२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकोलेस्ट्रोलको नियन्त्रण गर्न बिहानीको सुरुवात यी कुराहरुबाट गर्नुहोस्

कोलेस्ट्रोलको नियन्त्रण गर्न बिहानीको सुरुवात यी कुराहरुबाट गर्नुहोस्


उच्च कोलेस्ट्रोलको मात्रा घटाउन स्वस्थ आहार र जीवनशैली आवश्यक मानिन्छ । हाम्रो रगतमा दुई प्रकारका कोलेस्ट्रोल पाइन्छ, राम्रो कोलेस्ट्रोल (हाई डेन्सिटी लिपोप्रोटिन) र खराब कोलेस्ट्रोल (लो डेन्सिटी लिपोप्रोटिन)। खराब कोलेस्ट्रोल धेरै खतरनाक मानिन्छ । धमनीमा खराब कोलेस्ट्रोलको मात्रा बढेमा मुटुमा रगत सही मात्रामा पुग्दैन, जसका कारण हृदयाघात र स्ट्रोक आदिको जोखिम बढ्छ ।

मुटुको स्वास्थ्य कायम राख्न कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्नु जरुरी छ । कोलेस्ट्रोल हाम्रो रगतमा पाइने मोम (वैक्स) जस्तो पदार्थ हो । यदि कोलेस्ट्रोलको स्तर २०० एमजी÷डीएल भन्दा बढी छ भने, उच्च कोलेस्ट्रोलको समस्या हुन्छ ।

मानिसहरू बिहानको खाजाको बारेमा धेरै अलमलमा हुन्छन् । बिहान उठ्ने बित्तिकै कुकीज, मफिन, बटर टोस्ट वा प्याक गरिएको अनाज खान मन पराउनेहरू धेरै छन् । यस प्रकारको ब्रेकफास्ट स्वस्थकर मानिदैन । यी सबै चिजमा चिनीको मात्रा धेरै हुन्छ जसले गर्दा कोलेस्ट्रोल बढ्नुका साथै कम्मरको आकार पनि बढ्न थाल्छ ।

यदि तपाईलाई फ्याटी कलेजो, मधुमेह, उच्च कोलेस्ट्रोल र रक्तचापको समस्या छ भने तपाईले यी सबै कुराबाट टाढा रहनुपर्छ । स्वास्थ्य विज्ञहरुका अनुसार तपाईले बिहान जे खानु हुन्छ त्यसले तपाईको शरीरलाई शक्ति प्रदान गर्ने मात्रै नभएर दिनभर भोक लाग्न तुलनात्मक रुपमा कम हुँदै जान्छ । बिहानको खाजामा उच्च प्रोटिन, उच्च फाइबर, स्वस्थ फ्याट र केही कार्बोहाइड्रेटहरू समावेश गर्न सकियो भने कोलेस्ट्रोल स्तर नियन्त्रणमा रहन्छ ।

ओटमिल

बिहानको खाजामा ओट्स खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसलाई फलफूलमा मिसाएर पनि खान सकिन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ र लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । यसमा घुलनशील फाइबर हुन्छ जसले खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ।

अण्डा

अण्डामा प्रोटिन र स्वस्थ बोसो पाइन्छ । यसमा पाइने उच्च प्रोटिन र स्वस्थ फ्याटले कोलेस्ट्रोलको स्तरलाई कायम राख्न मद्दत गर्छ । तर अण्डा खाँदा पहेँलो भाग धेरै खानु हुँदैन ।

एभोकाडो

एभोकाडोमा मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ जसले राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ। बिहानको खाजामा एभोकाडोको सेवनले लामो समयसम्म पेट भरिराख्छ ।

जामुन

जामुनमा एन्टिअक्सिडेन्ट र घुलनशील फाइबर हुन्छ । जसले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । एजेन्सीको सहयोगमा
नोटः यी खानेकुराहरु सेवन गर्नुअघि चिकित्सकसँग सल्लाह गरी मात्रा मिलाएर खान सक्नुहुनेछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ