२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यपार्टनर नजिक हुँदा पीडा गायबः अध्ययन

पार्टनर नजिक हुँदा पीडा गायबः अध्ययन


आफ्ना रमाईला पार्टनर नजिकै आइदियोस भन्ने कसको चाहना हुन्न र ? अझ आफूलाई रोग इत्यादिले गाँज्दा पार्टनरले नजिकै बसेर सहानुभूति व्यक्त गरोस भन्ने प्रायको चाहना हुन्छ । पार्टनर नजिक हुँदा मान्छेले भोक प्यास नै मेटिन्छ । तर, पछिल्लो एक अध्ययनलाई विश्वास गर्ने हो भने पार्टनरका अगाडि अरुले शारीरिक याताना दिदा पनि दुख्दैन । हो पार्टनर नजिकै भए मानिसहरुले आफ्नो पीडा पनि सहन सक्ने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । अध्ययनका लागि वैज्ञानिकले सहभागीको औलाको नङ दबाएका थिए । बेलायतमा गरिएको एकअध्ययनले यस्तो निस्कर्ष निकालेको हो ।

आफ्ना पार्टर नजिकै हुँदा जोडले नङ थिच्दा पनि सहभागीमा पीडा सहने क्षमता देखिएको थियो अर्थात उनीहरुले आफूमा गहिरो पीडा अनुभूति नभएको बताएका थिए । सहभागीका रमालाईला पार्टनरलाई उनीहरुको हात समाउन वा उनीहरुसँग बोल्न समेत दिइएको थिएन । तर, एक अर्कालाई हेर्न भने अनुमति दिइएको थियो । तर, रमाईला पार्टनरहरुको अनुपस्थितिमा नङ थिच्दा सहभागीले आफूलाई दुखेको बताएका थिए ।

अस्ट्रियाका वैज्ञानिकहरुले गरेको अध्ययनमा पनि आफ्ना पार्टनर मायालु भएमा पेनकिलिङको अशर बढी देखिने जनाइएको छ ।
‘पार्टरसँग बारम्बार बोल्दा वा छुदा पीडा घट्छ ।’ अध्ययनमा सहभागी प्राध्यापक स्टेफेन डसचेकले भने, ‘रमाईला पार्टनरहरुको निस्कृय उपस्थितिले पनि पीडा घट्ने हाम्रो अध्ययनमा देखिएको छ । ’

अध्ययनले आवाज र शारीरिक सम्पर्क विना हुने सामाजिक सहयोगले दर्दनाशक औषधीको काम गर्ने जनाएको छ । अध्ययनकालागि अनुसन्धानकर्ताहरुले युनिर्भसिटी अफ हेल्थ साईनका ४८ जोडिलाई सहभागी गराएको थियो ।

हरेक जोडिका एक जनलाई अध्ययनका लागि प्रयोग गरिएको थियो । जस अनुसार उनीहरुको चोर औला मेसिनमा राखिएको थियो । सहभागीले आथ्थु, एैया, दुख्यो जस्ता शब्द नभन्दासम्म मेसिनले अठाइरहेको हुन्थ्यो । पुरुषको औला थिच्दा पार्टनरहरुलाई १ मिटर टाढा राखिएको थियो । जोडिले एक अर्कालाई हेर्न पाउथे तर आँखा जुधाउन प्रतिबन्ध लगाइएको थियो । औलालाई तीन किलोको ढुंगाले थिच्दा हुने पीडाको अनुभूति बाँड्न सहभागीलाई अनुरोध गरिएको थियो ।

यसअघिका अध्ययनले पार्टनरको मौखिक सहानुभूतिले निकटता बढ्ने र पीडा घट्ने दर्शाएका थिए ।

स्रोतः डेल्लीमेल


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ