२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यमोटोपन यौन जीवनको अर्काे बाधक : अध्ययन

मोटोपन यौन जीवनको अर्काे बाधक : अध्ययन


हामीले देख्ने गरेका छौ, सुरु–सुरुमा आफ्नो शारीरिक आकारको ख्याल राख्ने भएपनि कुनैपनि महिला वा पुरुष बढ्दो उमेर वा केहि पर्याप्त समय आफ्ना पार्टनरसँग बिताएपछि पार्टनरप्रतिको आत्मविश्वासकै कारण क्रमिक रुपमा आफ्नो शारीरिक बनावट र उचित तौलमा ध्यान दिने छोड्छन् । र, क्रमशः व्यक्तिहरु मोटोपनको शिकार हुँदै जान्छन् ।

यद्यपि उनीहरुले मोटोपनबाट आफूसँगै आफ्नो पार्टनर र यसले उनीहरुको यौनजीवनमा पु¥याएको असरबारे भने खासै ख्याल गरेका हुँदैनन्। मोटोपन र व्यक्तिको आपसी सम्बन्धको विषयमा मार्क बर्सटिन र जेफ्रेको संयोजकत्वमा गरेको एक अध्ययनले भने मोटोपनले आपसी सम्बन्धमा प्रत्यक्ष असर पु¥याउने कुराको पुष्टि गरेको छ ।

अध्ययनका अनुसार करिब ६० प्रतिशत महिला र ७४ प्रतिशत पुरुषले मोटा व्यक्तिसँगको आफ्नो सम्बन्धमा असहजता महशुस गरेको बताएका थिए ।

यस्तै, यसले व्यक्तिको वैवाहिक जीवनमा पनि उत्तिकै असर पु¥याउने अध्ययनकर्ताको दाबी रहेको छ । आखिर व्यक्तिको मोटोपन कसरी बन्छ त यौनजीवन र आपसी सम्बन्धको बाधक?

जब व्यक्तिको मोटोपन बढ्दै जान्छ तब व्यक्तिमा स्वतः शारीरिक ऊर्जाको कमी हुँदै जान्छ । यसका साथै यसले व्यक्तिमा विभिन्न शारीरिक एवम् मानसिक समस्याहरु पैदा गर्छ । जसले व्यक्तिको तुलनात्मक रुपमा स्फुर्तका साथ प्रदर्शन गर्ने यौन गतिविधिमा कमी ल्याउँछ ।

यस्तै, अर्का अध्ययनका अनुसार, मोटोपनले व्यक्तिमा डिप्रेशनका साथै आत्मविश्वासमा कमी ल्याउनेजस्ता मानसिक समस्याहरु उत्पन्न गराउँछ । यसले पनि व्यक्तिको यौन गतिविधिमा हृास ल्याउनमा निकै ठुलो भुमिका निर्वाह गर्दछ ।

यसै सम्बन्धि गरेको ‘युनिभर्सिटि अफ फ्लोरेन्स’को अर्काे अध्ययनले समेत यस विषयको समर्थन गरेको छ । सो अध्ययनका अनुसार, मोटा पुरुषहरुमा टेस्टोस्टेरिन हार्माेनको पैदा तुलनात्मक रुपमा सामान्य पुरुषभन्दा कम हुन्छ । जसले उनीहरुको यौनइच्छामा कमी गराउदै यौन उत्तेजनामा समेत प्रभाव पार्छ । यसैगरि, अर्का अध्ययनले पनि पेटमा बोसोको मात्रा बढि भएका महिलामा प्रजनन सम्बन्धि समस्या देखिने जनाएको छ । जसले पनि अधिकांशको वैवाहिक जीवनमा विविध समस्याहरु उत्पन्न गर्न मद्दत गरेको सो अध्ययनले दाबी गरेको छ ।

समाधानका उपाय

लामो समयसम्मको प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा बाँधिएपछि व्यक्तिहरु स्वयम् आफै नै आफ्नो बढ्दो तौलका निम्ति जिम्मेवार रहन्छन् । भावनात्मक पक्ष बाहेक उक्त सम्बन्धमा शारीरिक पक्षको उत्तिकै ध्यान दिनुपर्छ, भन्ने कुरा व्यक्तिहरु क्रमिक रुपमा भुल्दै जाने भएकाले पनि अधिकांश जोडीहरु यसबाट उत्पन्न हुने समस्याका शिकार हुन्छन् ।

तसर्थ, यसो नहोस् भन्नका लागि व्यक्तिले सर्वप्रथम आफ्नो भावनात्मक सम्बन्धका साथसाथै दुवैले एकआपसको शारीरिक पक्षको पनि उत्तिकै ख्याल राख्नुपर्छ । जसका निम्ति नियमित व्यायाम, उचित निन्द्रा, आराम र खानाका साथै व्यक्तिले गुणस्तर जीवनशैलीमा पनि विशेष ध्यान दिनुपर्छ ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ