२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप‘अल्फा केयर’मार्फत स्वास्थ्यमा अल्फा बिटा समूह, अल्फा केयरमा १०० करोड लगानी गर्ने

‘अल्फा केयर’मार्फत स्वास्थ्यमा अल्फा बिटा समूह, अल्फा केयरमा १०० करोड लगानी गर्ने


नेपालको अन्तर्राष्ट्रिय शिक्षामा ब्राण्डकै रुपमा स्थापित अल्फा बिटा समूह हेल्थ केयरमा लगानी गर्न थालेको छ । कोभिड—१९ को महामारी सुरु भएसँगै अल्फा बिटा समूहका अध्यक्ष द्धिराज शर्माले स्वास्थ्यमा लगानी गर्ने योजना अगाडि बढाए । कोभिड उच्च बिन्दुमा रहेका बेला बेड, अक्सिजन र परीक्षणजस्ता कुरामा अस्तव्यस्तता, क्वालिटी हेल्थ सर्विसको अभावजस्ता समस्या देखेपछि उनले स्वास्थ्यमा लगानी गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

‘यही देशमा बस्नुछ, मैले जति पैसा कमाएपनि भोलि राम्रो हेल्थ केयर पाइन भने के हुन्छ ?’ यो प्रश्नले उनको दिमागमा चक्कर काट्न थालेपछि अल्फा भवनमै ८ वर्षदेखि चलिरहेको सी ग्रेडको साई पोलिक्लिनिकको स्वामित्व लिए । सी ग्रेडको उक्त पोलिक्निकलाई ए ग्रेड बनाउने योजनाका साथ नाम राखियो—अल्फा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर । सर्टफर्ममा ‘अल्फा केयर’ । ‘म अन्य विभिन्न व्यवसायमा भएपनि स्वास्थ्यमा थिइन्, भित्रभित्रै क्वालिटी हेल्थको सर्विसको अभाव महसुस गरेपछि यसमा लगानी गर्न तयार भएँ,’ अल्फा बिटा समूहका अध्यक्ष शर्मा भन्छन्, ‘हाम्रोजस्तो देशमा स्वास्थ्य, शिक्षा, क्वालिटी फुड र टेक्नोलोजी प्राथमिकताका कुरा हुन् ।’

साई पोलिक्लिनिकमा माइक्रो बायोलोजी, बायोकेमेष्ट्री, प्याथालोजी रहेकामा लगतै पिसिआर र मलिक्युलर ल्याबसहित कोभिड—१९ को परीक्षण गरिन्छ । इम्युनो हिस्टो केमेष्ट्री, फ्रो साइट्रोमेट्री, हिस्ट्रो प्याथालोजीलगायतका विभिन्न उपकरण र भौतिक पूर्वाधारहरु थपियो । अल्फा केयरले झण्डै ९ करोड त उपकरणमा मात्रै लगानी ग¥यो । केही मेसिनहरु अझै पनि आउने क्रममै छन् ।

डा. शोभा पाण्डे

‘हामी भारतमा जाने केही स्याम्पलहरु नेपालमै परीक्षण गर्ने गरी प्रयोगशालालाई अगाडि बढाउँदैछौं,’ अल्फा केयरकी चिफ प्याथालोजिष्ट डा. शोभा पाण्डेले भनिन्, ‘स्वदेशमै सेवा दिने भरपर्दो प्रयोगशालाका रुपमा विकास गर्दैछौं । ए ग्रेडको प्रयोगशालामा हुनुपर्ने सबै जाँचहरु हाम्रोमा हुन्छन् ।’ उनकाअनुसार अल्फा केयरले हिस्टो, हेमाटो र साइट्रो प्याथालोजीअन्तर्गतका परीक्षणहरु गरिरहेको छ ।

अल्फा बिटा समूह अन्तर्राष्ट्रिय शिक्षा, फुडलगायतका विविध व्यवसायमा संलग्न छ । आखिर किन स्वास्थ्य क्षेत्रमा अल्फाबिटा प्रवेश ग¥यो त ? ‘हामी विजनेशम्यानहरु विभिन्न अवसरहरु खोजिरहेका हुन्छौं, चुप लागेर बस्न सक्दैनौं । क्वालिटी सर्विस, क्वालिटी म्यानपावर र क्वालिटी उपकरणबारे बुझेर इथिकल्ली विजनेश गर्ने हो भने आफू डाक्टर हुन जरुरी छैन्,’ शर्मा भन्छन्, ‘त्यसमा हाम्रो पिपुल्स म्यानेजमेन्ट स्कील्स लगाउने हो ।’ त्यही कारण आफूले स्वास्थ्य क्षेत्रमा लगानी गर्न सुरु गरेको उनले बताए ।

डा. अजय पराजुली

१४ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको अल्फा केयरले ओपीडी सेवा पनि सञ्चालनमा ल्याएको छ । अल्फा केयरका मेडिकल निर्देशक डा. अजय पराजुली अल्फा केयरले १० वटाभन्दा बढी विशेषज्ञ सेवाहरु दिइरहेको बताउँछन् । ‘सुपरस्पेससियालिटी क्लिनिक भनेर नयाँ कन्सेप्टको क्लिनिक सुरु गरेका छौं,’ उनले भने, ‘यसमा सबै विशेषज्ञ सेवाहरु दिन्छौं ।’ इन्डोक्राइन तथा डाइबटिज, हाडजोर्नी तथा नसा रोग, सर्जरी, मेडिसिन, प्रसुति तथा स्त्री रोग, ग्यास्ट्रोलगायतका सेवाहरु उपलब्ध छन् । निकट भविष्यमै डे सर्जरी सेवा, कार्डियो सेवा, छाती तथा फोक्सो रोग, युरोलोजी र ट्रान्सप्लान्ट क्लिनिक पनि सुरु गर्ने तयारी रहेको डा. पराजुलीले जानकारी दिए । अहिले अल्फा केयरमा एक दर्जन बढी विशेषज्ञ चिकित्सकसहित ६० जना बढीले काम गर्छन् ।

अल्फा बिटा समूहले अल्फा केयरअन्तर्गत स्वास्थ्यमा आक्रामक रुपमा ठूलो लगानी गर्दै जाने तयारी गरेको छ । अल्फा केयरअन्तर्गत चाडैं महिला तथा बाल अस्पताल स्थापना गर्ने शर्माले बताए । ‘बाल रोग र महिला रोग सुपरस्पेशसियालिटी हस्पिटल खोल्ने योजना छ,’ उनले भने, ‘भविष्यमा क्यान्सरको स्पेशसियालिटी हस्पिटलमा पनि हामी खोल्छौं ।’ महिला र बाल हस्पिटल अल्फा बिटा भवनसँगैको जग्गामा बन्नेछ र क्यान्सर हस्पिटल भ्यालीभित्रै बन्नेछ । अल्फा केयरले ५ वर्षभित्रमा स्वास्थ्यमा मात्रै झण्डै १ सय करोड लगानी गर्ने लक्ष्य राखेको छ । यसले नेपालबाट उपचारमा लागि विदेश गइरहेको ठूलो धनराशी स्वदेशमै रोक्न टेवा पु¥याउने विश्वास शर्माको छ । ‘हामीजस्ता व्यवसायीहरु लाग्यौं भने त्यो ठूलो धनराशी स्वदेशमै रोक्न सकिन्छ,’ उनी आशावादी सुनिए ।

आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य सेवामा विविध समस्याहरु शर्माले देखेका छन् । केही नीतिगत समस्या त केही व्यवहारिक समस्यालाई तत्काल राज्यका निकायहरुले नै सुधार गर्नुपर्ने शर्मा बताउँछन् । ‘अनबायास पोलिसी निर्माण गर्ने, नियमनलाई प्रभावकारी बनाएर गुणस्तरीयता कायम गर्नेजस्ता कुरामा जोड दिनुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने, ‘मैले गरेका व्यवसायमा इथिक र व्यवसायिकता प्रदर्शन गरेको छु, कोभिडमा ओभरनाइट पैसा कमाउन मैले स्वास्थ्यमा लगानी गरेको होइन् । इथिकल कुरामा हामी कम्प्रोमाइज गर्दैनौं ।’ क्वालिटी कायम गर्नका लागि धेरै त्याग गर्नुपर्ने मन ठूलो हुनुपर्ने उनी बताउँछन् । राज्यले मुलुकको ¥यापुटेसनका लागि पनि नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

सुरुमा अल्फा केयरमा अध्यक्षका रुपमा डा. सुरेश तिवारी, एमडी डा. विदुर वस्ती, रघु पुरीसहितको टिम थियो । त्यतिबेला शर्मा निर्देशक मात्रै थिए । तर, ६ महिनापछि सबै जना कार्यव्यवस्तताले अल्फा केयरबाट अलग भइसकेका छन् । शर्माले नै अल्फाकेयरको सम्रग व्यवस्थापनको जिम्मेवारी लिएका छन् । अल्फाबिटा भवनमै सबै विजनेश भएकाले पनि उनलाई सहज भएको छ । टाढा भएको भए सायद अल्फा केयर नजन्मन पनि सक्थ्यो । मनिटरि ङमा समस्या हुँदा रिजल्ट प्रभावकारी ननिस्कने कुरा उनले राम्ररी बुझेका छन् । ‘डे टु डे मनिटरिङ गर्न सकिने भएकाले मैले आफै सबै टेकओभर गरे,’ उनले भने, ‘सुरुदेखि नै हामीले वल्र्डक्लास उपकरणहरु ल्याएर सेवा दिन थाल्यौं ।’

अल्फा केयरले स्वीजरल्याण्डबाट सिआईआईए टेक्नोलोजी, अमेरिकाबाट बायोकेमेष्ट्री मेसिन र जर्मनीको सिमेन्सका एक्सरेलगायतका उपकरणहरु ल्याएर वल्र्डक्लास सर्विस नेपालमै उपलब्ध गराउँदैंछ । जसमध्ये केही मेसिनहरु इन्स्टल भएर सेवा सुरु भइसकेको छ भने केही इन्स्ट्रल गर्ने तयारीमा छन् । देश विदेशमा पढ्न जानेका लागि स्वास्थ्य परीक्षण गराउने स्वीकृती लिने योजनामा अल्फा केयर छ । क्वालिफाइड म्यानपावरमा पनि अल्फा केयरले जोड दिइरहेको छ । प्राइम लोकेसन र घनावस्तीका बीचमा रहेको अल्फा केयर २४ घण्टा फार्मेसी सञ्चालनको तयारी पनि अगाडि बढाएको छ भने राति होमसेवा पनि दिनेछ । आइतबारबाट अल्फा केयरले एयरपोर्टमै स्वाब कलेक्सनको सुरु गर्दैछ ।

यतिमात्र होइन्, अल्फा केयरको निकट भविष्यमा भारत नयाँदिल्लीमा रहेको शारदा विश्वविद्यालयको शारदा हस्पिटलसँग सहकार्य गर्ने तयारी छ । त्यसपछि नेपालमा नहुने ठूला—ठूला शल्यक्रियाहरु सस्तोमा सेवा पाउने गरी रिफर गर्ने शर्माले सुनाए । ‘यी सबै बृहत योजनाका साथ अल्फाकेयरलाई अगाडि बढाउँदैछौं,’ उनले भने । केही साथीहरुले उनलाई हेल्थकेयरमा लागेर डुब्छ पनि भने । तर, उनी आफैलाई के लागेको छ भने अझै पनि मुलुकमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव छ । त्यो अभावलाई पूर्ति गर्न सकियो भने डुब्ने सम्भावना छैन् । त्यही अभाव पूर्तिमा अल्फा केयरलाई अगाडि बढाउने उनको योजना छ । आफ्नो पब्लिक रिलेसन, ¥यापुटेसन, संस्था चलाएको लामो व्यवस्थापकीय अनुभव गर्दा मान्छेहरुले आफूलाई ट्रष्ट गर्ने उनी बताउँछन् ।

अल्फा केयरले फुलफेलेजमा सबै सर्विसहरु १ असोजबाट सुरु गर्दैछ । शर्माकाअनुसार ए ग्रेडको ल्याबले १० ठाउँमा शाखा खोल्ने पाउने भएकाले देशैभर अल्फा केयरले शाखाहरु निकट भविष्यै विस्तार गर्नेछ । ‘हामी ¥यापिड एक्सपान्सन गर्छौ,’ उनले भने, ‘मुख्य यो ल्याबलाई अझै स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउँदैं लैजान्छौं । अझै वल्र्डक्लास मेसिनहरु ल्याउँछौं ।’

१० लाखबाट २१ वर्षमा अर्बपति

वि.सं. २०३१ सालमा द्धिराज शर्मा झापाको विर्तामोडमा जन्मिएका हुन् । स्व. शिवप्रसाद शिवाकोटी र स्व. कृष्णादेवी शिवाकोटीका पाँच सन्तानमध्ये उनी काइला हुन् । तत्कालीन समयमा उनका बुवा जग्गा जमिन धेरै भएकाले घोडा लिएर खाद्यान्नको व्यापार गर्थे । आर्थिक अभाव नभएका कारण सबै सन्तानलाई राम्रो शिक्षादीक्षा पाए ।

द्धिराजको शिक्षादीक्षा सानैदेखि देशबाहिर भएको हो । नर्थ इष्ट एसियाको अक्सफोर्ड भनिने गुहाटीको कटन कलेजमा उनले कक्षा १ देखि स्नातकसम्मको शिक्षा हासिल गरे । त्यसपछि उनी थप उच्च शिक्षाका लागि सिंगापुर पुगे । बेलायती युनिभर्सिटीको सम्बन्धनप्राप्त सिंगापुरको थेम्स कलेजबाट विजनेशमा स्नातकोत्तर गरे ।

सन् २००२ मा उनी पढाइ सकेर नेपाल फर्के । नेपाल फर्केपछि उनका दाजु युवराज शर्माले कोचिङ इन्स्टिच्युटका रुपमा सुरु गरेको ‘अल्फा बिटा’लाई टेकओभर गरे । ‘मैले त्यसलाई कन्सल्टेन्सीमा परिवर्तन गरे,’ उनले विजनेशका सुरुवाती दिन सम्झिए, ‘सुरुमा कर्मचारीका रुपमा म, मेरी श्रीमती र दुई जना अरु स्टाफ मात्रै थियौं ।’ ४७ वर्षीय शर्माको अल्टा बिटाको व्यवसायिक यात्रा १० लाखबाट सुरु भएको हो । फ्याक्सको जमानामा उनले व्यवसायिक यात्रा अगाडि बढाएका हुन् । केही वर्ष उनलाई गाह्रो भयो तर विस्तारै काम सिक्दै जाँदा सहज बन्दैं गयो ।

विस्तारै अल्फा बिटालाई डाइभर्सिफाइड गर्दै लगे । परिणाम नै मान्नुपर्छ, अल्टा बिटा अहिले देशभित्र विभिन्न ७ ठाउँमा छ । काठमाडौंमा अल्फाबिटा वौद्ध, लाजिम्पाटमा खुलेको छ भने राजधानीबाहिर पोखरा, चितवन, बुटवल, विराटनगर, इटहरी, विर्तामोड र अष्ट्रेलियाको सिडनीमा यसको फ्रेन्चाइज छ । २० वर्षको अवधिमा अल्फा बिटा विश्वका ३ सय वटा विश्वविद्यालयको प्रतिनिधी बनेको छ । ‘कन्सल्टेन्सी भनेको कति ठूलो छ भन्ने होइन्, कति विश्वविद्यालयले यसलाई पत्याएको छ भन्ने हो,’ उनी भन्छन्, ‘विश्वविद्यालयले विभिन्न देशमा आफ्नो एजेन्ट बनाउँछन्, त्यो हतपत्त पाइदैन् ।’ नेपालका झण्डै २ हजारमध्ये धेरैले सब एजेन्टका रुपमा काम गर्ने उनको अनुभव छ ।

अल्फा बिटालाई पनि निकट भविष्यमै विश्वस्तरमा सर्विस दिने गरी तयारी अगाडि बढिरहेको उनले सुनाए । ‘हामी भर्चुअल माध्यमबाट विश्वभर सेवा दिने गरी अल्फा बिटालाई अगाडि बढाउँदैछौं,’ उनले भने, ‘हाम्रो सफ्टवेयर बनिरहेको छ । नेपालमै बसेर विभिन्न देशमा सेवा दिन्छौं । लोकल स्टाफ हुन्छ, अफिस हुँदैन् ।’

अहिले अल्फा बिटा समूहअन्तर्गत अल्फा केयर, अल्फा हाउस, दिया म्यानेजमेण्ट, झापा इनर्जी रहेका छन् । जसमा २ सय बढी कर्मचारी कार्यरत छन् । यस्तै, कृषिमा इलाम र संखुवासभामा १ हजार रोपनीमा कफी र ओखर खेती सुरु हुँदैछ । जुम्लामा स्याउ र ओखर खेती अगाडि बढाउने योजना छ । ‘कृषिमा म विग स्केलमा लागिरहेको छु, साथीहरुसँग मिलेर काम गर्दैछौं्,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र खाद्यान्न केन्द्रीत भएर लगानी गर्दैछौं ।’ फ्रेन्च कम्पनीसँग मिलेर चीज उत्पादनमा पनि उनी हात हाल्दैछन् । चाडै इटालियन रेष्टुरेन्ट र अन्तर्राष्ट्रियस्तरको कलेज खोल्ने योजनामा अल्फा बिटाको छ ।

विभिन्न व्यवसायमा कार्यरत २ सय कर्मचारीको नेतृत्व गरिरहेका शर्मा नेपालमा मुख्य समस्या दक्ष जनशक्ति अभाव रहेको बताउँछन् । ‘ठूलो च्यालेन्ज भनेको स्कील्ड म्यानपावर हो । अर्को सरकारीको स्पष्ट नीति नहुनु र नीति भएपनि इन्फोर्समेन्ट व्यक्तिवादी हुनु,’ उनले भने, ‘यी मुख्य चुनौती छन् ।’ १५ वर्षमा कन्सल्टेन्सीहरुले नेपालको रेमिट्यान्समा मात्रै नभएर स्कील म्यानपावर निर्माणमा पनि ठूलो योगदान दिएको अनुभव उनको छ ।

अल्फा बिटालाई भरपर्दो ब्राण्ड बनाउन के कुराले बढी काम ग¥यो त ? भन्छन्, ‘मुख्य कुरा असफल भएपनि निरन्तर काम हो, फेल भएपनि अगाडि बढिरहनुपर्छ । पैसाभन्दा सफलतामा जोड दिनुपर्छ । क्वालिटीमा कम्प्रोमाइज नगर्ने, इथिकमा बस्ने ।’ यिनै कुराले अल्फा बिटा ब्राण्डका रुपमा स्थापित भएको हो । यही कारण आफ्नो ग्रोथ केही ढिला भएको अनुभव उनको छ । अल्फा बिटा ब्राण्ड, पर्पोटी सबै गरी झण्डै अर्ब पुगेको छ । ‘नेपाली कम्पनी वल्र्डक्लास हो भनेर देखाउन चाहन्छौं,’ उनले भने, ‘सम्पत्ति भन्ने कुरा त पछि हामीले लगेर जाने होइन्, राज्यकै हो ।’

पछिल्ला ५ वर्षमा उनले झण्डै एक वर्ष विभिन्न देशहरुको ट्राभल गर्नमै बिताए । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, चीन र युरोपका सबै देशहरुको यात्रा उनले गरेका छन् । यो अवधिमा उनले हार्वर्ड मेडिकल स्कुलदेखि विभिन्न अस्पताल र कलेजहरुको अवलोकन गर्न पाएका छन् । शर्माका दुई छोरी दिया र राबिया र छोरा यशराज छन् । जसलाई उनले स्वदेशमै वल्र्डक्लास एजुकेशन दिएका छन् भने विभिन्न देश घुमाएर एक्स्पोजर पनि दिइरहेका छन् । श्रीमती मन्जु शर्मा रियलस्टेट विजनेशमा सक्रिय छन् । वर्षमा एक महिना उनी परिवारसहित घुमघाममा निस्कन्छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अल्फा केयर, #अल्फा बिटा, #अल्फा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर, #डा. अजय पराजुली, #डा. शोभा पाण्डे, #द्धिराज शर्मा, #पिसिआर, #हेल्थ केयर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ