२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा बढ्दै कोभिड-१९ संक्रमण, १८ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा बढ्दै कोभिड-१९ संक्रमण, १८ जनामा संक्रमण पुष्टि


धनगढी—पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भाइरसका संक्रमित फेला पर्न थालेका छन् । भारतमा कोभिड-१९ संक्रमण दर बढेसँगै सीमा जोडिएको नेपालमा पनि धमाधम संक्रमित फेला पर्न थालेका हुन्।

सुदूरपश्चिममा आज (बिहीवार) मात्रै थप १८ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ। सेतीमा २३ जनाको नमुना परीक्षण गरिएको थियो।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना कोभिड-१९ संक्रमितको उपचार भइरहेको छ। जसमध्ये एकजनाको आईसीयुमा उपचार भइरहेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ