गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल पदमराज भट्ट बुधवार, २०७६ माघ ८ गते, १८:३१ मा प्रकाशित धनगढी—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार कैलालस्थित गेटा मेडिकल कलेजको निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा मन्त्री ढकालले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिने बताए । ‘मेडिकल कलेजलाई छिट्टै विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्न सकिन्छ’, उनले भने । उनले यो मेडिकल कलेज निर्माणमा यस प्रदेशवासीदेखि निर्माणको काम गर्ने कामदार सबैको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सबैलाई धन्यवादसमेत दिए । उद्योगमन्त्री भट्टले यसअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव अगाडि बढन नसकेका कारण समिति गठन गरेर मेडिकल कलेजको रुपमा निर्माण कार्य सुरु गरिएको बताए । उनले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि पहल गर्न मन्त्री ढकाललाई आग्रह गरेका छन् । मेडिकल कलेज अनुगमनका क्रममा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदले हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको जानकारी गराए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ