२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयसकारण आमाले बच्चालाई राख्छन् बायाँ छातीमा

यसकारण आमाले बच्चालाई राख्छन् बायाँ छातीमा


एजेन्सी । प्रायः आमाले आफ्ना शिशुलाई बाँया काखमा राख्छन् । यस्तो पक्रिया जनाबरमा पनि लागू हुन्छ । विज्ञहरुका अनुसार बायाँ काखमा राख्दा बच्चाको दिमागको दाहिने भाग सक्रीय हुने र यसले आमा र बच्चाबीचको आत्मियता बढाउँछ ।

यस ‘पूर्वाग्रही पोजिसन’ मानिसबाहेक जनाबार र पंक्षीमा पनि देखिन्छ । स्तनधारी प्राणी कंगारु र चमेरोदेखि ह्वेल माछा र घोडाले आफ्नो बच्चालाई बाँया राख्छन् । घोडाले त एक्लै हिड्दा पनि प्राय बच्चालाई देब्रे पारेर हिड्छ ।

देब्रे छातीमा बच्चाले आमाको मुटुको चाल समेत सुन्ने अवसर पाउछन् । देब्रे छातीमा राख्दा बच्चा र आमाको आखाको सीधा सम्पर्क हुने र बच्चाहरुले पनि आमाको आँखाको भाषा सजिलै बुझ्ने केही वैज्ञानिकको भनाई छ । आमाले बच्चालाई वाँयातर्फ समाउदा आमा र बच्चाको दायाँ आँखा एक आपसमा जुध्ने बच्चाले अझै ममताको बोध गर्ने उनीहरुको दाबी छ ।

वैज्ञानिकहरुका अनुसार यो पोजिसनमा राख्दा नबोल्ने बच्चाको दाँया दिमागमा श्रव्य सूचना पुग्छ । त्यस्तै यो पोजिसनमा राख्दाका फाईदै फाईदा छन् । यसले बच्चाको स्मरणशक्ति तथा एकाग्रता बढाउनुका साथै तर्क गर्ने क्षमता बढाउछ । यो काखमा बस्दा शिशुले आमाको मुटुको धड्कनसँगै निकटता र मातृत्वबोध गर्छ ।

बच्चालाई आमाले दायाँ कोखमा राख्दा बच्चा र आमाबीच प्रत्यक्ष संचार हुने धेरैको भनाई छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ