२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यभान्सामै औषधी : यी ५ खानेकुराले बढाउँछ यौनशक्ति

भान्सामै औषधी : यी ५ खानेकुराले बढाउँछ यौनशक्ति


व्यक्तिको खुशहाल जीवनमा यौनको विशेष महत्व राख्दछ । शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत उत्तिकै सहयोगी रहेको यौन कहिँलेकाहिँ भने व्यक्तिको समस्याको विषय पनि बनिदिन्छ । आलस्यता तथा थकानका कारण व्यक्तिको यौनशक्तिलाई पनि घटाउँछ । जसकारण  यौनजोडीबीच समस्या समेत उत्पन्न हुन पुग्छ । तसर्थ, यसका निम्ति के गर्ने त?

सामान्यतयाः हामी आफ्नै घरमा सजिलै उपलब्ध वस्तुको गुणको बारेमा अनभिज्ञ रहँदा त्यसबाट हुने विशेषताबाट हुने लाभबाट समेत पछि परिहेका हुन्छौ । यस्ता केहि फलहरु छन् जसले व्यक्तिको यौनशक्तिलाई वृद्धि गर्न मद्दत पु¥याउँछ । तर, यस्ता घरेलु उपायको प्रयोग गर्नुपूर्व व्यक्तिले आफ्नो स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै चिकित्सकको सल्लाह लिनु उचित रहन्छ । यसो गरेमा तल उल्लेखित फलहरुबाट व्यक्तिले आफ्नो यौन क्षमतालाई वृद्धि गर्न सक्छन्।

घ्युकुमारी जुस

अध्ययनले पत्ता लगाए अनुसार घ्युकुमारीको जुसले व्यक्तिको ‘टेस्टिोस्टेरोन हार्माेन’ मद्दत गर्छ । जसले व्यक्तिको यौन क्षमतालाई समेत वृद्धि गर्दछ । घ्युकुमारी जुसको सेवनले व्यक्ति यौनइच्छालाई समेत वृद्धि गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले यसलाई उपयोगी पनि मानिन्छ ।

करेलाको जुस 

करेलाको पात वा करेलाको जुसलाई यौन शक्ति बढाउन एकदमै उपयोगी मानिन्छ । यसले व्यक्तिमा हुने शिघ्रपतनको समस्यालाई कम गराउँछ ।

प्याजको सेवन

प्याज कामोत्पादक तत्व हो । यसले पुरुषको यौन शक्ति र स्ट्यामिनालाई द्रुत र प्राकृतिक रुपले सुधार गर्न उपायोगी बनाउँछ ।

बदाम

मिठोसँगै बहुउपयोगी फलमध्ये बदाम पनि एक हो । यसका विविध गुणमध्ये यौनशक्तिलाई बढावा गर्नु हो । देशी बदाम पनि भनिने यस फललाई यौन उत्तेजना बढाउने तत्वको रुपमा लामो समयदेखि प्रयोग गरिँदै आएको छ । यसले व्यक्तिको यौन क्षमतासँगै प्रजजन क्षमता वृद्धिमा समेत मद्दत पु¥याउँछ ।

स्ट्रोबेरी 

स्ट्रोबेरीलाई एन्टिअक्सिडेन्ट समृद्ध फल मानिन्छ । मुटु स्वास्थ्यको निम्ति समेत उत्तिकै उपयोगी रहेको यस फललाई महिला तथा पुरुषमा यौनक्रियाको लागि उचित संचार गर्ने तत्व मानिन्छ । यसका साथै यसले पुरुषमा उच्च शुक्राणुको संख्या वृद्धिमा समेत मद्दत पु¥याउँछ ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ