२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सगिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय

गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय


दाँत र गिजाको सामान्य समस्या हो । यो समस्या प्राय मानिरुमा भइरहन्छ । जलाई मेडिकलको भाषामा पायोरिया भनिन्छ । पायोरियाले दाँत दुख्ने, गिजा सुन्निने र गिजाबाट रगत आउने जस्ता समस्या निम्त्याउन सक्छ । यसबाहेक पायोरियामा दाँतमा पहेँलो तह देखापर्छ र मुखबाट दुर्गन्ध आउन थाल्छ । वास्तवमा, पायोरिया एक प्रकारको ब्याक्टेरिया हो, जसले बिस्तारै दाँत र गिजा सड्न सक्छ । पायोरियाको समयमै उपचार गरिएन भने दाँत कमजोर हुने र झर्ने पनि हुन सक्छ । यस रोगबाट छुटकारा पाउन मानिसहरु विभिन्न प्रकारका औषधि र टुथपेस्टको प्रयोग गर्छन् । यसका समस्या कम गर्न केही घरेलु उपचारको पद्धति पनि अपनाउन सकिन्छ । पायोरियाबाट छुटकारा पाउने ५ घरेलु उपायहरु हेर्नुहोस् ।

नीम

पायोरियाको समस्याबाट छुटकारा पाउन नीमको प्रयोग गर्न सकिन्छ । यसका लागि नीमको पातलाई पिसेर रस निकाल्नुहोस् । अब यो रस आफ्नो गिजा वरिपरि लगाउनुहोस् । यसलाई लगभग १० देखि १५ मिनेट राख्नुहोस् । यसपछि मनतातो पानीले कुल्ला गर्नुहोस् । दिनहुँ एक पटक यसो गर्दा गिजा सुन्निने र रगत बग्ने समस्याबाट राहत मिल्छ ।

बेसार

बेसार औषधीय गुणले भरिपूर्ण हुन्छ । यसमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण पाइन्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ । पायोरियाको समस्याबाट छुटकारा पाउन एउटा भाँडोमा तोरीको तेलमा थोरै बेसार मिसाएर राख्ने । यो मिश्रणलाई बिहान र बेलुका गिजामा लगाउनुहोस् र हल्का मसाज गर्नुहोस्। त्यस पछि मनतातो पानीले कुल्ला गर्नुहोस्। यो नियमित गर्नाले तपाईलाई धेरै फाइदा हुनेछ ।

नरिवलको तेल

नरिवलको तेल पायोरियाको उपचारको लागि धेरै प्रभावकारी मानिन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–माइक्रोबियल गुणहरू पाइन्छ, जसले गिजाको सूजन र इन्फेक्सनलाई हटाउन मद्दत गर्छ । यसका लागि एक चम्चा नरिवलको तेल मुखमा भर्नुहोस् र यसलाई २–४ मिनेटसम्म घुमाउनुहोस् । त्यसपछि तेल थुक्नुहोस् र यसलाई ब्रस गर्नुहोस् । दैनिक यसो गर्नाले दाँत र गिजा स्वस्थ रहनेछ ।

बेकिंग सोडा

पायोरियाको समस्या भएमा बेकिंग सोडा प्रयोग गर्न सकिन्छ । एनसीबिआई द्वारा गरिएको एक वैज्ञानिक अध्ययन अनुसार, बेकिंग सोडामा डेन्टिफ्रिसेस गुणहरू छन्, जसले दाँत र जिन्जिभाइटिसमा जम्मा भएको प्लेकलाई कम गर्न मद्दत गर्दछ । यसका लागि एक चम्चा बेकिंग सोडामा केही थोपा पानी मिसाएर पेस्ट बनाउनुहोस् । अब टूथब्रसको मद्दतले यसबाट दाँत सफा गर्नुहोस् । तपाईंले यो प्रक्रिया दुई हप्तामा एक पटक दोहोर्याउनुहोस्।

तुलसी

तुलसी यसको औषधीय गुणका लागि परिचित छ । यसले स्वास्थ्यमा अनगिन्ती फाइदा पुर्याउँछ । तुलसीको ताजा पात चपाउँदा पायोरियाको समस्या निको हुन्छ । यसका अलावा सुक्खा तुलसीको पातको पातलाई तोरीको तेलमा मिसाएर गिजा र दाँतमा लगाउन पनि सकिन्छ । यसमा पाइने गुणले संक्रमणसँग लड्न मद्दत गर्छ । एजेन्सीको सहयोगमा

नोटः पायोरियाको समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ । तर, यदि तपाईंको समस्या बढ्दै गएको छ भने, तपाईंले डाक्टरसँग परामर्श गर्नुपर्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ