२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन जीवनलाई प्रभावकारी बनाउन यसरी मिलाउनुहोस् डाइट

यौन जीवनलाई प्रभावकारी बनाउन यसरी मिलाउनुहोस् डाइट


यौन जीवन प्रभावकारी नहुनुको सबैभन्दा ठूलो कारण तनाव हो । तनाव काम र लाइस्टाइलका कारण हुन सक्छ । तर, आफ्नो यौन जीवनलाई प्रभावकारी बनाउन सकिन्छ । त्यसका लागि दुई काम अनिवार्य हुन्छन्—एक ब्यायमलाई नियमित रुटिङमा सामेल गर्नु र दोस्रो आफ्नो डाइटमा बदलाव ल्याउनु ।

एक अनुसन्धानअनुसार यौन जीवनलाई प्रभावकारी बनाउन दैनिक ६० ग्राम ड्राई फ्रुट डाइटमा सामेल गर्नुपर्छ । यसले तपाईको बेडरुमको पफर्मेन्सलाई सुधार गर्न मद्धत गर्दछ । साथै, ब्यक्तिगत जीवनलाई पनि राम्रो बनाउँछ ।

शोधकर्ताहरुकाअनुसार प्रजनन उमेरमा स्वस्थ मानिसहरुमा यस्तो पहिलो रिसर्च गरिएको थियो । जसमा यो पत्ता लगाउनु थियो कि नट्सलाई नियमित सेवन गर्दा त्यसको यौनक्रिडा तथा वीर्यको गुणस्तरमा कुनै फरक परेको छ कि छैन् ।

यो अनुसन्धान ८३ जनामा गरिएको थियो । जसले एक वेस्टर्न डाइटको पालना गरिरहेका थिए । सहभागीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । एक समूहले १४ हप्ताभन्दा बढी समयसम्म सामान्य वेस्टर्न डाइटको पालना गरेका थिए । जबकी दोस्रो समूहकाले ६० ग्राम ओखर, बदाम तथा अन्य नट्स उनीहरुको डाइटका रुपमा दिइएको थियो ।

अनुसन्धानको अन्त्यमा प्रत्येक ब्यक्तिलाई प्रश्न सोधिएको थियो । निष्कर्षमा अनहेल्थी वेस्टर्न डाइटमा ओखर, बदामलाई मिलाउदा यौन उत्तेजना र बेडरुमको पफर्मेन्समा काफी सुधार भएको पाइयो ।


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ