२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यस्वस्थ यौन जीवनका लागि खान छोड्नुस यी कुरा

स्वस्थ यौन जीवनका लागि खान छोड्नुस यी कुरा


धेरै खाने कुरा यस्ता छन्, जसको हाम्रो यौन जीवनमा सकारात्मक प्रभाव पारिरहेका हुन्छन् । केही यस्ता खानेकुराहरु छन्, जसले यौन क्षमतामा वृद्धि गर्छन् । तर, केही यस्ता खानेकुराहरु पनि छन्, जसले यौन जीवनलाई असर पारिरहेका हुन्छन् । यौन शक्तिलाई प्रभाव प्रभावित गरिरहेका हुन्छन् ।

यौन जीवनलाई असर गर्ने खानेकुरामा पिज्जा सबैभन्दा अगाडि आउँछ । पिज्जामा हुने चीजले सेक्स हर्मोनको प्रोडक्सनमा असर गर्छ । यसले केवल फ्याट मात्रै बढाउँदैन्, महिला र पुरुषको सेक्स हर्मोनजस्तो एस्ट्रोजन, प्रोजेस्ट्रोन र टेस्टोस्टेरान्सलाई निकै प्रभावित गर्छ ।

माउथ फ्रेसनर, सेन्टरफ्रेस र मेन्टासजस्ता खानेकुराबाट पनि बच्नुपर्छ । शंका नै छैन्, कि यस्ता चीजले हाम्रो श्वास—प्रश्वासमा ताजगी ल्याउँछन् तर यस्ता खानेकुरामा रहेको मेन्थाल सेक्स ड्राइभलाई कम गर्छ ।

आफू चिप्स वा तारेका चिप्सहरु खानाले पनि सेक्स पावर मात्रै कम हुँदैन कि यस्ता खानेकुराले उत्तेजना पैदा गर्ने हर्मोन प्रोडक्समा पनि कमी आउँछ । जसले यौन जीवनलाई प्रभावित गर्दै गैरहेको हुन्छ ।

सोयाबीनलाई प्रोटिनको महत्वपूर्ण स्रोत मानिन्छ तर एक अनुसन्धानका अनुसार सोयाबीन खानाले पुरुषको सेक्स हर्मोन टेस्टोस्टेरानको उत्पादन कम हुन्छ । सोयाबीनमा हुने फोटोइस्ट्रोजेन सेक्स हर्मोन टेस्टोस्टेरान्नलाई प्रभाव पार्छ । जसका कारण पुरुषको प्रजनन प्रभावित हुन्छ ।

यो त सबैलाई थाहा नै छ अल्कोहल सेवन गर्नाले पनि स्वास्थ्यमा असर पर्छ । साथै, यसले सेक्स पावरका साथै यौन क्षमतालाई पनि प्रभावित गरिरहेको हुन्छ ।

विभिन्न अनुसन्धानका आधारमा तयार पारिएको यो सामाग्री हेल्थआवाज डटकमले भावानुवाद गरेको हो ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ