२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सनवजात शिशुको किन आउदैन आँशु ?

नवजात शिशुको किन आउदैन आँशु ?


तपाईहरुले नवजात शिशु रोएको देख्नु भएकै होला । प्रत्यक्ष रुपमा नदेखे पनि शिशु रोएको त पक्कै सुन्नु भएको होला । शिशुहरु निकै चर्को आवाज निकालेर रुन्छन, रुँदा उनीहरुको अनुहार रातो हुन्छ, तथापी आँखाबाट एक थोपा आँशु झर्दैन ।

आखिर किन झर्दैन शिशुको आँखाबाट आशु ? वास्तवमा नवजात शिशुको आँशु ग्रन्थीको विकास नभएकोले आँशु नझरेको हो । आँशु ग्रन्थीको विकास हुन केही साता लाग्छ । तर, कहिलेकाही बच्चा नरोएको बेला पनि आँशु आउछ । बच्चा ठूलो भएपछि यो समस्या स्वत हराउछ । नरुदा पनि बारम्बार आँशु चुहेमा भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

आँखा स्वस्थ राख्न चाहिन्छ आँशु
आँशु आँखाका लागि निकै राम्रो पक्ष हो । आँशु गन्थ्रीले चिप्लो पर्दाथ निकाल्छ ताकी आँखा ओसिलो र स्वस्थ हुन्छ । आँशु ग्रन्थीबाट निस्कने चिप्लो पर्दाथले आँखाबाट आउने आशु धँुवा, धुवा, आदिबाट आँखाको रक्षा गर्छ ।

त्यही भएर त रुनु स्वाथ्यका लागि फाइदा भनिन्छ । बच्चाको तौलमा बृद्धिसँगै उनीहरुको आँशुग्रन्थी पनि बढ्दै जान्छ । लामो समयसम्म कम्पयुटर, मोवाईल वा अन्य चम्किलो बस्तुमा हेर्दा आँशु ग्रन्थीमा पनि अशर पर्छ । आँशु ग्रन्थी सुकेमा आखामुनि कालो दाग बस्न सक्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ