२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यएक ‘अटोसेक्सुवल’ युवतीको कथा

एक ‘अटोसेक्सुवल’ युवतीको कथा


बाँकी टिनएजर्सजस्तै मलाई पनि आफनो ब्यक्तित्व र लुक्सको चिन्ता रहन्छ । जहिले पनि नुहाएर निस्कन्छु, कपडा पहिरिन्छु वा सेक्सुवल अट्याक्सनको खोजीमा हुन्छु, म स्वंयलाई ऐनामा हेर्छु ।

हुन सक्छ, मेरो शरीर आकर्षित गर्ने नहुन सक्छ । म दुब्ली छु, मेरो चिउडा धेरै लामो छ । मेरो कपाल कर्ली छ । तर, कपडा बिनाको मेरो शरीर मलाई निकै नै आकर्षित गर्दछ ।

मलाई आफ्नो सेक्सुवालिटीको बारेमा सोच्दा कहिल्यै पनि अनौठो लागेन । तर, १७ वर्षको उमेरमा जब मैले आफ्नो साथीलाई यसका बारेमा बताए, मेरो सोच परिवर्तन भयो । हामी सबै सँगै हुर्किएका थियौं । अहिले हामी एकअर्कासँग नजिक छौं । हामी प्रायः आफ्नो यौनिक अनुभवकाबारेमा कुराकानी पनि गथ्र्यौ ।

तर, जब मैले उनीहरुलाई आफ्नो सेक्सुवल अनुभवका बारेमा बताए त मलाई कसैले पनि बुझेन् । बरु उनीहरुले मेरो मजाक बनाउन थाले । उनीहरु मेरो यो कुरालाई लिएर मजाक बनाइरहन थाले । म पनि उनीहरुको ब्यंग्यमा उनीहरुलाई हाँसेर साथ दिन्थे । तर, भित्रभित्रै म सोच्थेकी ममा के गलत छ ? त्यसपछि मलाई यो थाहा भयो कि म आफैप्रति यो तरिकाले सेक्सुवल रुपमा आकर्षित हुँ, जस्तो अरु मानिसहरु हुँदैनन् । तर, मलाई यो तरिकाको अनुभूति गर्ने आदत भैसकेको छ ।

हालै मलाई थाहा भयो कि म आफूलाई लिएरजस्तो अनुभव गर्छु, जसका लागि एक शब्द छ । जसलाई विज्ञानमा भनिन्छ—‘अटोसेक्सुवल’ । अहिले म आफूलाई गर्वका साथ ‘अटोसेक्सुवल’ भन्न रुचाउँछु ।

के हो अटो सेक्सुवालिटी ?

ती मानिसहरु जो आफ्नो शरीरलाई नै हेरेर यौन आनन्द प्राप्त गर्छन् र आफ्नै शरीर हेरेर आकर्षिक हुन्छन्, उनीहरुलाई विज्ञानले ‘अटोसेक्सुवल’ भन्छ । यस्ता मानिसहरु न त तेस्रो लिंगी हुन्, न लेस्बियन नै हुन्, बरु यस्ता मानिसहरुलाई ‘अटोसेक्सुवल’को टर्म प्रयोग गरिन्छ । यस्ता मानिसहरुलाई कुनै पनि लिंगप्रति आकर्षण हुँदैन् ।

‘अटोसेक्सुवल’ एक यस्तो शब्द हो, जसलाई परिभाषित गर्नका लागि वैज्ञानिकहरुलाई साह्रै मेहनेत गर्नुपरेको थियो । यस शब्दलाई ठीकसँग परिभाषित गर्नका लागि न त धेरै तथ्यांक छ, न त धेरै अनुसन्धान नै ।

सन् १९८९ मा यो शब्दको बारेमा पहिलोपटक यौन विशेषज्ञ बर्नाड एपेलबाउलमले एक पत्रिकामा गरेका थिए । उनले यस शब्दको प्रयोग त्यस्ता ब्यक्तिहरुका लागि गरेका थिए, जो अन्य कुनै दोस्रो ब्यक्तिको यौनिकतामा आकर्षित हुन सक्दैन थिए । तर, अहिले यो शब्दको प्रयोग ती ब्यक्तिहरुका लागि गरिन्छ जो आफ्नै शरीरसँग सेक्सुवल रुपमा आकर्षित हुन्छन् ।

आफैसँग डेट र आफैसँग रोमान्स

माइकल आरोन, ‘मोर्डन सेक्सुवालिटीः द ट्रुथ एबाउट सेक्स एण्ड रिलेसनसीप’का लेखक हुन् । उनकाअनुसार आफूले आफैलाई देखेर आकर्षित हुनु सामान्यतया साधारण हो तर केही मानिसहरु अरुको तुलनामा आफैले आफैलाई हेरेर वा छोएर अधिकतम उत्तेजित महसुस गर्दछन् । यस्तै मानिसहरुलाई ‘अटोसेक्सुअल’ भनिन्छ ।

धेरै मानिसहरुले मलाई ‘नार्सिष्ट’ भने । जबकी त्यो ब्यक्ति जो आफैलाई बढी माया गर्छ र आफैप्रति मन्त्रमुग्ध भैरहन्छ । तर, लण्डन युनिभर्सिटीमा अध्यापन गराउने डा. जेनिफर मैकगोवन भन्छन्, ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’को विरामीमा सहानुभूतिको कमी, प्रशंशाको जरुरत वा स्वयंमलाई लिएर धेरै भावनात्मक हुनुजस्तो लक्षण हुन्छ । ‘अटोसेक्सुवालिटी’ एक अलग कुरा हो ।

डा. जेनिफर भन्छन्, ‘अटोसेक्सुवल्स आफैसँग सेक्सुवल्ली धेरै आनन्द महुसु गर्छन जबकी नार्सिष्ट ब्यक्तिहरुको अरु ब्यक्तिको ध्यानाकर्षकको चाहना हुन्छ । यसका अलावा अटोसेक्सुवालिटीको सहानुभूति वा प्रशंशाको कमीसँग केही लेनदेन हुँदैन् ।’

केही विशेषज्ञ यो मान्छन् कि अरु ब्यक्तिजस्तै ‘अटोसेक्सुवल’ भएका ब्यक्तिमा पनि सेक्सवालिटीको अलग—अलगस्तर देख्न पाइन्छ । केही ब्यक्तिहरु ‘अटोसेक्सुवल हुनुका साथसाथै ‘अटो रोमान्टिक’ पनि हुने गर्छन् । जो स्वयंमसँग डेट जान्छन्, वा राम्रो मौसममा वाकमा बाहिर निस्कन्छन् ।

‘अटो सेक्सुवल’ हुनुको साथसाथ मलाई कहिलेकाही साधारण ब्यक्तिजस्तै हुने इच्छा जाग्दछ । एकदमै रिस उठ्छ जब तपाईको साथीले बुझ्न सक्दैन्, तपाई के महसुस गरिरहनुभएको छ ।

जब म आफ्नो ब्वाइफ्रेण्डसँग हुन्छु, तब मलाई यस्तो लाग्छ कि म अलग तरिकाको महसुस गरिरहेकी छु । म सेक्सुवल्ली त्यो सबै कुरा महसुस गर्न पाउदिन्, जो मेरो ब्वाइफ्रेण्डले गर्छ । यस्तोमा मलाई पनि यो इच्छा हुन्छ कि म पनि साधारण ब्यक्तिहरुजस्तै महसुस गर्न पाउ । तर फेरि म यो सोच्छु की सेक्सुवालिटीमा केही पनि सामान्य हुँदैन्, हामी सबै अलग छौं ।

हालसालै मैले एक अनलाइन महिला अटोसेक्सुवलसँग भेटे । जसलाई मैले म आफू अटोसेक्सुवल भएको कुरा बताए । उससँग कुरा गरेर मलाई रमाइलो लाग्यो । हामी यस्तो मानिसहरुको समुदायमा छौं, जो यसबारेमा अनुसन्धान गर्दैछन कि हामी सेक्सुवालिटीको ढाँचामा कहाँ उभिएका छौं । यस्ता धेरै मानिसहरु छन्, जो यो कुरालाई बुझ्दैनन् । जज गर्नु वा कुरा बनाउनु एकदमै सहज हुन्छ, तर तपाई कहिल्यै यो सम्झन सक्नुहुन्छ, अटोसेक्सुअलहरुले कस्तो महसुस गर्दछन् ।

म धेरैं ब्यक्तिहरुसँग सम्बन्धमा रहिसकेकी छु, तर जस्तो म आफूप्रति महसुस गर्छु, त्यस्तो अरु कसैसँग गर्न सक्दिन् ।

(यो कथाको युवतीले आफ्नो पहिचान लुकाएकी छिन् । यो स्टोरी बिबिसी थ्रीमा कार्यरत राधिका संघानीसँगको कुराकानीमा आधारित छ ।)

(बिबिसी हिन्दीबाट भावनानुवाद)


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ