२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपोटासियमको कमी हुँदा शरीरमा देखिने लक्षण, के खाने ?

पोटासियमको कमी हुँदा शरीरमा देखिने लक्षण, के खाने ?


शरीरलाई स्वस्थ राख्नको लागि धेरै प्रकारका पोषक तत्वहरु आवश्यक छन्। ती मध्ये एक हो,  पोटासियम। यो एक यस्तो आवश्यक खनिज हो जसको शरीरमा धेरै महत्वपूर्ण भूमिका छ। मांसपेशी संकुचन नियन्त्रण गर्नुको साथै र शरीरमा तरल पदार्थ सन्तुलन बनाउन पोटासियमको आवश्यक छ।

हालै भएको सर्वेक्षणले के देखाएको छ भने ९० प्रतिशत मानिसहरु शरीरका लागि दैनिक रुपमा आवश्यक पर्ने पोटाशियम पूर्ति गर्न सकिरहेका हुँदैनन्। स्वास्थ्य विज्ञहरुका अनुसार अहिले जंक फूडको बढ्दो सेवनलाई यसको कारण मानिन्छ।

आहारमा पोटेसियमको कमिले हाइपोकैलिमियाको समस्या देखिन सक्छ । जसले स्वास्थ्य जटिलताहरु पैदा गर्छ।

पोटासियमको अभाव हुँदा देखिने लक्षणहरु..

  • कमजोरी र थकावट
  • मांसपेशीमा ऐठन,
  • पाचन सम्बन्धि समस्या,
  • मन डराउने,
  • शरीर झमझम गर्ने
  • र, श्वास सम्बन्धि समस्या।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार स्वस्थ व्यक्तिका लागि दैनिक ४७०० मिलीग्राम मात्रामा पोटेसियमको आवश्यकता हुन्छ। आहारको माध्यमबाट सबै मानिसमा पोटेसियमको त्यति मात्राको पूर्ति गर्नुपर्दछ।

शखरखन्डा राम्रो स्रोत

पोटासियमको कमि पूरा गर्नका लागि शखरखन्डा राम्रो स्रोत हो। एक मध्यम आकारको सखरखन्डामा ५ सय ४१ मिलिग्राम पोटासियम हुन्छ। यसको दैनिक सेवनले शरीरलाई चाहिने १२ प्रतिशत पोटासियम पाइन्छ। यसमा फ्याटको मात्रा कम हुन्छ। यो भिटामिन एको उत्कृष्ट स्रोत हो।

पालुङ्गो

पालुङ्गोमा सबैभन्दा बढी पोषक तत्व हुने तरकारी मानिन्छ। एक कप पालुङ्गो (१५६ ग्राम)मा ५४० मिलीग्राम पोटासियम हुन्छ। जसको दैनिक आवश्यकताको लगभग १२ प्रतिशत पूर्ति हुनसक्छ। यसमा भिटामिन के, ए र म्याग्नेसियमको जरुरत पनि पुरा हुनसक्छ।

नरिवलको पानी

यसको सेवनले पनि पोटासियमको कमि पुरा हुने गर्छ। यसबाहेक म्याग्नेसियम, क्यालशियम, सोडियमको एक राम्रो स्रोत हो । यही कारण नरिवलको पानी पिउनु स्वास्थ्यक लागि निकै फ़ाइदाजनक हुन्छ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ