२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन सम्पर्कका बेला यी १२ कुरा कहिल्यै नगुर्नस्

यौन सम्पर्कका बेला यी १२ कुरा कहिल्यै नगुर्नस्


मानिसहरु यौन सम्पर्कलाई कसरी आनन्ददायी बनाउने भन्ने विषयमा धेरै ख्याल गर्दैनन् । यौन सम्पर्कको समयमा तपाईंले नजानेरै गर्ने धेरै कुराहरुले तपाईंको पार्टनरको मुड बिगार्न सक्छन् । यहाँ केही यस्ता गल्तीहरु प्रस्तुत गरिएको छ, जसलाई यौन सम्पर्कको समयमा मानिसहरु अक्सर दोहो¥याउँछन् ।

१. किस नगर्नु

तपाईं मान्नुस या नमान्नुस यौन सम्पर्कको समयमा धेरै मानिसहरु आफ्नो पार्टनरलाई किस गर्दैनन् । तर किन ? सायद यौन समपर्कको आशनले असहज बनाउँछ वा चरमोत्कर्षमा पुग्न किस गर्दा गति भंग हुन्छ भन्ने सोच्छन् । तर, होइन । सेक्सको समयमा किस गर्दा पार्टनरसँगको भावनात्मक सम्बन्ध अझै गहिरिन्छ ।

२.पार्टनर उत्तेजित नहुँदै बाइट गर्नु

धेरैलाई एग्रेसीभ सेक्स पार्टनर मन पर्छ । यौन सम्बन्धको समयमा कान, गर्धन, घाँटी, पेट वा अन्य अंगमा बाइट गर्नुले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ । तथापि पार्टनर उत्तेजित हुनुअघि नै बाइट गर्दा पीडा महसुस हुन्छ । त्यसैले बाइट गर्नुअघि आफ्नो पार्टनरलाई उत्तेजित बनाउनुहोस् ।

३. यौन अंगमा मात्र ध्यान केन्द्रित गर्नु

यौन सम्पर्कका लागि जननेन्द्रिय नै पहिलो कुरा हो । तर, पनि सेक्सको समयमा पार्टनरको शरीरका अन्य अंगमा पनि ध्यान दिनुपर्छ । गर्धन, पेट, खुट्टा, पाखुरालगायतका अंग समेत महिला र पुरुष दुबैका लागि कामोत्तेजक हुने भएकाले यिनिहरुलाई राम्रोसँग स्पर्श गर्नुहोस् ।

४.शरीरको भार पार्टनरमाथि छाडिदिनु

यौन सम्बन्धको प्रत्येक क्षणमा आफूलाई गुमाउनु र पार्टनरलाई पागल बनाउनु राम्रो कुरा हो । तर, जब तपाईं आफ्नो पार्टनरमाथि हुनुहुन्छ, उनीहरूमाथि आफ्नो शरीरको वजन नपरोस भनेर होशियार हुनुपर्दछ । अन्यथा यसले उनीहरुलाई स्वास फेर्न कठिन पार्ने मात्र नभई त्यो आनन्ददायी क्षणलाई नै विगार्न सक्छ ।

५. शीघ्र वा ढिला स्खलन

यसमा विशेषतः पुरुषहरु सचेत हुन जरुरी छ । धेरै छिटो स्खलन हुँदा पार्टनरलाई असन्तुष्टी दिन्छ र ढिलो हुँदा पनि दिक्क लाग्न सक्छ । दुबैका लागि उचित समयमा स्खलन हुनका लागि आफ्नो मांसपेशीहरुमा तपाईंको राम्रो नियन्त्रण हुनुपर्छ । यसलाई रोक्नको लागि फोरप्लेमा धेरै समय खर्च गर्नुहोस् ।

६. चरमोत्कर्ष पहिले पार्टनरलाई सचेत नगराउनु

यो महिला र पुरुष दुवैमा लागु हुन्छ । ओरल सेक्स गर्दा होस् वा इन्टरकोर्सको समयमा होस् तपाईंले चरमोत्कर्षमा पुग्नु पहिल्यै पार्टनरलाई यसको जानकारी दिनुपर्छ ।

७. सेक्सलाई पोर्नको रुपमा हेर्नु

कुनै जोडीलाई पोर्नमा देखाएजस्तै ‘रन्ची सेक्स’ मनपर्न सक्छ । यद्यपी सबैको हकमा यो नियम लागू हुँदैन । त्यसैले यस्ता क्रियाकलाप गर्नुअघि एक पटक आफ्नो पार्टनरको राय अवश्य लिनुहोस् । अन्यथा तपाईंको सेक्स पिरियडको सुखान्त अन्त्य हुने सम्भावना निकै छ ।

८. मौन बस्नु

पक्कै पनि तपाईंलाई आफ्नो पार्टनरलाई आफूले सन्तुष्ट बनाएको सुन्न मन पर्छ । तपाईंको पार्टनरको पनि तपाईंसँग यस्तै अपेक्षा हुन्छ । त्यसैले आफूले इन्जोए गरिरहेको कुरा आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् । यसले पार्टनरलाई सन्तुष्ट कसरी गराउने भन्नेबारे ज्ञान दिन्छ ।

९.यान्त्रिक कार्य

जिममा पम्प गरेजस्तै सेक्स तपाईंलाई सहज लाग्न सक्छ । तर धेरै मानिसले यस्तो कार्यमा सन्तुष्टी पाउँदैनन् । तपाईंको गति र आसनमा विविधता दिनुस् ।

१०. चरमोत्कर्षमा पुगेको बाहाना गर्नु

महिलाको चरमोत्कर्ष (अग्र्याज्म)लाई अझै पनि रहस्यका रुपमा हेरिन्छ । तर चरमोत्कर्षमा नपुगेरै पुगेको बाहाना गर्नु राम्रो मानिंदैन । अग्र्याज्मको बाहना गर्नु महिला स्वयम्का लागि त असन्तुष्टीको विषय हो नै, यसले दुईबीचको सेक्स रिलेसनमा पनि असमझदारी बढाउन सक्छ ।

११. गोप्य अंगका विषयमा मजाक गर्नु

जब व्यक्तिको गोप्य अंगको कुरा आउँछ, तब अधिकांश मानिसले यसलाई सामान्य रुपमा लिन सक्दैनन् । आफ्नो पार्टनरको निजी अंगलाई लिएर हाँस्दा वा मजाक गर्दा यसले उसलाई असहज गराउन सक्छ र मुड बिगार्छ । त्यसैले यौन सम्बन्ध राख्दा निजी भागहरुका विषयमा नकारात्मक टिप्पणीहरू गर्नबाट टाढा रहनुहोस् ।

१२. पार्टनरलाई एक्ससँग तुलना गर्नु

सेक्सको बखत पूर्व प्रेमी/प्रेमिकाको तुलना पार्टनरसँग गर्नुभन्दा ठूलो गल्ती अरु केहि हुँदैन । पूर्व पार्टनससँग तपाईंले जति रोमाञ्चक अनुभूति गर्नुभएको भए पनि त्यो पार्टनरसँग सेयर गर्नु दुबैका लागि फाइदाजनक छैन ।

टाइम्स अफ इन्डियाबाट भावानुवाद


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ