२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनर्सिङ कर्मचारीका लागि ग्रामिण अल्ट्रासाउन्ड सम्बन्धी तालिम, दुरुपयोग नगर्न निर्देशन

नर्सिङ कर्मचारीका लागि ग्रामिण अल्ट्रासाउन्ड सम्बन्धी तालिम, दुरुपयोग नगर्न निर्देशन


कैलाली – सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटै स्थानिय तहका १-१ जना स्वास्थ्यकर्मीलाई ग्रामिण अल्ट्रासाउन्ड सम्बन्धी तालिम प्रदान गरेको छ। अल्ट्रासाउण्ड मेसिन चलाउन अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम प्रदान गरेको हो ।

सेति प्रादेशीक अस्पतालमा सञ्चालन भएको तालिमको मंलगबार समापन भएको छ । प्रदेशका ग्रामिण क्षेत्रका महिलाहरुले आफ्नो गर्भाअवस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश समाजिक मन्त्रालयले ८८ ओटा अल्ट्रासाउण्ड मेसिन खरिद गरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो । सहभागीहरुले स्वास्थ्यकर्मीहरुले तालिम पश्चात् ग्रामिण क्षेत्रका बच्चा र आमाको मृत्युदरमा कमी आउने प्रतिक्रिया दिएका छन् भने अल्ट्रासाउण्ड मेसिनको दुरुपयोग नर्गन मन्त्रालयले निर्देशन दिएको छ ।

समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तालिमको समापन समारोहमा बोल्दै अल्ट्रासाउन्ड मेसीनको दुरुपयोग नर्गन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले गर्वभती अवस्थामा बच्चाको लिङ्ग पहिचान गर्नु कानुनले बन्देज लगाएको भन्दै यस्ता कार्य नर्गन निर्देशन दिए ।

यस्तै सुदूरपश्चिमका ग्रामिण भेगमा महिलाहरुले गाउ“घरमै स्वास्थ्य सेवा पाउने बताए । उनले भौगोलिक रुपमा विकट भएपनि स्वास्थ्यकर्मीहरुलाई सेवा प्रवाहमा आनाकानि नर्गन आग्रह गरे । सो कार्यक्रममा बोल्दै पुर्व सामाजिक मन्त्री तथा प्रदेश सासंद दिर्घ सोडारीले विकासको दृष्टीकोणले पछाडी पारिएको सुदूरपश्चिम स्वास्थ्यका सवालमा सबै प्रदेशभन्दा अग्रस्थानमा रहेको बताए । उनले विगतमा ग्रामिण क्षेत्रका मानिसहरुले स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो, उनले भने–‘अब त्यस्तो समस्या छैन्, यसमा स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण योगदान छ ।’

कार्यक्रममा स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर गुणराज अवस्थीले अहिले आमा र बच्चा बचाउने अवस्थामा सुदूरपश्चिम प्रदेश अगाडी बढेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानिय तहमा अल्ट्रासाउन्ड सेवाको पहुच“ पुर्याउन प्रत्येक पालिकाका एकएक स्थानिय तहलाई एउटा मेसीन हस्तान्तरण गरेको बताए । उनले अल्ट्रासाउन्ड मेसीन सञ्चालनको लागि सम्बन्धीत स्वास्थ्य चौकीमा अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम प्रदान गरिएको बताए । यस्तै चालु आर्थिक बर्षको चैत मसान्तभित्र सुदूरपश्चिमका ४ सय २० ओटै स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा पुर्याउने डाक्टर अवस्थीले प्रतिवद्धता जनाए ।

सबै स्वास्थ्यकर्मीहरुलाई प्रत्येक महिना रिपोर्ट पेश गर्न र संख्यात्मक र गुणात्मक काम गर्न निर्देशन दिए । उनले बेलाबेलामा पुनः तालिम प्रदान गर्ने बताए ।

कार्यक्रममा सेति प्रादेशीक अस्पतालमा मेसु डाक्टर शेर बहादुर कमरले कुनै प्रदेशमा नभएको काम सुदूरपश्चिमले सुरुवात गरेको भन्दै प्रसंसा गरे । उनले विगतमा आफुले अल्ट्रासाउन्ड मेसिन चलाउन तालिम नपाएर युटूब हेरर काम गरेको अनुभव सुनाउदै सबै स्वास्थ्यकर्मीहरुलाई सिपको सदूपयोग गर्न आग्रह गरे ।

अल्ट्रासाउन्ड मेसीन सञ्चालनको लागि ग्रामिण स्वास्थ्यकर्मीहरुलाई दिएको २१ दिने तालिममा धेरै कुराहरु सिकाएको प्रशिक्षक डाक्टर मिनमार शेर्पाले बताए । उनले बिषेश गरि गर्भवती महीलाहरुको अवस्था जाच“ गरेर समयमै अस्पताल रिफर गर्न सिकाएको बताए । यस्तै स्वास्थ्यकर्मीहरुलाई बच्चा“को लि∙ पहिचान गर्न कानुन सम्वत नभएको र जाच“ गर्नपनि नसिकाएको बताए ।

अल्ट्रासाउन्ड मेसीन सञ्चालनको तालिम प्राप्त गरिसके पछि स्वास्थ्य चौकीमै बच्चा उल्टो छ की सुल्टो भनेर पत्ता लगाउन सक्ने स्वास्थ्य कार्यालय अछाममा कार्यरत अनमी माया स्वारले बताइन् । ‘कतिपय अवस्थामा महिलाको पाठेघर भन्दा तलनै बच्चा बसेको हुन्छ यदी यो अवस्था सुरुमै पत्ता लगाउन सके महिलाको ज्यान जोगाउन सकिनेछ।’ उनले भनिन्, ‘बच्चा बसेर फुटेर कतिपय महीलाहरुको अकालमै ज्याने अवस्थाको पनि अन्त्य हुनेछ ।’

ग्रामिण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने टाटे स्वास्थ्य चौकी बाजुरामा कार्यरत अनमी माया बोहराले बताइन् । आफुले अल्ट्रासान्ड मेसिन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरि आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने बताइन् ।

विगतमा गर्भाअवस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउने गरेको स्टार्फ नर्स सम्झना सिहंले बताइन् । उनले ग्रामिण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसिनले महत्वपुर्ण भुमीका खेल्ने बताइन् ।

१२ करोड ३२ लाख बजेटमा अल्ट्रासाउन्ड मेसीन खरिद गरि सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले ८८ वटा पालिकाहरुलाई हस्तान्तरण गरेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ