२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यस्तन क्यान्सरको जोखिमलाई यसरी कम गरौं

स्तन क्यान्सरको जोखिमलाई यसरी कम गरौं


स्तन क्यान्सर महिलामा देखिने विभिन्न रोगमध्ये एक हो । महिलाको मृत्युको विविध कारणमध्ये यो पनि एक प्रमुख कारण हो । क्यान्सर यस्तो रोग हो जसले शरीरमा कोषिका परिवर्तन गराउँदै त्यसलाई त्यो नियन्त्रणभन्दा बाहिर जान बाध्य तुल्याउँछ । क्यान्सरले कोषिकामा गाँठा बनाउँछ । जसलाई ट्युमर पनि भनिन्छ।

स्तन क्यान्सर प्रायजसोः स्तनको टिस्युमा उत्पन्न हुन्छ । स्तनको दूधमार्ग अथवा दूध प्रदान गर्ने नलीको आन्तरिक अस्तरबाट अन्य टिस्युमा फैलने सम्भावना रहन्छ।

यसका कारणहरुः

वैज्ञानिकहरुले हालसम्म स्तन क्यान्सरका मुख्य कारण पत्ता लगाउन सकेका छैनन् । यद्यपि कस्ता पक्षले यसको जोखिमलाई बढाउँछ भन्नेबारे आवश्यक छलफल तथा निस्कर्ष निकालेको देखिन्छ । जसमध्ये केहि यस्ता पक्षहरु पनि छन् जसको जोखिमलाई परिवर्तन गर्न सक्दैनौ भने केहिलाई आफ्ना जीवनशैली, अल्कोहोल, वजन तथा उपभोगको माध्यमबाट कम गर्न सकिन्छ । जसमध्ये निम्न पक्षहरु रहेका छन्ः

  • उमेर(५५ देखि माथि)
  •  स्त्री–लिंग
  •  आणुवशिंक
  •  रेस वा जनजाति(गोरा महिलामा यसको सम्भावना उच्च रहन्छ ।
  • छिटो महिनावारीको शुरुवाती
  •  मोटोपन
  • अल्कोहोलको सेवन
  •  हार्माेनल थेरापी

यसका लक्षणहरुः

  • घाँटी अथवा काँधसंगैको भाग सुन्निनु, यो कसैमा पिडादायिक पनि हुनसक्छ भने कसैमा यसले पिडा दिदैन ।
  • स्तन आंशिक वा पूर्ण रुपमा सुन्निनु,
  • स्तनको छालामा परिवर्तन आई सुन्तलाको ब्रोकाको जस्तै रङ देखिनु,
  •  मासिक चक्रपछि पनि स्तन वा निप्पलको भाग दुख्न नछोड्नु,
  • निप्पल चित्र पस्नु,
  • निप्पल वा स्तनको छाला रातो हुनु,
  • स्तनको निप्पलबाट अलग खालको श्राव हुनु,

यसका रोकथाम तथा उपचारः

आफ्ना सतनमा केहि परिवर्तन वा समस्या देखिएमा जति छिटो कुनै पनि महिला उपचारका लागि चिकित्सककोमा पुग्छन् त्यति ने छिटो सो समस्याको निदान पनि हुने विज्ञहरु बताउँछन् । समयमै गरिएको उपचारले महिलामा रोगलाई पुर्ण रुपमा फैलिनबाट जोगाउँदै यसको जोखिमबाट पनि टाढा राख्दछ । यससंगै रेडियसन, स्तन शल्यक्रिया, केमोथेरापी, हार्माेन ब्लकिङ थेरापी तथा टारगेटेड ड्रग थेरापीजस्ता आदि माध्यमबाट यस रोगको निदान गर्न सकिन्छ ।

समय–समयमा आफैले गर्ने जाँच तथा चिकित्सकको परामर्शले पनि यस्तो समस्याबाट टाढा रहन मद्दत गर्दछ । यसका साथै अत्याधिक अल्कोहोलको सेवन, ताजा तथा स्वच्छ तरकारी तथा फलफूलको अधिक सेवन, पर्याप्त कसरत तथा उचित तौल कायम राख्ने बानीे यसको जोखिमलाई कम गर्न सकिन्छ ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ