२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन जीवनमा मानसिक रोगको प्रभाव

यौन जीवनमा मानसिक रोगको प्रभाव


आत्मीयताले व्यक्तिबीचको एक घनिष्ठ सम्बन्धतर्फ अंकित गर्दछ । सोहि आत्मीय सम्बन्ध हुनेसँग नै व्यक्तिहरु आफ्ना यौन भावना एक-आपसमा साट्न रुचाउँछन् । यस अर्थमा भन्ने हो भने यौन पार्टनर तथा एक जोडीबीच भावनात्मक सम्बन्ध कायम रहेको हुन्छ । यौनले व्यक्तिबीचको आत्मीय सम्बन्धमा रौनक ल्याउने काम गर्दछ । तर,  यौनबाट सन्तुष्ट प्राप्त गर्न सक्ने अनुभव भने सामान्यतयाः स्वस्थ शरीर र दिमागमा निर्भर रहन्छ भन्ने विभिन्न अध्ययनहरुले यसअघि नै पुष्टि गरिसकेको छ । यसर्थ व्यक्तिको मानसिक पक्षले पनि उसको यौन जीवनमा असर पार्दछ ।

मानसिक स्वास्थ्य र आत्मीयताको विन्दु मानिने यौनबीच धेरै सम्बन्धहरु रहने र तिनले आवश्यक परेको खण्डमा सोचेभन्दा धेरै सकरात्मक एवम् नकरात्मक दुवै प्रकारका प्रभाव पार्न सक्ने विज्ञहरु बताउँछन् । यस्तै, विभिन्न अध्ययनहरुले देखाए अनुसार धेरै मानसिक रोगहरुले स्वस्थ यौन जीवनमा बाधा पु¥याउछ । जस्तोः मानसिक समस्यामध्ये डिप्रेशन अधिकांश व्यक्तिमा देखिने एक साझा समस्या हो । यसले व्यक्तिमा मानसिक विकार निम्त्याई खुसी रहन सक्ने क्षमतालाई कम गर्दछ । जसले प्रत्यक्ष रुपमा व्यक्तिको यौन जीवनमा असर पार्दछ ।

यस्तै, डिप्रेशनका बिरामीले प्रयोग गर्ने औषधिले व्यक्तिको यौनप्रतिको रुचिलाई घटाउँन मद्दत गर्दछ ।  यहाँसम्म कि यसले व्यक्तिमा यौन विकारको रुपमा यौन उत्तेजनालाई समेत गडबढ गर्दछ । यसबाहेक चिन्ता तथा खान मन नलाग्नेजस्ता अन्य मानसिक समस्याले पनि यौन जीवनलाई असर पार्दछ । यस्ता समस्याले व्यक्तिमा सामान्यताः आत्मविश्वासमा कमी ल्याउने, थकान  तथा चिडचिडाहट ल्याउनेजस्ता समस्या निम्त्याउने अध्ययनहरुले जनाएको छ ।

यसैगरी मानसिक समस्याबाट शिकार भएका व्यक्तिमा हत्तपत्त यौनप्रति रुचि नहुने भएपनि यौनक्रिडामा जबरजस्ती गर्न रुचाउने, आफ्ना पार्टनरको इच्छाको कदर नगर्ने र अधिकांश समय एक्लै हस्तमैथुन गर्न रुचाउँने प्रवृत्तिका हुन्छन् ।  र, यस्ता लक्षणले व्यक्तिको यौनजीवनमा असर पु¥याउँदै दुई पार्टनर वा जोडीबीचको सम्बन्धलाई समेत असर पार्ने हुँदा यस्ता समस्याको हल चाँडो भन्दा चाँडो निराकारण गर्नुपर्नेमा विज्ञहरु जोड दिएका छन् ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ