२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यधुम्रपानको असर यौन जीवनमा पनि, समाधान के त ?

धुम्रपानको असर यौन जीवनमा पनि, समाधान के त ?


के तपाई धुम्रपान सेवन गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने यसको असर तपाईको शरीरको फोक्सोसँगै तपाईको पार्टनरसँगको सम्बन्धसम्म पुग्नु कुनै नौलो कुरा होइन । किनकी थुप्रै अध्ययनहरुले धुम्रपानको असर व्यक्तिको यौनजीवन समेत पर्छ भन्ने कुराको पुष्टि गरिसकेको छ ।

यो हामीमध्ये अधिकांशलाई थाहाँ भएको कुरा हो, धुम्रपान एक वैधानिक चेतावनी मात्र नभई यसले व्यक्तिको ज्यान समेत लिन सक्छ । फोक्सोबाट सुरु हुँदै मुटु र हाडजोर्नीका साथै यसले व्यक्तिको यौन अङ्गमा समेत असर पु¥याउँछ । जसको प्रभाव सजिलै व्यक्तिको यौन जस्वनमा समेत पर्न जान्छ । वास्तवमै धुम्रपानले व्यक्तिमा यौनजीवनमा ठुलो महत्व राख्छ । यसको सेवनले यौनिक अंगमा हुने रक्त प्रवाहलाई कम गर्छ । जसकारण व्यक्तिको यौन प्रर्दशन र अनुभवमा हृास आउँछ ।

शारीरिकसँगै सुखी यौनजीवनमा समेत छाया पार्ने धुम्रपान सेवन गर्ने कसरी उम्कने त?

धुम्रपानबाट छुटकारा पाउने उपायहरुः

अधिकांश धुम्रपान सेवनकर्तालाई धुम्रपानले हानि गर्छ भन्ने तथ्य थाहा हुदाहुदा पनि उनीहरु यसको लतलाई आफूबाट टाढा राख्न सकिरहेको हुदैन । धुम्रपानमा पाइने निकोटिनका कारण धुम्रपान गर्ने व्यक्तिमा छिनमै चुरोट वा भ्यापिङ नभएमा उनीहरुमा छपटाहट देखिने हुन्छ । जसकारण उनीहरु चाहेर पनि यस बानीलाई त्याग्न सक्दैनन् । तर, यस्ता केहि पक्षहरु छन्, जसले धुम्रपान सेवनको लत त्याग्न चाहाने व्यक्तिलाई मद्दत गर्दछः

  • योगा
  • तनावमुक्त रहने
  • केहि वस्तु मुखमा राखिराख्ने वा चपाईराख्ने
  • निकोटिनले भिटामिन सी र डिलाई ब्लक गर्ने भएकाले खानामा हरियो सागसब्जी र तरकारीको मात्रा बढाउने
  • र, उचित डाइट ब्यालेन्सको फर्मुला अपनाउने ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ