२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययी कारण पुरुषले यौनसम्पर्क गर्न चाहँदैनन्

यी कारण पुरुषले यौनसम्पर्क गर्न चाहँदैनन्


के पुरुषहरु यौनसम्पर्कका लागि सधैँ तयार रहन्छन् ? होइन । यो त, मानिसहरुको सोचाई मात्र हो । तर, महिलाको तुलनामा पुरुषहरुमा हर्मोनको मात्रा बढी हुनाले यौनसम्बन्धका लागि छिटो तयार हुन्छन् । यद्यपि महिलामा यौन इच्छा हँुदै नहुने र पुरुष यौन सम्बन्ध स्थापितका लागि सधैं तयार रहन्छन् भन्ने होइन । कतिपय महिलाहरुले आफूले चाहेको समयमा पुरुष पार्टनर यौनसम्पर्कका लागि तयार हुँदैनन् भन्ने गुनासो रहने गर्छ । जसले गर्दा उनीहरुबीचमा फाटो आउने सम्भावना हुन्छ । आखिर कस्तो अवस्थामा पुरुषहरु यौनसम्पर्कका लागि तयार हुँदैनन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

पुरुषले यौनसम्पर्क गर्न नचाहने कारणहरु

औषधिको प्रयोग

कतिपय पुरुषहरुले स्वास्थ्य समस्याका कारण नियमित औषधि सेवन गरिरहेका हुन्छन् । त्यस्ता केहि औषधिको साइड इफेक्टले यौनइच्छा र उत्तेजना नआउने जस्ता समस्या देखिन्छ । तर यस्तो समस्या औषधि सेवनको अवधिसम्म मात्रै देखिन्छ । यदि, औषधि छोडिसकेपछि पनि यस्तो समस्या देखिएमा समाधानका लागि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

अनिन्द्रा

अनिन्द्राले पनि पुरुषहरुमा यौनइच्छामा कमी ल्याउँछ । किशोरावस्था तथा २० देखि ३० वर्ष उमेरसमुहका मानिसहरुको यौनइच्छा विशेषगरी निन्द्रासँग जोडिएको हुन्छ । यसको अर्थ उचित यौन गतिविधिका लागि उनीहरुलाई निन्द्राको अति नै आवश्यक रहन्छ । निन्द्राको अभावमा शरीर शिथिल हुनाले व्यक्तिमा यौनइच्छा रहँदैन ।

हर्माेनको असन्तुलन

पुरुषका निम्ति शारीरिक रुपमा यौनका लागि तत्पर रहन सबैभन्दा अत्यावश्यक तत्व भनेको टेस्टोस्टेरन हर्माेन हो । यसको अभावमा पुरुषमा यौनइच्छा नहुने र यौनबाट टाढै रहन रुचाउने जस्ता समस्या देखिन्छ । साथै प्रोलेक्टिन र एसएचबीजीको मात्रा बढि भएमा पनि यसले व्यक्तिको यौनइच्छालाई दबाउँछ । यौनइच्छा घटेको कारण थाहा पाउनका लागि पुरुषहरुले रक्त परीक्षण थाहा पाउन सक्छन् ।

यौन सन्तुष्टिको अभाव

केहि पुरुषहरु यौन सन्तुष्टि पुरा नहुँदा पनि यौनबाट टाढा रहने पवृत्तिका हुन्छन् । यस्तो समस्या सम्भोगका बेला पार्टनरले गर्ने गतिविधि, स्वयम् व्यक्तिले पार्टनरको शरीर अनुभव गर्ने कुराले पनि उनीहरुमा यौन सन्तुष्टि पुरा नहुन सक्छ । साथै कतिपय अवस्थामा आफूलाई यौनका बारेमा चासो वा इच्छा लागेको कुरा पार्टनरसँग भन्न सकिरहेको हुँदैन । तसर्थ यसका लागि महिला पार्टनर स्वयम् आफँैले उनको यौनइच्छा कस्तो छ ? भनेर बुझ्न आवश्यक हुन्छ ।

यौनजोडीसँगकाे असहमति

यौनसम्बन्ध व्यक्तिगत जीवनसँग जोडिएको विषय हा । जसमा थुप्रै कठिन परिस्थिति र बाधा अड्चन आइ पर्छन् । जसमध्ये यौनजोडीको असहमति पनि हो । यौनजोडीको असहमति भएमा पुरुष पनि जबरजस्ती आफ्नो यौन इच्छा विपरित जान रुचाउँदैनन् भने कतिपय अवस्थामा उनीहरु सम्भोगका लागि स्वयम् तयार नभएर आफ्ना पार्टनरलाई सजाय दिन पनि रुचाउँछन् ।

हस्तमैथुन

विशेषगरी एकल यौन क्रियाकलाप मानिने हस्तमैथुन प्रकृयाले यौनसम्बन्ध स्थापितका लागि दुई व्यक्तिको आवश्यकतालाई प्रतिस्थापन गर्दछ । विशेषगरी उत्तेजित तथा यौनजन्य भिडियो, तस्बिर, म्यागेजिन तथा चलचित्रका दृश्यले उनीहरुमा हस्तमैथुनको इच्छा प्रकट हुन्छ । यस्ता समयमा उनीहरुसँग पार्टनर नहुने भएकाले नै उनीहरु एकल विकल्पका रुपमा हस्तमैथुन गर्न रुचाउँछन् । धेरै हस्तमैथुन गर्ने पुरुषमा पनि यौन इच्छामा कमी आउँछ ।

आत्मीयताको डर

केहि पुरुषहरु आफ्नो आत्मीय सम्बन्ध स्थापित भएका नातेदार वा नजिकका व्यक्तिसँग यस्ता गतिविधि गर्न रुचाउँदैनन् । यस्ता व्यक्तिसँगको यौनसम्बन्ध स्थापितले उनीहरुमा यौन पार्टनर नभई अन्य किसिमको भाव प्रकट हुने भएकाले पनि यस्तो गतिविधि र क्रियाकलापबाट टाढै रहन्छन् ।

तनाव

व्यक्तिगत जीवनमा हुने विभिन्न खाले तनावको असर यौन स्वास्थ्य पनि पर्दछ । यौन शारीरिक मात्र नभई भावनात्मक पक्षसँग पनि जोडिएको हुन्छ । जसमा मानसिक दृष्टिकोणबाट पनि व्यक्ति स्वस्थ हुनु अत्यावश्यक रहन्छ । त्यसैले धेरैजसो तनावमा रहने पुरुषमा यौनइच्छाको कमी हुन्छ ।

एजेन्सी ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ