२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअत्याधिक दुधको सेवनले हुन सक्छ यी असर

अत्याधिक दुधको सेवनले हुन सक्छ यी असर


पौष्टिक तत्वले भरीपूर्ण दूध स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । जसबाट शरीरले शक्ति प्राप्त गर्छ । र धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । तर हामीलाई थाहा नहुन पनि सक्छ धेरै दूध पिउनाले पनि स्वास्थ्यमा समस्याहरु आउन सक्छ ।

दूधलाई पूर्ण आहाराको रूपमा चिनिन्छ । बालबालिकादेखि वृद्धसम्म सबैलाई दैनिक दूध पिउने सल्लाह दिइन्छ । दूधले शरीरलाई आवश्यक पोषण प्रदान गर्न मद्दत गर्छ । यसमा प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन ए र भिटामिन डी जस्ता धेरै पौष्टिक तत्व पाइन्छ । जसले धेरै रोगबाट बचाउँछ ।

कतिपयले बिहानको खाजामा दूध सेवन गर्छन् भने धेरैले राती सुत्नुअघि दूध पिउने गर्छन् । जतिसुकै दुध पिए पनि कुनै हानि हुँदैन भन्ने विश्वास मानिसहरुमा छ । तर त्यस्तो भने होइन । अत्याधिक दूध पिउनाले स्वास्थ्यमा समस्या आउन पनि सक्छ । जान्नुहोस् धेरै दूध पिउनुको वेफाइदाहरु ।

पाचनमा समस्या

धेरैलाई दूधबाट एलर्जी हुन्छ । यस्तो अवस्थामा आवश्यकताभन्दा बढी दूध पिउनुभयो भने पेट सम्बन्धि समस्याको सामना गर्नुपर्ने हुन सक्छ । धेरै दूध पिउनाले पाचन सम्बन्धि समस्याहरू जस्तै ब्लोटिंग, क्र्याम्प र पखाला हुन सक्छ ।

वजन बढ्न सक्छ

दूध प्रोटिनको समृद्ध स्रोत हो । यसमा क्यालोरी पनि हुन्छ । तौल घटाउन चाहनेहरूले सीमित मात्रामा मात्र दूध पिउनुपर्छ । धेरै दूध पिउनाले तौल बढ्न सक्छ ।

एक्नेको समस्या

धेरै मात्रामा दूध पिउनाले एक्नेको समस्या हुन सक्छ । धेरै दूध पिउनाले हर्मोनको स्तर बढ्न सक्छ । यस्तो अवस्थामा जसको छाला सेन्सेटिभ हुन्छ उनीहरुलाई एक्ने समस्या हुन सक्छ ।

प्रोस्टेट क्यान्सरको जोखिम

धेरै दूध पिउनाले प्रोस्टेट क्यान्सरको जोखिम बढ्न सक्छ । त्यसैले आहारमा सीमित मात्रामा दूध मात्र समावेश गर्ने प्रयास गर्नुहोस् ।

फ्याटी कलेजो

तपाई फ्याटी कलेजोको रोगी हुनुहुन्छ भने दूध पिउनु हुँदैन । दूधमा पाइने फ्याटका कारण कलेजो सुनिने समस्या हुन सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ