२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यपोर्न हेर्ने बानीले पैदा गर्ने भ्रम

पोर्न हेर्ने बानीले पैदा गर्ने भ्रम


पछिल्लो पुस्ताका युवायुवती कहिल्यै अन्त्य नहुने पोर्नोग्राफी अर्थात् ब्लु फिल्मको काल्पनिक संसारमा रम्न मन पराउँछन् । यसरी काल्पनिक दुनियाँमा नै हराउन प्रेरित गराउने पोर्नाेग्राफि (ब्लु फिल्म)को व्यापकता यति बढेको छ कि यो अधिकांश महिला पुरुषका लागि यौन शिक्षक साबित बनेको छ ।

तर, काल्पनिक दुनियाँ र यथार्थमा फरक हुने भएकाले यसले व्यक्तिको वास्तविक यौन जीवनमा निकै असर पारेको विभिन्न अध्ययनले देखाउँछ । आज हामी यहाँ अत्याधिक पोनोग्राफि अर्थात ब्लु फिल्म हेर्ने बानीले सिर्जना गर्ने भ्रमका बारेमा चर्चा गरिएकाे छ ।

हरेक मानिस सधैं सेक्सका लागि तयार हुन्छन् भन्ने भ्रम

पोर्नमा चित्रण गरिए जस्तै प्रत्येक व्यक्ति सदैव सेक्सका लागि तयार हुन्छन् भन्ने सोच्छन् । जुन विल्कुल गलत छ । हामीले यो जान्नु आवश्यक छ कि, पोर्न भनेको हाम्रो मस्तिष्कसँग खेलेर यौन मनोरञ्जन दिने माध्यम मात्रै हो । यद्यपि यो वास्तविक भने होइन । तसर्थ यस्तो सोचले व्यक्तिको यौन जीवन र सम्बन्धमा उथलपुथल ल्याउने सम्भावना प्रबल रहन्छ ।

सबैको यौनांगको आकार एकैनासको हुन्छ भन्ने भ्रम

पोर्न अर्थात ब्लु फिल्म हेर्ने बानी परेकाहरुले सबै व्यक्तिको यौनांगको आकार एउटै हुन्छ भन्ने भ्रम राख्छन् । ब्लु फिल्ममा देखिने पात्रहरु छनोट गरी आकर्षक देखिने गरी प्रस्तुत हुने हँुदा त्यसले आकर्षित गर्न सक्छ । तर, वास्तविक रुपमा भने त्यस्तो हँुदैन । त्यसैले हरेक व्यक्ति यौनांगको आकार एउटै हुँदैन ।

लामो समय यौनक्रिडामा लिप्त हुन खोज्नु

पोर्नमा देखाइने व्यक्तिहरु लामो समयसम्म यौनक्रिडामा लिप्त हुन्छन् । तर, म किन सक्दिन ? यो प्रश्न ब्लु फिल्म हेर्ने अधिकांश व्यक्तिको मनमा उब्जिन सक्छ । अझ विशेषगरी ५० वर्षभन्दा माथि नाघेका व्यक्ति लामो समयसम्म यौन क्रियाकलापमा संलग्न हुन नसक्ने हुदा उनीहरुले उक्त काल्पनिक दुनियाँ र आफ्नो वास्तविक जीवनसंग तुलना गर्छन्, जसले उनीहरुमा आत्मग्लानी उत्पन्न गराउँछ ।

सबै महिला एकैनासका हुन्छन् भन्ने सोच्नु

पोनोग्राफिका महिलाहरु जुनैसुकै स्थानमा पनि खुल्ला रुपमा प्रस्तुत हुन्छन् । उनीहरुको लक्ष्य मनोरञ्जन प्रदान गर्ने मात्रै हो । जसकारण बिना कुनै संकोच उनीहरु आफ्ना अंग प्रदर्शन गरिरहेको अवस्थामा देखिन्छन् । तर, मनोरञ्जनात्मकको त्यो क्षेत्रभन्दा वास्तविक जीवन निकै नै संकुचित हुन्छ । जसकारण कुलमध्ये जम्मा २ प्रतिशत महिलाहरु मात्रै प्रदर्शनकारी हुन्छन् । तर, सबै महिलालाई एकै सोच्ने गल्ती गर्नुहुदैन ।

सुरक्षित साधनको प्रयोग गर्नुपर्दैन भन्ने भ्रम

अत्याधिक पोर्नोग्राफि संसारमा डुब्ने मान्छेको मस्तिष्कमा पर्ने विभिन्न प्रभावमध्ये यो पनि एक हो । त्यहाँ कसैले कसैको प्रवाह गरेको देखाइदैन । साथै, कुनै सुरक्षित साधनको प्रयोग गरिएको देखाइदैन । जसको विल्कुल प्रभाव वास्तविक जीवनमा पर्न गएमा थुप्रै समस्या निम्त्याउने सम्भावना रहन्छ । त्यहाँ देखाइने गतिविधिको नक्कल गर्न खोज्दा व्यक्तिको आपसी सम्बन्धमा नै समस्या आइपर्ने सम्भावना उच्च रहन्छ ।

एजेन्सीकाे सहयाेगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ