योनीश्रावका पनि थुप्रै प्रकारहर रहेका छन् । यस्ता प्रकार योनीबाट श्राव हुने तरल पदार्थको रङको माध्यमबाट पनि छुट्याउन सकिन्छ । तीमध्ये केहि श्रावलाई सामान्य मानिन्छ भने केहि संक्रमण तथा यौनरोगका संकेत पनि हुन्छन् । जुन निम्न अनुसार रहेका छन्ः

सेतो :- सेतो श्राव विशेषगरी महिनावारी चक्रको शुरु वा अन्त्यतिर देखा पर्दछ । यसलाई सामान्य अवस्था मानिन्छ । तर, सेतो–बाक्लो, चिलाउने तथा चीजजस्तो ढिक्का रुपमा देखिने श्राव भने यौन संक्रमणको संकेत हो ।

सफा तथा पानी जस्तो :- सफा एवम् पानीदार रुपमा हुने श्राव एकदमै सामान्य अवस्था हो । यो मासिक रुपमा जुनसुकै बेला पनि हुनसक्छ । यो विशेष रुपमा शारीरिक व्यायामपछि हुने गर्दछ ।

सफा तथा लचिलो :-  जब योनीबाट बग्ने श्राव सफा हुदाहुदै पनि पानीदार हुनुको साटो लचिलो हुन्छ। यसले तपाईको ओभुलेशन(गर्भाधारण) तर्फ संकेत गर्दछ । यसर्थ ओभुलेशनको समयमा देखिने यो सामान्य श्राव हो ।

खैरो तथा रक्तरंजित :- ब्राउन(खैरो) वा रक्तरंजित श्राव सामान्य हो । विशेषगरीः यो महिनावारी चक्रको क्रममा देखिन्छ । यस किसिमको श्राव महिनावारीको अन्त्यतिर रगताम्य देखिनुको साटो खैरो रुपमा देखिन्छ । यसप्रकारको श्रावमा केहि रगतका छिटाहरु पनि देखिन्छन् । जसलाई स्पोटिङ पनि भनिन्छ ।

स्पोटिङ महिलामा सामान्यतया :- महिनावारीको समय वा कुनै पनि नियोजनका साधन प्रयोग नगरी गरिएको सम्भोग पश्चात् देखिन्छ । यस्तै गर्भावस्थामा देखिएको स्पोटिङ भने गर्भपतनको संकेत हो । तसर्थ यस्तो अवस्थामा भने सम्बन्धित स्त्री तथा यौन विशेषज्ञसंग सल्लाह लिनुपर्दछ । कमै मात्रामा देखिने ब्राउन एण्ड ब्लडि(खैरो र रक्तरंजित) श्राव पाठेघर क्यान्सरको लक्षण पनि हो । यस्तै यो फाइब्रोइड्स(गर्भाशयमा हुने असामान्य वृद्धि) हुदा पनि देखिने गर्छ । जसकारण पनि महिलाले प्रत्येक वर्ष आफ्नो यौन स्वास्थ्य जाँच गराउनु पर्छ ।

पहेलो तथा हरियो :- पहेँलो तथा हरियो श्राव बाक्लो एवम् बाफजस्तो र गन्धपूर्ण हुने अवस्था सामान्य होइन । यो ट्राइकोमोलाइसिसको लक्षण हो । यो विशेषतः महिलामा सम्भोगको क्रममा सर्छ ।

– एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ