२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यसम्भोग पछि पिसाब गर्नु किन आवश्यक ?

सम्भोग पछि पिसाब गर्नु किन आवश्यक ?


के तपाईलाई थाहाँ छ, सम्भोगपछि पिसाब गर्नुपर्छ भन्ने? यदि थाहा छैन भने जानी राखौ सम्भोगपछि पिसाब गर्नु स्वास्थ्यको दृष्टिकोणले उचित मानिन्छ । जसले तपाईलाई निकै फाइदा समेत पु¥याउँछ । उसोभए के सम्भोगपछि पिसाब गर्नु अनिवार्य नै हो त? सम्भोगपछि पिसाब गर्नु नराम्रो कुरा होइन । यसले तपाईलाई धेरै लाभ भने अवश्य प्रदान गर्दछ । तर, यो अनिवार्य नै छ भन्ने चाहिँ होइन ।

के हो त यसका फाइदाहरु ? आउनुहोस् यसबारे केहि जानकारी प्राप्त गरौं । 

पिसाब संक्रमणको रोकथाम

विज्ञहरुले जनाए अनुसार सम्भोगको करिब ३० मिनेटभित्र व्यक्तिले पिसाब गरेमा यसबाट व्यक्तिले स्वास्थ्यमा लाभ प्राप्त गर्न सक्छन् । सम्भोगका क्रममा योनीमार्ग हुदै आएको केहि ब्याक्टेरियाको मात्रा तपाईको पिसाब नलीमा पनि गएर अड्किन्छ । र, त्यो मुत्रमार्ग हुदै मुत्राशयमा पनि प्रवेश गर्छ । जसबाट व्यक्तिमा पिसाब इन्फेशनको सम्भावना रहन्छ । तर, पिसाब गरेको खण्डमा यसले तपार्यको मुत्रनलीमा भएको ब्याक्टेरियालाई फ्लस गर्न मद्दत गर्दछ ।

यस विषयमा बोल्दै युरोगाइनेकोलोजिस्ट तथा वेल कर्नेन मेडिसिन एण्ड न्युयोर्क प्रिस्बिटेरियनका सहायक प्रोफेसर डा. तानाका ड्युन भन्छन्, ‘यसले पिसाब इन्फेक्शनको पुर्ण रोकथाम गर्छ भन्ने कुनै प्रमाण हालसम्म रहेको छैन । यद्यपि यो पिसाब इन्फेक्शनको समस्याबाट बच्न सकिने एक उपाय चाहिँ पक्कै हो ।’

गर्भधारणको रोकथाम

केहि अध्ययनले सम्भोगपछि गरिएको पिसाबले महिलाको योनिमा रहेको वीर्यलाई समेत पखाल्ने भएकोले यसले महिला गर्भवति हुने सम्भावनालाई केहि हदसम्म भएपनि घटाउँछ भन्ने तथ्य सार्वजनिक गरेको छ । सम्भोगपछि पिसाब गर्नु शतप्रतिशत गर्भधारणबाट छुटकारा पाउने उपाय नभएता पनि यसले केहि हदसम्म उक्त सम्भावनालाई कम गराउने भएकोले यसलाई गर्भधारण रोक्न अपनाईने प्राकृतिक उपाय पनि मानिन्छ ।

यौन प्रसारित रोगको रोकथाम

सम्भोगपछि पिसाब गर्नाले हुने अर्काे फाइदा भनेको यौन प्रसारित रोगबाट बचाउनु पनि हो । असुरक्षित यौनसम्बन्ध कायम पछि व्यक्तिमा लागेको यौन संक्रमण अथवा यौनरोग एकबाट अर्काेमा सर्ने भएकोले यसको जोखिम कम गराउनको लागि भएपनि सम्भोगपछि पिसाब गर्नु आवश्यक छ । जसले यौनांगमा प्रवेश गरेको ब्याक्टेरियालाई पखाल्न मद्दत गर्दछ ।

यद्यपि यो यौन प्रसारित रोगबाट बच्ने शतप्रतिशत उपाय नभएकाले विज्ञहरुले एकसंग मात्रै सुरक्षित यौनसम्बन्ध कायम राख्न वा अनिवार्य रुपमा कन्डमको प्रयोग सल्लाह दिंदै आएका छन् ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ