२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकिन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ?

किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ?


छाला मानिसको शरीरको महत्वपूर्ण बाहिरी तह हो । शरीरको बाहिरी सुरक्षात्मक तह भएकाले छालाको विशेष ख्याल जरुरी हुन्छ । शरीरको सबैभन्दा बाहिरी आवरण नै छाला भएकाले यसले ब्यक्तित्वलाई सुन्दर बनाउन पनि भूमिका खेलेको हुन्छ ।

हरेक ब्यक्तिलाई छाला सुरक्षाको चिन्ता हुने गर्छ । अझ महिलाहरुमा छालाको चमकको विशेष चाहना हुन्छ । हाम्रो छाला मुलायम हुने भएकोले यसको हामीले राम्रोसँग हेरचाह गर्नुपर्छ ।

छाला बिग्रने कारणहरु ?

छाला बिग्रने विभिन्न कारणहरु छन् । जसमध्ये केही कारणहरुलाई यहाँ प्रष्टयाउन खोजिएको छ । आवश्यकताअनुसार नसुत्ने, पोषणयुक्त खानेकुराको अभाव, प्रदुषण, घाममा धेरै बेरसम्म बस्ने, तनावयुक्त जीवनशैली, काममा अत्याधिक व्यस्तता, धुम्रपान तथा अल्कोहल पिउने आदतले हाम्रो अनुहारको छाला बिग्रन्छ । तसर्थ, चिकित्सकका रुपमा छालाको चमक बढाउनका लागि म केही सुझाव दिन चाहन्छु ।

छालाको चमक बढाउन के गर्ने ?

  • हरेक रात ७ देखि ९ घन्टा सुत्ने ।
  • पर्याप्त पानी पिउदा पनि शरीरको छालामा चमक आउनुको साथै अनुहारमा बिमिरा आउनबाट जोगाउँछ ।
  • प्रशस्त मात्रामा हरियो सागपात र फलफूलजस्ता पोषणयुक्त खानेकुरा खाने ।
  • धुम्रपान र मदिरा सेवनबाट टाढै रहने ।
  • चिन्तामुक्त जीवनशैली र तालिकाअनुसार काम गर्ने ।
  • नियमित व्यायायम गर्ने ।
  • सनस्क्रीन प्रयोग गर्ने ।

क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ