२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्य१० मध्ये एक महिलाले भोग्छन् यौन पीडा

१० मध्ये एक महिलाले भोग्छन् यौन पीडा


यौन सम्पर्कका समयमा बेलायतका धेरै महिलाले पीडा अनुभूति गर्ने गरेको पाइएको छ । बेलायतमा गरिएको एउटा सर्वेक्षणले सो जानकारी दिएको हो । सर्वेक्षणमा हरेक १० जनामध्ये एक जनालाई यौनसम्पर्कको समयमा पीडा हुने गरेको बताएका थिए ।

सेक्सको समयमा महिलाको पीडाप्रति पुरुषले कम चासो देखाएको सहभागीले गुनासो गरेका थिए । यौन सम्पर्कको समयमा सबैभन्दा बढी ५० देखि ६० वर्ष उमेर समूहका महिलाहरुले आफू पीडित भएको बताएका थिए । उमेरका कारण युवतीहरु भने यस्तो समस्याबाट तुलनात्मक रुपमा थोरै प्रभावित भएको अध्ययनमा पाइएको थियो ।

सहभागीमध्ये एक चौथाइले ६ महिनासम्म यौन सम्पर्कका क्रममा पीडा अनुभव गरेको बताएका थिए भने त्यस्तै ३३ प्रतिशतले आफ्नो यौन जीवनप्रति असन्तुष्टी पोखेका थिए ।

लाजका कारण धेरै महिलाहरुले सेक्सबारे काउन्सिलिङ नलिएको अध्ययनका लेखिका डा. क्रिष्टिन मिचेलले बताइन् । १६ वर्षदेखि ७४ वर्षका ७ हजार महिलामाझ अध्ययन गरिएको थियो । अध्ययन इन्टरनेसनल जर्नल अफ अबेस्ट्रिक एन्ड गाइनोलोजीमा छापिएको छ ।

अध्ययनलाई सम्पूर्ण बेलायतको महिलाको प्रतिनिधिमूलक मान्न नसकिने अनुसन्धानकर्ताले बताएका छन् ।


-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ