२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सशिशु जन्माउन अस्पताल जादैं हुनुहुन्छ ? यी हुन् भुल्नै नहुने १२ कुरा

शिशु जन्माउन अस्पताल जादैं हुनुहुन्छ ? यी हुन् भुल्नै नहुने १२ कुरा


अस्पताल जाँदा हामीले हडबडी तथा हतारका कारण सामान्यतयाः लैजानुपर्ने सामानहरु छुट्दा या थाहा पाउदा धेरै दुःखहरु पाइरहेका हुन्छौ । तसर्थ गर्भवती महिला प्रसवको निमित्त हस्पिटल जाँदा लैजानुपर्ने सामानहरुबारे जानकारी दिन खोजिरहेका छौं ।

कहिलेकाही हामी हाम्रो योजना विपरित र तत्कालै नै प्रसवको निमित्त अस्पताल जानुपर्ने हुन्छ । तसर्थ गर्भवती महिलाले प्रविको निमित्त ३६ हप्तादेखि नै आवश्यक सामानहरुको जोहो गर्नुपर्दछ ।

प्रत्येक अस्पतालको आफ्नो छुट्टै नियमहरु हुने हुँदा आफू जाने अस्पतालको नियमबारे पहिले नै राम्ररी जानकारी लिई त्यहाँ कुन कुन सामानहरु लान अनुमति दिइएको छ र कुन कुन सामानहरु लान अनुमति दिइएको छैन भन्नेबारे सचेत हुनुपर्दछ । यदि तपाई गर्भवती र जन्मने शिशु गरी दुई वटा ब्यागहरु प्याक गरी लादैं हुनुहुन्छ भने तपाई अहिले नै दोस्रो ब्याग बोकेर अस्पताल जाने झन्झट गर्दै हुनुहुन्छ । तसर्थ, सो प्याक गरिएको ब्याग हाल जरुरत नपर्ने हुँदा त्यसलाई तपाईं आफ्नो गाडीमा नै छोड्न सक्नुहुन्छ ।

गर्भवतीको लागि आवश्यक पर्ने सामाग्रीहरु….
१) तपाईंको प्रसव गर्ने योजनाको नोट (सामान्य या अपरेशन) ।
२) लत्ताकपडाः प्रसवको समयमा लानुपर्ने सामानमध्ये कपडा एक महत्वपूर्ण सामान हो । अस्पतालमा धेरै लाइट तथा न्यानो हुने भएकोले यस समयमा अध्यारो कलरको कपडा लैजानु लाभदायिक हुन्छ । अध्यारो कलरको कपडाले शरीरमा भएका दागहरु छोपिने भएकोले पनि अस्पताल बस्दा यस कलरको कपडा लाभदायिक रहन्छ ।
३) लगाउन र खोल्न सजिलो हुने भएकोले यस समयमा तुना नभएको चप्पल उपयुक्त रहन्छ ।
४) गर्भवतीको समयमा गर्भवतीको महिलाको खुट्टा चिसो हुने भएकोले यस समयमा मोजा पनि आवश्यक रहन्छ ।
५) अस्पताल बस्ने समयमा नयाँ नभै आरामदायी कपडाको आवश्यक पर्ने हुदा पुरानैं भएतापनि नाइटी तथा सजिलो कपडाहरुको आवश्यक पर्दछ ।
६) अस्पतालको दौरानमा आवश्यक पर्ने सामानमध्ये मालिस तेल तथा लोसन पनि एक हो । तसर्थ, यसलाई अस्पताल लैजान भुल्नु हुँदैन ।
७) अस्पतालको वरपरको वातावरण सम्बन्धि ज्ञान लिई सामानहरु छनोट गर्ने ।
८) चिपिस्टिक या ओठमा लाउने चिल्लो तथा मुलायम सामाग्री ।
९) पोषणयुक्त खाना, ग्लूकोज तथा पेय पदार्थ ।
१०) समय बिताउन गाह्रो हुने भएकोले यस समयमा ज्ञानमूलक तथा ज्ञानमूलक किताबहरु पनि पढ्न सकिन्छ ।
११) कपाल बान्ने हेयरबिन ।
१२) आरामयुक्त सिरानी ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ