२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबैतडीको पुर्चौडी नगरपालिकाले घरघरमा चिकित्सक पठाउने

बैतडीको पुर्चौडी नगरपालिकाले घरघरमा चिकित्सक पठाउने


काठमाडौं—स्थानीय तह निर्वाचन सम्पन्न भएपछि स्थानीय सरकारले आगामी पाँच वर्षका लागि नयाँ जनप्रतिनिधीहरु पाएका छन् । नयाँ जनप्रतिनिधीहरु पदभार ग्रहण गरेसँगै स्थानीय समुदायलाई लक्षित गर्दै पपुलिष्ट कार्यक्रमहरु अगाडि सार्न थालेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिकाकाले जेष्ठ नागरिक तथा दीर्घ रोगका बिरामीहरुको परीक्षण तथा उपचारका लागि घरघरमै चिकित्सक पठाउने कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । नगरका मेयर दीपकबहादुर बमले ११ जेठमा जेष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरुको परीक्षण तथा उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

उनले नगरपालिकाको केन्द्र रहेको पुरर्चौडी हाट स्वास्थ्य चौकीबाट १ साउनदेखि लागु हुने गरी एक्सरे तथा भिडियो एक्सरेसहितको सेवा प्रारम्भ गर्ने निर्णय समेत गरेका छन् ।

यसैगरी, मेयर बमले जनयुद्धका घाइतेहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्राप्त हुने गरी स्वास्थ्य बिमा गरिने निर्णय पनि गरेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ