२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यौन सम्पर्कका बेला यी १२ कुरा कहिल्यै नगुर्नस्

यौन सम्पर्कका बेला यी १२ कुरा कहिल्यै नगुर्नस्


मानिसहरु यौन सम्पर्कलाई कसरी आनन्ददायी बनाउने भन्ने विषयमा धेरै ख्याल गर्दैनन् । यौन सम्पर्कको समयमा तपाईंले नजानेरै गर्ने धेरै कुराहरुले तपाईंको पार्टनरको मुड बिगार्न सक्छन् । यहाँ केही यस्ता गल्तीहरु प्रस्तुत गरिएको छ, जसलाई यौन सम्पर्कको समयमा मानिसहरु अक्सर दोहो¥याउँछन् ।

१. किस नगर्नु

तपाईं मान्नुस या नमान्नुस यौन सम्पर्कको समयमा धेरै मानिसहरु आफ्नो पार्टनरलाई किस गर्दैनन् । तर किन ? सायद यौन समपर्कको आशनले असहज बनाउँछ वा चरमोत्कर्षमा पुग्न किस गर्दा गति भंग हुन्छ भन्ने सोच्छन् । तर, होइन । सेक्सको समयमा किस गर्दा पार्टनरसँगको भावनात्मक सम्बन्ध अझै गहिरिन्छ ।

२.पार्टनर उत्तेजित नहुँदै बाइट गर्नु

धेरैलाई एग्रेसीभ सेक्स पार्टनर मन पर्छ । यौन सम्बन्धको समयमा कान, गर्धन, घाँटी, पेट वा अन्य अंगमा बाइट गर्नुले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ । तथापि पार्टनर उत्तेजित हुनुअघि नै बाइट गर्दा पीडा महसुस हुन्छ । त्यसैले बाइट गर्नुअघि आफ्नो पार्टनरलाई उत्तेजित बनाउनुहोस् ।

३. यौन अंगमा मात्र ध्यान केन्द्रित गर्नु

यौन सम्पर्कका लागि जननेन्द्रिय नै पहिलो कुरा हो । तर, पनि सेक्सको समयमा पार्टनरको शरीरका अन्य अंगमा पनि ध्यान दिनुपर्छ । गर्धन, पेट, खुट्टा, पाखुरालगायतका अंग समेत महिला र पुरुष दुबैका लागि कामोत्तेजक हुने भएकाले यिनिहरुलाई राम्रोसँग स्पर्श गर्नुहोस् ।

४.शरीरको भार पार्टनरमाथि छाडिदिनु

यौन सम्बन्धको प्रत्येक क्षणमा आफूलाई गुमाउनु र पार्टनरलाई पागल बनाउनु राम्रो कुरा हो । तर, जब तपाईं आफ्नो पार्टनरमाथि हुनुहुन्छ, उनीहरूमाथि आफ्नो शरीरको वजन नपरोस भनेर होशियार हुनुपर्दछ । अन्यथा यसले उनीहरुलाई स्वास फेर्न कठिन पार्ने मात्र नभई त्यो आनन्ददायी क्षणलाई नै विगार्न सक्छ ।

५. शीघ्र वा ढिला स्खलन

यसमा विशेषतः पुरुषहरु सचेत हुन जरुरी छ । धेरै छिटो स्खलन हुँदा पार्टनरलाई असन्तुष्टी दिन्छ र ढिलो हुँदा पनि दिक्क लाग्न सक्छ । दुबैका लागि उचित समयमा स्खलन हुनका लागि आफ्नो मांसपेशीहरुमा तपाईंको राम्रो नियन्त्रण हुनुपर्छ । यसलाई रोक्नको लागि फोरप्लेमा धेरै समय खर्च गर्नुहोस् ।

६. चरमोत्कर्ष पहिले पार्टनरलाई सचेत नगराउनु

यो महिला र पुरुष दुवैमा लागु हुन्छ । ओरल सेक्स गर्दा होस् वा इन्टरकोर्सको समयमा होस् तपाईंले चरमोत्कर्षमा पुग्नु पहिल्यै पार्टनरलाई यसको जानकारी दिनुपर्छ ।

७. सेक्सलाई पोर्नको रुपमा हेर्नु

कुनै जोडीलाई पोर्नमा देखाएजस्तै ‘रन्ची सेक्स’ मनपर्न सक्छ । यद्यपी सबैको हकमा यो नियम लागू हुँदैन । त्यसैले यस्ता क्रियाकलाप गर्नुअघि एक पटक आफ्नो पार्टनरको राय अवश्य लिनुहोस् । अन्यथा तपाईंको सेक्स पिरियडको सुखान्त अन्त्य हुने सम्भावना निकै छ ।

८. मौन बस्नु

पक्कै पनि तपाईंलाई आफ्नो पार्टनरलाई आफूले सन्तुष्ट बनाएको सुन्न मन पर्छ । तपाईंको पार्टनरको पनि तपाईंसँग यस्तै अपेक्षा हुन्छ । त्यसैले आफूले इन्जोए गरिरहेको कुरा आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् । यसले पार्टनरलाई सन्तुष्ट कसरी गराउने भन्नेबारे ज्ञान दिन्छ ।

९.यान्त्रिक कार्य

जिममा पम्प गरेजस्तै सेक्स तपाईंलाई सहज लाग्न सक्छ । तर धेरै मानिसले यस्तो कार्यमा सन्तुष्टी पाउँदैनन् । तपाईंको गति र आसनमा विविधता दिनुस् ।

१०. चरमोत्कर्षमा पुगेको बाहाना गर्नु

महिलाको चरमोत्कर्ष (अग्र्याज्म)लाई अझै पनि रहस्यका रुपमा हेरिन्छ । तर चरमोत्कर्षमा नपुगेरै पुगेको बाहाना गर्नु राम्रो मानिंदैन । अग्र्याज्मको बाहना गर्नु महिला स्वयम्का लागि त असन्तुष्टीको विषय हो नै, यसले दुईबीचको सेक्स रिलेसनमा पनि असमझदारी बढाउन सक्छ ।

११. गोप्य अंगका विषयमा मजाक गर्नु

जब व्यक्तिको गोप्य अंगको कुरा आउँछ, तब अधिकांश मानिसले यसलाई सामान्य रुपमा लिन सक्दैनन् । आफ्नो पार्टनरको निजी अंगलाई लिएर हाँस्दा वा मजाक गर्दा यसले उसलाई असहज गराउन सक्छ र मुड बिगार्छ । त्यसैले यौन सम्बन्ध राख्दा निजी भागहरुका विषयमा नकारात्मक टिप्पणीहरू गर्नबाट टाढा रहनुहोस् ।

१२. पार्टनरलाई एक्ससँग तुलना गर्नु

सेक्सको बखत पूर्व प्रेमी/प्रेमिकाको तुलना पार्टनरसँग गर्नुभन्दा ठूलो गल्ती अरु केहि हुँदैन । पूर्व पार्टनससँग तपाईंले जति रोमाञ्चक अनुभूति गर्नुभएको भए पनि त्यो पार्टनरसँग सेयर गर्नु दुबैका लागि फाइदाजनक छैन ।

टाइम्स अफ इन्डियाबाट भावानुवाद


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ