२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययो तत्त्वको कमीले घटाउँछ यौन सम्पर्कको चाहना

यो तत्त्वको कमीले घटाउँछ यौन सम्पर्कको चाहना


हाम्रो शरीरमा यस्ता धेरै तत्त्व हुन्छन् जसले हाम्रो यौन जीवनलाई असर गर्छ । यदि शरीरमा यी तत्त्वहरूको कमी भयो भने हाम्रो यौन सम्पर्क राख्ने इच्छा घट्छ र यौनप्रति असन्तुष्टि उत्पन्न हुन्छ । यसले हाम्रो शरीरमा मात्र नभई दिमागमा पनि नकारात्मक प्रभाव पार्छ ।

थाहा पाउनुहोस् शरीरमा कुन तत्त्वको कमीले गर्दा यौनमा रुचि उत्पन्न हुन्छ…

यदि हाम्रो शरीरमा आइरनको कमी भयो भने यसले हाम्रो यौन जीवनमा असर गर्छ । शरीरमा आइरन तत्त्वको कमीका कारण महिला र पुरुषको यौन जीवनमा फरक–फरक असर पर्छ । यदि तपाई पनि यस्तै महसुस गर्दै हुनुहुन्छ वा तपाईँको यौन जीवन राम्रो चलिरहेको छैन भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् ।

वास्तवमा महिलाको शरीरमा आइरनको कमीका कारण यौन सम्पर्कमा सुस्तता आउने गर्छ । यस्तो अवस्थामा महिलाहरू आफ्नो यौन जीवनको पूर्ण मजा लिन पाउँदैनन् र कहिलेकाहीँ यो कुरा सम्बन्धमा तिक्तताको कारण पनि बन्न पुग्छ । आइरनको कमीका कारण महिलामा महिनावारीको समयमा अत्यधिक रगत बग्ने समस्या पनि हुने गर्छ ।

महिला जस्तै पुरुषको शरीरमा पनि आइरनको कमी भयो भने उनीहरूको यौन जीवनमा पनि धेरै किसिमले असर पर्छ । पुरुषमा यौनप्रति रुचिसँगै चिडचिडेपन पनि बढ्छ । यदि तपाईँ आफ्नो खुट्टामा जलन, बेचैनी र चिलाउने महसुस गर्दै हुनुहुन्छ भने, तपाईँको शरीरमा आइरनको कमी छ भनेर बुझ्नुहोस् । यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् ।

वास्तवमा, आइरनको कमीका कारण मुड स्विङ सुरु हुन्छ र टाउको दुखाइ पनि रहन्छ । यसले तपाईँको स्वभावलाई चिडचिडे बनाउँछ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ