२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्समधुमेहबारे जान्नैपर्ने कुरा

मधुमेहबारे जान्नैपर्ने कुरा


डा अंशुमाली जोशी
इन्डोक्राइनोलोजिष्ट

मधुमेह लाग्नै नदिन सकिन्छ ।

लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।

नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नुपर्दैन ।

वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।

लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।

मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।


मधुमेह पीडितले खान नहुने

बढी गुलिया खानेकुरा ।

धेरै नुनिला खानेकुरा ।

मोटोपना बढाउने खानेकुरा ।

बढी चिल्लो पदार्थ भएका खाना ।

केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।

मधुमेह पीडितले खान हुने

हरियो सलाद, काँक्रो, गोलभेँडा ।

भिजाएका गेडागुडी ।

नतारेका हरिया सागसब्जी ।

मुला, गाजर ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ