गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ चीन र थाइल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ चीन र थाइल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ पदमराज भट्ट मंगलवार, २०७६ चैत्र ४ गते, १३:२६ मा प्रकाशित धनगढी-चीनको वुहान सहरबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात (कोभिड–१९) पछिल्लो समय विश्वका धेरै देशमा फैलिसकेको छ। धनगढीस्थित सेती अस्पतालको ‘आईसोलेशन वार्ड’मा पनि अहिलेसम्म चार जना कोरोना भाईरसको आशंकामा भर्ना भएका थिए। तीन जना चीनबाट फर्किएका र एक जना थाइल्याण्डबाट फर्किएका युवकलाई कोरोना भएको आशंकामा अस्पतालको ‘आईसोलेशन वार्ड’मा भर्ना गरिएको थियो। चारै जनाको कोरोना परिक्षण गरिएकोमा सबैको रिर्पोट ‘नेगेटिभ’ आएको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले बताए। चारै जनाको रिर्पोट नेगेटिभ आए पछि उनीहरु घर फिर्ता भईसकेको बताउँदै डाक्टर जोशीले भने, ‘अधिकासंमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएको छ। एक जनामा भने क्षयरोग देखिएको थियो।’ क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ