२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सस्वस्थ जीवनशैली अपनाउने उपायहरु

स्वस्थ जीवनशैली अपनाउने उपायहरु


स्वस्थ रहन आफ्नो जीवनशैलीलाई स्वस्थ राख्नु अति आवश्यक छ । जब पनि स्वस्थ जीवनशैलीको कुरा आउँछ, हामी सामान्यतया व्यायामको बारेमा सोच्न थाल्छौं र बिहान सबेरै उठ्ने र हिड्न जाने कुरा गर्छौं । तर स्वस्थ रहन खानपानमा बानी बसाल्नु निकै जरुरी छ । यदि तपाइँ दैनिक राम्रो आहार लिइरहनुभएको छ तर तपाइँको खाने बानी ठीक छैन भने तपाइँको स्वास्थ्य बिस्तारै बिग्रन्छ । यदि तपाईं पनि आफू र आफ्नो परिवारलाई स्वस्थ राख्न चाहनुहुन्छ भने खानपानसँग सम्बन्धित केही राम्रा बानीहरू जान्न जरुरी छ ।

बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउनु

खानपानको बानी दिनबाट सुरु हुन्छ त्यसैले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनु राम्रो हुन्छ । मनतातो पानीलाई बिस्तारै चुसाएर पिउनुहोस्। यदि सम्भव छ भने अझै त्यसमा आधा चम्चा मह वा आधा कागती मिसाउन सक्नुहुन्छ । जसले मेटाबोलिजम बढाउन मद्दत गर्छ ।

खाली पेटमा चिया नपिउने

बिहान खाली पेटमा चिया पिउनु हाम्रो स्वास्थ्यसँग सम्बन्धित सबैभन्दा हानि हुन्छ । जसले तपाईंको मेटाबोलिजम र पाचन दुवैलाई हानि पुर्याउँछ। साथै, बिहान चिया पिउनाले तपाईको भोक धेरै हदसम्म कम हुन्छ र यसको कारण तपाईलाई पोषण प्राप्त हुँदैन ।

बिहानको खाजामा प्रोटिनयुक्त खाना खानुहोस्

बिहानको खाजा हाम्रो दिनको सबैभन्दा महत्वपूर्ण खाना हो । किनकि रातभरि खाली पेट बसेपछि हाम्रो शरीरलाई केही पोषण प्राप्त हुन्छ । त्यसैले आफ्नो आहारमा प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुहोस्, जस्तै ड्राई फ्रुट्स, ओट्स, भटमास, डेयरी प्रोडक्ट, अण्डा आदि।

दिउँसो प्रसस्त तरकारी र फलफूल खानुहोस्

दिउँसो, आफ्नो आहारमा तरकारी र फलफूल जस्ता चीजहरू समावेश गर्नु उत्तम मानिन्छ । फलफूल तरकारीमा प्रसस्त भिटामिन, खनिज र अन्य आवश्यक पोषक तत्वहरू पाइन्छ । त्यसैले आफ्नो आहारमा फलफूल र तरकारी समावेश गर्नुपर्छ । साथै, बीउ आदि पनि आहारमा समावेश गर्न सकिन्छ ।

रातको समयमा दाल र अनाज लिनुहोस्

रातिको समयमा खानपानमा विशेष ध्यान दिनु जरुरी छ । राति धेरै भुटेको, मसलादार वा अम्लीय खानेकुरा खानु हुँदैन । त्यसैले राती आफ्नो आहारमा दाल र अनाज आदि खाने सल्लाह दिइन्छ र अण्डाको सेतो भाग पनि समावेश गर्न सकिन्छ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ