२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि


धनगढी – सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको उनले बताए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका दुई र जानकीका एक, बडिकेदार डोटीका चार जना र कञ्चनपुरको पुनरवासका एकमा कोरोना पुष्टि भएको हो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ