२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा

गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा


धनगढी—कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको १ सय शैय्या क्षमताको अस्पताल बुधवारदेखि सञ्चालनमा आएको हो।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।

अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार पहिलो दिन १८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएका हुन्। अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधीलगायतको प्रबन्ध गरिएको छ।

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहीन गरेर १ सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा आएको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई १ सय शैय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। संघीय सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब सुविधाका लागि तीन करोड ५० लाख र उपकरण खरिदका लागि ८० करोड बजेट विनियोजन गरेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ