२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टस्वास्थ्य मन्त्रालयबाट पहुँचवालाले लिएको ५० करोड गायब, कसले कति लगे ?

स्वास्थ्य मन्त्रालयबाट पहुँचवालाले लिएको ५० करोड गायब, कसले कति लगे ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुदान लिएर त्यसको हिसाब फस्र्योट नगर्ने एनजिओ तथा सामुदायिक अस्पतालहरुको बेरुजु ५० करोडमाथि रहेको छ । आर्थिक वर्ष २०७१/०७२ देखि ०७६/०७७ सम्म ४६ वटा विभिन्न सामुदायिक अस्पताल र एनजिओहरुले मन्त्रालयबाट लिएको अनुदानमध्येबाट ५० करोड १९ लाख ९१ हजार ७ सय १६ रुपैयाँ बेरुजु छ ।

पछिल्ला ८ वर्षमा विभिन्न संस्थाहरुले पटक—पटक गरी झण्डै एक अर्ब रुपैयाँ अनुदान लिएका थिए । जसमध्ये ४६ वटा संस्थाले ५० करोड १९ लाख ९१ हजार ७ सय १६ रुपैयाँको हिसाब किताब नै बुझाएका छैनन् । हिसाब नबुझाउने अधिकांश संस्थाले दुई पटकभन्दा बढी अनुदान लिएका छन् ।

रमाइलो के छ भने अघिल्लो वर्ष लिएको अनुदानको हिसाब बुझाएर अर्को वर्ष बढी अनुदान लिएर मन्त्रालयलाई हिसाब फस्र्योट नै नगर्ने संस्थाहरु धेरै छन् । कतिपय संस्था अघिल्ला बेरुजु फस्र्योट नगरी ठूलो रकम थप अनुदान लिएर त्यसको पनि हिसाब नबुझाउने गरेको पाइएको छ ।

हेल्थकेयर फाउण्डेसन नेपालको सबैभन्दा बढी बेरुजु छ । उसको एउटै संस्थाले दुई वटा नाममा ९ करोड अनुदान लगेर त्यसको हिसाब नै बुझाएको छैन् । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार उक्त संस्थाले राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको नाममा २०७५/७६ को ३ करोड रुपैयाँ अनुदान लिएको थियो । त्यसको हिसाब नबुझाइकनै अर्को आर्थिक वर्षमा हेल्थकेयर फाउण्डेसन नेपालको नाममा २०७६/०७७ को थप ६ करोड रुपैयाँ अनुदान लगेको छ । यी दुवै आर्थिक वर्षको हिसाब किताब फस्र्योट गरेको छैन । हेल्थकेयर फाउण्डेसन नेपालको प्रसिद्ध मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सभापति छन् ।

बढी अनुदान लगेर हिसाब फस्र्योट नगर्नेमा धुलिखेल सामुदायिक अस्पताल पनि रहेको छ । तीन आर्थिक वर्षमा गरी धुलिखेल धुलिखेल अस्पतालले ०७४/०७५, ०७५/०७६ र ०७६/७७ को ८ करोड ९४ लाख ८० हजार रुपैयाँ अनुदान लिएकोमा कुनै पनि हिसाब पनि मन्त्रालयलाई बुझाएको छैन ।

यस्तै, बीएण्डबी अस्पतालका सञ्चालक डा. अशोक बाँस्कोटा फाउण्डर रहेको बनेपास्थित बिकलांग मित्र समूह ०७६/०७७ को ४ करोड रुपैयाँ अनुदान लिएको थियो । उक्त अनुदानको हिसाब किताब पनि मन्त्रालयले पाउन सकेको छैन । त्यसैगरी, कांग्रेस नेतृ सितादेवी यादवका श्रीमान स्व. चन्द्रनारायण यादवको स्मृतिमा स्थापना भएको सिरहास्थित चन्द्रनारायण मेमोरियल ट्रष्ट अस्पताल ०७५/०७६ र ०७६/०७७ को ३ करोड रुपैयाँ लिएकोमा बेरुजु फस्र्यौट गरेको छैन ।

रेयुकाई मासुनागा आँखा अस्पताल २०७४/०७५ र ०७५/०७६ को १ करोड ८७ लाख ५६ हजार रुपैयाँ बेरुजु रहेको छ । यस्तै, चौरजहारी अस्पताल रुकुम ०७३/०७४ र ०७४/०७५ को १ करोड ७० लाख ८६ हजार रुपैयाँ अनुदान लिएकोमा त्यसको हिसाब किताब बुझाएको छैन । युनाइटेड मिसन अस्पताल पाल्पा ०७३/०७४ र ०७४/०७५ को १ करोड १३ लाख २९ हजार रुपैयाँ अनुदान लगेको थियो । उसले पनि मन्त्रालयलाई हिसाब फस्र्योट गरेको छैन ।

यस्तै, अपी अस्पताल डडेल्धुरा अमरगढीले ०७३/०७४ को १ करोड २३ लाख रुपैयाँ अनुदान लिएको थियो । यो अस्पताल स्थानीय राजनीतिज्ञ तथा व्यवसायी प्रकाश साउँदलगायतको हो । यस्तै, डिसिडब्लुसी सामुदायिक अस्पताल काभ्रे ०७३/०७४ र ०७४/०७५ को १ करोड १० लाख ७१ हजार रुपैयाँ अनुदान लिएको थियो । उक्त अनुदानको हिसाब किताब मन्त्रालयले पाएको छैन । यस्तै, नेपाल नेत्रज्योति संघ उदयपुर ०७५/०७६ को १ करोड रुपैयाँ अनुदान लिएको उसले पनि हिसाब—किताब फस्र्यौट गरेको छैन ।

यी हुन् बेरूजु फर्स्याेट नगर्ने ४६ संस्था

१. रेयुकाई मासुनामा आँखा अस्पताल—२०७४/०७५ र ०७५/०७६ को १ करोड ८७ लाख ५६ हजार रुपैयाँ

२. राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र २०७५/७६ को ३ करोड रुपैयाँ । हेल्थकेयर फाउण्डेसन नेपाल २०७६/०७७ को ६ करोड रुपैयाँ

३. स्पाइनल इन्जुरी पुनः स्थापना केन्द्र काभ्रे २०७४/०७५ को ३० लाख १७ हजार रुपैयाँ

४. संजीवनी सेवा संघ तीन वर्षको बेरुजु गरी २८ लाख रुपैयाँ

५. सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल ०७४/०७५ को २९ लाख ५६ हजार रुपैयाँ

६. सामुदायिक प्राकृतिक चिकित्सालय नवलपरासीको २०७४/०७५ र ०७६/०७७ को ८३ लाख २५ हजार रुपैयाँ । यस पटक बजेटमै १ करोड अनुदान छुट्याइएको छ ।

७. सुजुङ अस्पताल दीपायल डोटी ०७४/०७५ को ३३ लाख २५ हजार रुपैयाँ

८. सुष्मा कोइराला मेमोरियल अस्पताल ०७४/०७५ को ३५ लाख १० हजार रुपैयाँ

९. शहीद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र नवलपरासीको ०७४/०७५ को ३३ लाख ८७ हजार रुपैयाँ

१०. सहोदर अस्पताल लमजुङ ०७४/०७५ को ३० लाख ७९ हजार रुपैयाँ

११. शहीद मेमोरियल अस्पताल सहकारी संस्था कलंकी ०७१/०७२ को ९० लाख ४१ हजार रुपैयाँ

१२. ओमरारा हेल्थ फाउण्डेसन मुगुको ०७३/०७४ को ७९ लाख ९२ हजार रुपैयाँ

१३. आँपपिपल अस्पताल गोरखा ०७३/०७४ को ९१ लाख ११ हजार रुपैयाँ

१४. आँधीखोल विकास तथा वातावरण स्वच्छता समूह स्याङजा ०७३/०७४ र ०७४/०७५ को ९२ लाख ८७ हजार ५ सय रुपैयाँ

१५. आईएनएफ साइनिङ अस्पताल बाँके ०७४/०७५ को ४० लाख ६४ हजार रुपैयाँ

१६. अपी अस्पताल डडेल्धुरा अमरगढी ०७३/०७४ को १ करोड २३ लाख रुपैयाँ

१७. भक्तपुर क्यान्सर अस्पताल ०७४/०७५ को २९ लाख ५६ हजार रुपैयाँ

१८. नेपाल अपांग संघको ०७६/०७७ को ७२ लाख रुपैयाँ

१९. नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी ०७४/०७५ र ०७५/०७६ को ५९ लाख ४० हजार रुपैयाँ

२०. नेपाल चिकित्सक संघ ०७५/०७६ को ९९ लाख ३० हजार रुपैयाँ

२१. नेपाल हृदयरोग प्रतिष्ठान ०७१/०७२ को १३ लाख ४२ हजार ३ सय ४९ रुपैयाँ

२२. नेपाल नेत्रज्योति संघ उदयपुर ०७५/०७६ को १ करोड रुपैयाँ

२३. नमुना सामुदायिक अस्पताल विकास समिति लमजुङ ०७३/०७४ को ३७ लाख ५६ हजार रुपैयाँ

२४. जनसेवा सामुदायिक अस्पताल खोटाङ ०७३/०७४ को ७५ लाख रुपैयाँ

२५. जन्मभूमी स्वास्थ्य र विकास सहकारी संस्था ०७१/०७२ को २९ लाख ९९ हजार ७ सय रुपैयाँ

२६. जलजला सामुदायिक अस्पताल रोल्पा ०७४/०७५ को ३१ लाख ४० हजार रुपैयाँ

२७. बयलपाटा अस्पताल अछाम ०७४/०७५ को ५२ लाख ९६ हजार रुपैयाँ

२८. पन्चकन्या कम्युनिटी अस्पताल नुवाकोट ०७४/०७५ को ३५ लाख १० हजार रुपैयाँ

२९. सिद्धि स्मृति प्रतिष्ठान भक्तपुर ०७४/०७५ को २५ लाख ५० हजार रुपैयाँ

३०. डिसिडब्लुसी सामुदायिक अस्पताल काभ्रे ०७३/०७४ र ०७४/०७५ को १ करोड १० लाख ७१ हजार रुपैयाँ

३१. दियालो सामुदायिक अस्पताल ०७४/०७५ को ३० लाख ८९ हजार रुपैयाँ

३२. निजगढ सामुदायिक अस्पताल बारा ०७४/०७५ को २७ लाख ७१ हजार रुपैयाँ

३३. बिकलांग मित्र समूह ०७६/०७७ को ४ करोड रुपैयाँ

३४. पिपुल्स सामुदायिक अस्पताल लम्की ०७४/०७५ को ३३ लाख २५ हजार रुपैयाँ

३५. युनाइटेड मिसन अस्पताल पाल्पा ०७३/०७४ र ०७४/०७५ को १ करोड १३ लाख २९ हजार रुपैयाँ

३६. एपेक्स बडी फर आइ हेल्थ ०७५/०७६ र ०७६/०७७ को ३३ लाख २७ हजार रुपैयाँ

३७. चौरजहारी अस्पताल रुकुम ०७३/०७४ र ०७४/०७५ को १ करोड ७० लाख ८६ हजार रुपैयाँ

३८. चन्द्रनारायण यादव मेट्रानिटी अस्पताल सिरहा ०७५/०७६ र ०७६/०७७ को ३ करोड रुपैयाँ

३९. कालिका अस्पताल स्याङजा ०७४/०७५ को ३८ लाख १८ हजार रुपैयाँ

४०. कपिलवस्तु सामुदायिक अस्पताल ०७४/०७५ को २८ लाख ९४ हजार रुपैयाँ

४१. कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र २०७१/०७२ को ७ लाख रुपैयाँ

४२. गण्डकी ग्रामीण सामुदायिक अस्पताल स्याङजा ०७४/०७५ को २६ लाख ४८ हजार रुपैयाँ

४३. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल ०७४/०७५ को ३० लाख १७ हजार रुपैयाँ

४४. गुन्जसिंह सामुदायिक अस्पताल चितवन ०७४/०७५ को ३७ लाख ५६ हजार रुपैयाँ

४५. गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र स्याङजा ०७४/०७५ को २८ लाख ९४ हजार रुपैयाँ

४६. धुलिखेल अस्पताल ०७४/०७५, ०७५/०७६ र ०७६/७७ को ८ करोड ९४ लाख ८० हजार रुपैयाँ


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ