२०८२ चैत्र १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने

सिनेटमा कुलपति सहभागिताको विषय टुंगिएन, सहकुलपतिद्वय सहभागी हुने


धनगढी—नेपालकै पहिलो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेट बैंठक पहिलो पटक विश्वविद्यालयमै बस्ने भएको छ । विश्वविद्यालयका यसअघिका तीन वटा सिनेट बैठक काठमाडौंमा भएका थिए ।

तर, यस पटक पहिलो पटक विश्वविद्यालयको चौथो सिनेट बैठक गेटास्थित विश्वविद्यालयमै बस्ने भएको हो । विश्वविद्यालयले आगामी २५ चैतका लागि विश्वविद्यालयको चौथो सिनेट बैठक आव्हान गरेको छ ।

सिनेट बैठकमा प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाह सहभागी हुने वा नहुने भन्ने निश्चित भइनसकेको विश्वविद्यालय स्रोतले जनाएको छ । विश्वविद्यालयका सहकुलपतिद्वय स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकूदमन्त्री सस्मित पोखरेल भने सहभागी हुने तय भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी विश्वविद्यालयमा यही शैक्षिक सत्रबाट एमबीबीएसलगायतका चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रम सञ्चालन गर्न कस्सिएर लागेका छन् । यसै सिलसिलामा उनले हालै काठमाडौंमा प्रधानमन्त्री शाह, शिक्षामन्त्री पोखरेल, स्वास्थ्यमन्त्री मेहतालगायतलाई भेटेर वस्तुस्थितीबारे जानकारी गराइसकेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ