२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययी शारीरिक र मानसिक कारणले महिलामा निम्त्याउँछ यौन समस्या

यी शारीरिक र मानसिक कारणले महिलामा निम्त्याउँछ यौन समस्या


सामान्यतयाः तुलनात्मक रुपमा पुरुषलाई भन्दा महिलालाई यौन समस्याले बढि सताउने गर्छ । दाम्पत्य एवम् यौनजोडी बीच महत्वपूर्ण रहने यौनजीवनका कारण कुनै पनि महिलाले शारीरिक पिडाका साथै मानसिक पिडासम्म झेल्नुपर्ने स्थिति पैदा हुन् सक्छ । महिलामा देखिने यस्तो समस्याका कारण महिलासँगै उनका यौन पार्टनरमा पनि यसको प्रभाव स्वतः पर्न जान्छ । जसले उनीहरुबीच मन-मुटाव समेत उत्पन्न गराउँछ ।

महिलामा के–कस्ता कारणले देखिन्छ यौन समस्या ? 

मुख्यतयाः महिलामा देखिने यौन समस्याका विशेषगरी शारीरिक र मानसिक कारणहरु रहेका हुन्छन् । त्यस अन्र्तगत पनि कस्ता समस्याले यौन स्वास्थ्यमा पनि असर गर्छ भन्ने विशेष अर्थ राख्छ । महिलामा देखिने यौन समस्याको शारीरिक र मानसिक कारणहरु निम्न रहेका छन्ः

शारीरिक कारणहरुः

  • मासिक चक्र
  • प्रजनन
  • किड्नी समस्या
  • मुटुरोग
  • मधुमेह
  • नशासम्बन्धि समस्या
  • हार्माेनका असन्तुलन
  • दिर्घरोग
  • अल्कोहोल एवम् नशायुक्त औषधिको सेवन
  •  केहि औषधिको सेवन ।

    मानसिक कारणहरु 

  • डर, चिन्ता
  • तनाव
  • यौन प्रस्तुतीमा आवश्यकतभन्दा बढि केन्द्रित रहनाले
  •  डिप्रेशन
  • वैवाहिक एवम् प्रेम सम्बन्ध समसयाका कारण
  • आत्मग्लानी
    र, विगतका केहि यौनसंग जोडिएका केहि घटनाहरु ।

समाधानका उपायहरुः

महिलामा यौनसम्बन्धि समस्या देखा परेमा सर्वप्रथम त, के कारणले यस्ता समस्या देखाप¥यो? भन्ने कारणको पत्ता लगाउनुपर्छ । र, सोहि अनुसार समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ । यससँगै यसले आफ्नो सम्बन्धमा नकरात्मक असर नगरोस् भन्नका निम्ति महिलाले यसबारे खुलस्त रुपमा आफ्नो पार्टनरलाई बताउनु पर्छ भने, एक–आपसको साझेदारीमा सम्बन्धित चिकित्सकको परामर्श लिनु उचित रहन्छ ।

तर, शारीरिक समस्याका बारेमा आफ्ना पार्टनरलाई सजिलै बताउन सकेता पनि अधिकांश महिला मानसिक अवस्था र यसका कारणलाई आफ्नो पार्टनरसामु खोल्न चाहादैनन् । तसर्थ यसका लागि भने महिलाले स्वयम् आफै पनि गोप्य रुपमा सम्बन्धित चिकित्सकको सल्लाह लिन सक्छिन् ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ