२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमधुमेह कति प्रकारका हुन्छन् ? कसरी बच्ने ? (भिडियो)

मधुमेह कति प्रकारका हुन्छन् ? कसरी बच्ने ? (भिडियो)


मधुमेह दिर्घरोग मध्ये एक हो। यो रोग हाम्रो शरीरमा प्यानक्रियाज ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको उत्पादन अनियमितता हुँदा यो रोग लाग्ने गर्छ । मधुमेहका थुप्रै प्रकारहरु छन्। जसमध्ये एक हो ‘टाइप १’ । यो मधुमेह प्राय बालबालिका र वयस्कमा देखिन्छ। इन्सुलिन हार्मोनको उत्पादनमा कमि हुँदा यो मधुमेह देखिन्छ। ‘टाइप १’ भएका व्यक्तिको शरीरले पर्याप्त मात्रामा इन्सुलिन बनाउन सक्दैन।

त्यस्तै, अर्को प्रकार हो ‘टाइप २’ । यो विश्वभर सर्वव्यापी रुपमा देखिएको छ। शरीरको रगतमा भएको गुलकोजको मात्रा नियन्त्रित गर्ने इन्सुलिन पर्याप्त मात्रामा उत्पादन भैरहेको छ। तर, कुनै न कुनै चरणमा त्यसको कार्य प्रक्रियामा फरक किसिमको बाधा पुगिरहेको छ भने ‘टाइप २’ देखिने गर्छ। इन्सुलिन उत्पादनमा बाधा उत्पन्न पुर्‍ याउने तत्व जसलाई इन्सुलिन रेजिसडेन्स भनिन्छ। यो रोग मोटोपना हुने व्यक्ति, नराम्रो बोसो बढ्दा र परिवारका कुनै सदस्यमा छ भने पनि यो मधुमेह देखिन्छ।

यसबाहेक गर्भावस्थामा पनि कतिपय महिलालाई मधुमेह देखिने गर्छ। सो मधुमेह हाइपरग्लाइसीमिया भनिन्छ। गर्भको दौरान साल इन्सुलिन प्रतिरोध सिर्जना गर्छ।

मधुमेह रोग लागेको बिरामीमा पहिला नै लक्षणदेखाएर लाग्न सक्छ भने कुनैमा लक्षण विना नै लाग्न पनि सक्छ । मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतलेआफूलाई मधुमेह भएको छ वा छैन थाह पाउन नसक्ने विभिन्न अध्ययनले देखाएको छ।

मधुमेह लाग्नुका कारण :-

  • खानपिनको असन्तुलन,
  • विलासी जीवन,
  • शारीरिक कसरतमा कमि,
  • वंशाणुगत गुण
  • तनाव लिने

लक्षण :-

  • पानी तिर्खा बढी लाग्ने,
  • घाउ भैहालेमा छिटो निको नहुने,
  • तौल घट्ने,
  • थकान लाग्ने,
  • धेरै भोक लाग्ने,
  • पिसाब छिटो लाग्ने, आदि ।

हेर्नुहोस भिडियो 




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ